बिश्व

लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने बिश्वकै पहिलो देश

काठमाडाैं, १८ फागुन । लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । २०२० मार्च १० देखि लागू हुने सो व्यवस्था गरिएको हो । सर्वसाधारणले देशैभर सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने भएका हुन् । लक्जम्बर्गका यातायातमन्त्री फ़्रान्कोईस बऊसले आज लक्जम्बर्गबासीको खुशीको दिन भएको र यो दिन ‘ग्रेट डे’ रहेको आफ्नो घोषणा सन्देशमा […]

२०७६ फाल्गुन १८ गते, आईतवार

अमेरिकाले तालिवानीसँग शान्ति सम्झौता गर्ने

काठमाडौं , १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन् । अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो धारणा आएको हो । सम्झौतासँगै सुरक्षाको प्रत्याभूति गरेर अमेरिकाले अफगानिस्तानमा रहेको अमेरिकी सैनिक फोर्स फिर्ता लिनसक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पटक पटकको छलफल पनि तालिवन […]

२०७६ फाल्गुन १७ गते, शनिबार

हवाई हमलावाट २९ टर्कीस सेना मारिए

काठमाडौं, १६ फागुन । सिरियाले गरेको हवाई हमलामा २९ जना टर्कीस सेना मारिएको टर्कीका प्रान्तीय गभर्नरले बताएका छन् । सिरियाकै उत्तर-पश्चिमी क्षेत्रमा रहेकाे इड्लिब प्रान्तमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएकाे उनले जनाएका छन् । अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै छ । यद्यपि सरकारी विवरण अनुसार कम्तीमा पनि २९ […]

२०७६ फाल्गुन १६ गते, शुक्रबार

कोरोना भाइरसका ३२ हजार ४ सय ९५ जना बिरामी निको भएर घर फर्किए

काठमाडौं, १५ फागुन । कोरोना भाइरस संक्रमित ३२ हजार चार सयभन्दा बढि व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् । चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् । चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपाेर्ट अनुसार हिजाे (बुधबार) मात्रै २ हजार ७ सय […]

२०७६ फाल्गुन १५ गते, बिहीबार

कोरोना भाइरसबाट १२ जनाकाे मृत्यु : इरान

काठमाडौं, १३ फागुन । नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा मृत्यु हुनेको संख्या ५० पुगेको हल्ला भने गलत भएको इरानी सरकारले दावी गरेको छ । असत्य हल्लाको पछि लागेर त्रसित नहुन, तर थप सङ्क्रमण फैलिन नदिनका लागि उच्च सतर्कता भने अप्नाउन सरकारी अधिकारीहरुको आग्रह छ । इरानले नोभेल कोरोना भाइरस (कोभिड—१९) का कारण इरानमा […]

२०७६ फाल्गुन १३ गते, मंगलवार

ट्रम्प भारत भ्रमणमा

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् । राष्ट्रपति ट्रम्प सोमबार बिहान ११ बजेर ४० मिनेटमा भारत आइपुग्नेछन् । भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्न पाउँदा आफु अत्यन्तै […]

२०७६ फाल्गुन १२ गते, सोमबार

दक्षिण कोरियामा कोरोना भाइरस : एकैदिन दोब्बर बढेर चार सय नाघ्यो

काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । हिजो २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि संक्रमितको संख्या ४ सय ३३ पुगेको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ ।समुहका ९ हजार सदस्यलाई […]

२०७६ फाल्गुन ११ गते, आईतवार

कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या २२ सय नाघ्यो

काठमाडौं , १० फागुन । विश्व स्वास्थ्य संगठनले चीन र संक्रमणको पुष्टि भएकाहरुसंग कुनै सम्बन्ध नभएकाहरुमा पनि घातक कोरोना भाइरसको संक्रमण भेटिएको भन्दै चासो व्यक्त गरेको छ । इरानमा थप दुई जना गरी संक्रमणबाट चार जनाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चासो व्यक्त गरेको हो । डब्ल्यू एच ओका प्रमुख डा.टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक […]

२०७६ फाल्गुन १० गते, शनिबार

अन्धाधुन्ध गोली प्रहारवाट ८ जनाको मृत्यु

काठमाडौं, ८ फागुन । जर्मनीको हानाउ शहरमा अज्ञात व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ । गएराति छुट्टाछुट्टै भएका दुईवटा गोलीकाण्डमा कम्तीमा ८ को मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । जर्मन प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा ६ रहेको जनाएको छ । गएराति स्थानीय समयअनुसार […]

२०७६ फाल्गुन ८ गते, बिहीबार

अफगानिस्तानको चुनावमा राष्ट्रपति अशरफ घानी विजेता !

काठमाडौं, ७ फागुन । झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् । अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ संकटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो । आतंकवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा चुनावी नतिजा सार्वजनिक भएको हो । […]

२०७६ फाल्गुन ७ गते, बुधबार