बिश्व

लालु यादव भष्ट्राचारी ठहर

बिहार,१४ असोज । राष्ट्रिय जनता दलका अध्यक्ष तथा बिहारका पूर्वमुख्यमन्त्री लालु यादव भष्ट्राचारी ठहर भएका छन् । बिहारका ४ वटा काण्डमा भष्ट्राचारमा उनी मुछिएका हुन् ।सीबीआई अदालतले राष्ट्रिय जनता दलका अध्यक्ष समेत रहेका उनलाई भष्ट्राचारमा दोषी ठहर गरेको हो ।यादव सहित अन्य ४४ जना पनि भष्ट्राचारी ठहर भएका छन् ।यादवलाइ ४ बर्ष जति जेलसजाय हुन […]

२०७० आश्विन १४ गते, सोमबार

पाकिस्तानमा शक्तिशाली भूकम्प

इस्लामावाद, १२ आश्विन । पाकिस्तानमा आज फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । गत मंगलबार कम्तीमा ४ सय जनाको ज्यान गएको दक्षिण पश्चिमी पाकिस्तानलाई केन्द्र विन्दु गरी पुनः आज ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी जिओलजिकल सर्भेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्प कराँचीबाट २ सय ५० किलोमिटर उत्तरमा गएको जनाइएको छ […]

२०७० आश्विन १२ गते, शनिबार

जम्मु कास्मिरमा आतंकवादी हमला

१० असोज – भारत प्रशासित जम्मु कास्मिरमा प्रहरी चौकी र सेनाको क्याम्पमा भएको आतंकवादी आक्रमणमा ९ जनाको ज्यान गएको छ ।५ जना भन्दा बढी घाइते भएका छन् । सुरक्षा निकायले ९ जनाको ज्यान गएको बताएपनि जम्मु काश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाले भने १२ जनाको ज्यान गएको बताएका छन ।जसमा १ जना लेफ्टिनेन्ट कर्णेल, २ सैनिक जवान, […]

२०७० आश्विन १० गते, बिहीबार

बो शिलाईलाई आजीवन कारावासको सजाय

काठमाडौं,६ असोज । चीनको जिनान शहरस्थित एक अदालतले पूर्व राजनीतिज्ञ एवं कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्य बो शिलाईलार्ई आजीवन कारावासको सजाय सुनाएको छ । देशको ध्यान तान्ने गरी चलेको मुद्दामा अदालतले बोलाई घुसखोरी भ्रष्टाचार र सत्ताको दुरुपयोगमा दोषी ठहर गरेको हो । तर, उनले यो सजायका विरुद्ध पुनरावेदन गर्न पाउने छन् ।अदालतले बोको उपस्थितिमा मुद्दाको फैसला […]

२०७० आश्विन ६ गते, आईतवार

आत्महत्याको मुख्य कारण आर्थिक मन्दी

३ असोज – आत्महत्या गर्नेको संख्या बढ्नुमा आर्थिक मन्दी प्रमुख कारण रहेको एक अध्ययनले देखाएको छ ।अमेरिका तथा युरोपमा गरिएको अध्ययनले आत्महत्या गर्नेको संख्या बढ्नुमा आर्थिक मन्दीले बढी भूमिका निभाएको उल्लेख छ । अनुसन्धानकर्ताले सन् २००८ मा अमेरिकाको घरजग्गा कारोबारबाट सुरु भएको आर्थिक मन्दीबाट परेको विश्वव्यापी असरबारे ५४ देशमा अध्ययन गरेका थिए । आर्थिक मन्दी […]

२०७० आश्विन ३ गते, बिहीबार

बलात्कारीलाई मृत्युदण्ड

नयाँ दिल्ली ,२८ भदौ : सामुहिक बलात्कार काण्डका चार अभियुक्तहररुलाई दिल्ली विशेष अदालतले मृत्युदण्डको सजाय शुक्रबार सुनाएको छ । गत डिसेम्बरका आफ्ना केटा साथीका साथ बसमा गइरहेकी चिकत्साशास्त्रका एक जना विद्यार्थीलाई सामुहिक बलात्कार पछि हत्या गरेको अभियोगमा उनिहरुलाई उक्त्त सजाय दिइएको हो ।भारतीय अखवार दी हिन्दुको अनलाइन संस्करणका अनुसार मृत्यु दण्ड पाउनेमा मुकेश , अक्क्ष […]

२०७० भाद्र २८ गते, शुक्रबार

अफगानिस्तानको अमेरिकी दुतावास बाहिर बम विस्फोट

२८भदौ – अफगानिस्तान रहेको अमेरिकी वाणिज्य दुतावास बाहिर शक्तिशालि बम बिस्फोट भएको छ ।हेरात प्रान्तमा रहेको वाणिज्य दुतावास अगाडी तालिवानले शक्तिशाली बिस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आत्मघाती आक्रमणकारीले बिस्फोट गराएको र त्यस लगत्तै अरु विद्रोही लडाकुले दुतावासको भवनमा हमलाको प्रयास गरेका समाचारमा उल्लेख छ । अहिले त्यहाँ सुरक्षाकर्मी र विद्रोहीबीच गोलीबारी भइरहेको […]

२०७० भाद्र २८ गते, शुक्रबार

कोलोराडोमा पहिरोले घर भत्कँदा तीन जनाको मृत्यु ,

कोलोराडो २८ भदौं । चारदिन देखि लगातार परेको बर्षाको कारण कोलोराडोमा तीनको मृत्यु भएको छ । सयजना भन्दा धेरै घाइते भएको समाचार छ ।कोलोराडोको बोल्डर शहरमा बिहिबार बिहान गएको पहिरोले घर भत्कदा तीन जनाको मृत्यु भएको र ठाउं ठाउंमा आएको बाढिका कारण सय भन्दा बढि घाईते भएको फक्स न्यूजले जनाएको छ ।यसरी घाईते हुनेमा बोल्डर, […]

२०७० भाद्र २८ गते, शुक्रबार

रासायनिक हतियारको प्रयोगमा विद्रोहीको हात: पुटिन

वासिङटन, २७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियमा केही समयअघि गरिएको भनिएको रासायनिक हतियारको प्रयोगमा त्यहाँका विद्रोहीको हात रहेको आरोप लगाएका छन् ।अमेरिकाले सो हतियारको प्रयोगमा सिरियाली राष्ट्रपति बसार अल आसादको हात रहेको आरोप लगाइरहेको बेला राष्ट्रपति पुटिनले बुधबार सो आरोप लगाएका हुन् । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको बुधबारको संस्करणमा दिनुभएको आफ्नो विचारमा उनले […]

२०७० भाद्र २७ गते, बिहीबार

आशारामको नार्को टेस्टको माग

जोधपुर, २७ भाद्र – बलात्कार पीडित किशोरीका अभिभावकले सन्त आशारामको नार्को टेस्ट गरिनुपर्ने माग गरेका छन् । आशारामले लगातार घुमाउरो बयान दिने र झूटो बोल्दै आएकाले पीडित पक्षले पहिले पनि केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) लाई यस अपराधको अनुसन्धानको जिम्मा दिनुपर्ने माग गरेको हो ।यो मुद्दाको सीबीआई जाँच र फास्ट ट्रयाक कोर्टमा सुनुवाई हुनुपर्ने माग गर्दै […]

२०७० भाद्र २७ गते, बिहीबार