बिश्व

अमेरिकाले अफगानिस्तानलाई घुस दिएको खुलासा

काठमाडौं,– अमेरिकाले अफगानिस्तानलाई आफ्नो प्रभावमा पारिरहन ठूलो परिमाणमा घुस दिंदै आएको खुलासा भएको छ ।अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएले एक दशकभन्दा बढी समयदेखि अफगानी राष्ट्रपति हमिद कारजाइको कार्यालयमा करोडौं डलर उपलब्ध गराउने गरेको न्युयोर्क टाइम्सले खुलासा गरेको छ । सिआइएले हरेक महिना अफगान राष्ट्रपतिको कार्यालयमा अमेरिकी डलरले भरिएका सुटकेस, ब्याग र प्लाष्टिकका हातेझोला हवाई जहाजको […]

२०७० बैशाख १७ गते, मंगलवार

सिरियालाई ओबामाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा रासायनिक हतियार प्रयोग भएको पुष्टि भए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन ।सरकारी सेनाले प्रदर्शनकारीमाथि रासायनिक हतियार प्रयोग गरेको पाइए अमेरिकाले उप्रतिको आफ्नो नीति परिवर्तन गर्ने ओबामाले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।रासायनिक हतियार प्रयोगकाबारे अनुसन्धान जारी रहेको ओबामाले बताउनुभएको छ । अमेरिका र बेलायतले त्यहाँ प्रदर्शनकारीमाथि […]

२०७० बैशाख १५ गते, आईतवार

सुर्ती व्यापारी राष्ट्रपति बने

काठमाडौं, । पारागुएमा कोलोराडो पार्टीमा सत्तामा पुगे सगै चुरोट व्यापारी होरासियो कार्टेस नयाँ राष्ट्रपति चुनिएका छन् ।कार्टेसले ४६ प्रतिशत मत प्राप्त गरी पाँच वर्षको पदावधिका लागि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी -याडिकल लिबरल पार्टीका एफ्रेन अलेग्रेले ३७ प्रतिशत मत प्राप्त गरे। प्रायः मत गणना भइसकेपछि निर्वाचन अदालतले उक्त घोषाणा गरेको हो । पाँच अन्य […]

२०७० बैशाख ९ गते, सोमबार

होचालाई पेन्सन

काठमाडौँ । भारतको राजस्थान सरकारले होचा व्यक्तिलाई विशेष मान्यता दिंदै पेन्सनको व्यवस्था गर्ने भएको छ । कम उचाई भएका मानिसले समाजको उपेक्षा र तिरस्कार सहनुपरेको भन्दै सरकारले उनीहरूलाई विशेष व्यक्तिको मान्यता दिंदै सुविधा दिन लागेको हो ।त्यसका लागि सरकारले उचाई निर्धारण गरेको छ । तीन फिट ६ इन्च भन्दा कम उचाई भएका वयस्क मानिसलाई विशेष […]

२०७० बैशाख ७ गते, शनिबार

मुसर्रफ पक्राउ

काठमाडौं । इस्लामावादस्थित उच्च न्यायालयको फैसलापछि पाकिस्तानका पूर्वसैन्य राष्ट्रपति पर्वेज मुसर्रफलाई पक्राउ गरिएको छ । अदालतको फैसलाको भोलिपल्ट उनलाई इस्लामावादनजिकैको उनकै निवासबाट पक्राउ गरिएको हो । पक्राउलगत्तै उनलाई प्रहरीले स्थानीय अदालतमा पेस गरेको छ । उनलाई अदालतले दुई दिन घरमै राखेर आतकंवादसम्बन्धी मुद्धा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको छ । पूर्व शासक पक्राउ परेको […]

२०७० बैशाख ६ गते, शुक्रबार

अन्तरवार्ता लिँदालिँदै निधन

काठमाडौ । । उत्तरपश्चिम चीनको सिङ्जीआङ्ग उयुरमा अन्तरवार्ताका क्रममा नै एकजना पत्रकारको निधन भएको समाचार छ । सो क्षेत्रमा निर्माणाधीन एक भवनमा ती पत्रकार अन्तरवार्ता लिन पुगेकी थिइन् । ती महिला पत्रकारले अन्तरवार्ता लिइरहेको बेला निर्माणास्थलमा दुर्घटना भएको थियो । अन्तरवार्ता लिन दुई जना पत्रकार पुगेका बताइएको छ । सो दुर्घटनामा परी एकजनाको घटनास्थलमै निधन […]

२०७० बैशाख ५ गते, बिहीबार

अमेरिकामा अर्को बिस्फोट

काठमाडौ, – बोस्टन हमलामा तीन जना मारिएको तीन दिनपछि अमेरिकामा अर्का बिस्फोट भएको छ । अमेरिकाको टेक्सास राज्यस्थित एक फर्टिलाइजर प्लान्टमा भएको बिस्फोटमा परी झन्डै ७० जनामो मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।स्थानीय समाचार संस्थालाई उद्धृत गर्दै एपी र रोयटर्सले जनाएअनुसार बिस्फोटमा कम्तिमा ६० देखि ७० जनाको मृत्यु भएको छ ।यद्यपि मृत्युको स्वतन्त्र […]

२०७० बैशाख ५ गते, बिहीबार

भित्री वस्त्र देखाउनेलाई कारबाही

काठमाडौँ, अमेरिकाको लुजियाना राज्यको टेरेबोन प्यारिस सहरमा लुज पाइन्ट र ट्राउजर ‘स्यागी प्यान्ट्स’ लगाउनेलाई भारी जरिवाना हुने भएको छ । स्वास्थ्य र सुरक्षा जोखिम निम्त्याउने भन्दै उक्त राज्यले गत साता यससम्बन्धी कानुन पारित गरेको छ । कम्मरमुनि झरिराख्ने खालका पाइन्ट ‘स्यागी प्यान्ट्स’ लगाउनेविरुद्ध यो प्रावधान लक्षित छ ।यो नियमअनुरूप कम्मरमुनि वस्त्र झरेर भित्री वस्त्र देखिएमा […]

२०७० बैशाख ४ गते, बुधबार

अमेरिकामा विष्फोट सयौ घाइते

अमेरिका- अमेरिकाको बोस्टन सहरमा सोमबार राति भएको दुई विष्फोटमा ३ जनाको मृत्यु भएको छ । १ सय बढी व्यक्तिहरु घाइते भएका छन् । म्याराथुन भइरहेको स्थानमा उक्त विष्फोट भएको हो । विष्फोटको समयमा अमेरिकामा दिउँसोको २ बजेर ५० मिनेट हुँदै थियो ।प्रहरीका अनुसार दुवै धमाका केही सकेन्डको फरकमा म्याराथुन सकिने स्थानमा भएको हो । विष्फोट […]

२०७० बैशाख ३ गते, मंगलवार

भेनेजुयलाको नयाँ राष्ट्रपतिमा मादुरो

काठमाण्डौ ,प्रतिद्वन्द्वी हेनरिक काप्रिल्सलाई पराजित गर्दै निकोलस मदुरो राष्ट्रपति निर्वाचित भएका हुन् । चुनावमा मादुरोले ५० दशमलव ७ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी हेनरिक काप्रिल्सले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेका छन् । मादुरोलाई गत महिना दिवंगत भएका ह्यूगो चाभेजको उत्तराधिकारीका रुपमा हेरिएको छ । – एजेन्सी

२०७० बैशाख २ गते, सोमबार