बिश्व

कोरोना संक्रमितको संख्या साँढे ५ करोड नाघ्यो !

काठमाडौं । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढ ५ करोड नाघेको छ । बितेको २४ घन्टामा पाँच लाख नयाँ संक्रमित थपिएपछि कुल संक्रमित संख्या ५ करोड ५३ लाख ४९ हजार पुगेको हो । हालसम्म कोरोनावाट विश्वभर १३ लाख ३२ हजार ३ सयको मृत्यु भएको छ भने ३ करोड ८४ लाख कोरोना भाइरसको […]

२०७७ मंसिर २ गते, मंगलवार

अमेरिकामा लोता आँधी: सयौं परिवार बिस्थापित

काठमाडौं । मध्य अमेरिकामा प्रतिघण्टा २६० किलोमिटरको दरले आएको शक्तिशाली तुफान लोताका कारण सयौं घरपरिवार बिस्थापित भएका छन् । आँधीका कारण अधिकांश घर र भौतिक संरचनामा क्षति पुग्नुका साथै सयौं सवारी साधनहरु नष्ट भएका छन् । हजारौं हेक्टर जमिनमा लगाइएको बालीनाली नष्ट गर्नुका साथै यातायात सेवा समेत अवरुद्ध हँुदा जनजीवन प्रभावित बनेको हो । यो […]

२०७७ मंसिर २ गते, मंगलवार

अर्मेनिया-अजरबैजानबीच युद्धविराम

काठमाडौं । करिब ६ साता लामो विवादपछि अर्मेनियाले विवादास्पद क्षेत्रको स्वामित्व अजरबैजानलाई हस्तान्तरण गर्न सुरु गरेको छ । अजरबैजानको कालाबाजार जिल्लाका सर्वसाधारणलाई अर्मेनियाले नियन्त्रणमा लिएका थियो ।पछिल्ला दिनहरुमा दुवै पक्षबीच गोलाबारी हुँदा कयौ मारिए भने हजारौं सर्वसाधारण बिस्थापित भएका थिए । अजरबैजानले काराबास क्षेत्रबाट विस्थापित सर्वसाधारणलाई घर फिर्ता हुन सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएको समाचारमा जनाइएको […]

२०७७ मंसिर १ गते, सोमबार

अस्पतालमा आगलागी : १० जनाको मृत्यु

काठमाडौं । रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । आगलागीका कारण अरु सात जना गम्भीर घाइते भएका छन् । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको अस्पतालमा आगलागी भएको हो । बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन […]

२०७७ कार्तिक ३० गते, आईतवार

जर्जियामा पनि बाइडेन विजयी

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा पनि डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन । १६ इलेक्टोरल मत रहेकमो जर्जियामा विजयी भएसँगै बाइडेनले राष्ट्रपति निर्वाचनका रिपब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्पमाथि फराकिलो अग्रता बनाएका छन ।बेलायती समाचार संस्था बीबीसीका अनुसार अमेरिकाका सबै ५० राज्यको मतगणना सकिंदा बाइडेनले ३ सय ६ इलेक्टोरल मत सुरक्षित गर्नुभएको छ भने ट्रम्पले २ […]

२०७७ कार्तिक २९ गते, शनिबार

ट्रम्पको रिपब्लिकनबाटै आलोचना

काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनलाई राजनीतिक तथा सैन्य विषयसँग जोडिएको इन्टलिजेन्स सूचना नदिएकामा रिपब्लिकनहरुले नै डोनल्ड ट्रम्पको आलोचना थालेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि इन्टलिजेन्स सूचना दिनुपर्ने संवैधानिक व्यवस्था भए पनि निर्वाचनमा पराजय स्वीकार नगरेका ट्रम्पले बाइडनलाई सूचनामा पहुँच नै नदिनु भएको हो । ह्वाइट हाउसले विदेशी राष्ट्राध्यक्षहरुबाट राष्ट्रपतिमा निर्वाचित बाइडनलाई प्राप्त बधाई […]

२०७७ कार्तिक २८ गते, शुक्रबार

प्रधानमन्त्री खलिफाको निधन

काठमाडौं । बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । बहराइनको सरकारी मिडियाका अनुसार विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका खलिफाको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो । खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।सन् १९७१ देखि निरन्तर प्रधानमन्त्री रहनुभएका खलिफाले […]

२०७७ कार्तिक २६ गते, बुधबार

ट्रम्पले हार स्वीकार नगर्नु लस्जास्पद : बाइडेन

काठमाडौँ । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद कुरा भएको बताएका छन् । गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका हुन् । तर राष्ट्रपति ट्रम्पले भने ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् । ट्रम्पले […]

२०७७ कार्तिक २६ गते, बुधबार

बाइडेनद्वारा कोरोना नियन्त्रणका लागि टास्कफोर्स गठन

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो काम अन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टास्क फोर्स गठन गरेका छन् । तीन सह अध्यक्ष र दश सदस्य रहेको टास्क फोर्स उनले गठन गरेका हुन् । टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख रहेका छन् । […]

२०७७ कार्तिक २५ गते, मंगलवार

अमेरिकी राष्ट्रपतिमा जो बाइडन विजयी

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेट उम्मेदवार जो बाइडन विजयी भएका छन । यो विजयसँगै उनि अमेरिकाको ४६ औं राष्ट्रपति बनेका छन । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी भए पनि मत गणनाको पछिल्लो रिपोर्टहरुमा उनि विजयी भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई हराउँदै उहाँले राष्ट्रपति भवन ह्वाइट हाउसको […]

२०७७ कार्तिक २३ गते, आईतवार