बिश्व

समुद्री चक्रपात, १ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ५ चैत । अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाई समुद्री चक्रपातका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ । प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको चक्रपातले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति भएको छ । मोलाम्बिकका राष्ट्रपति फिलिपे नुसीले चक्रपातमा ज्यान गुमाउनेहरुको संख्या १ हजार नाघेको बताए । बेयराको निरीक्षण गर्दै राष्ट्रपति नुसीले आँधीले विध्वंस नै […]

२०७५ चैत्र ५ गते, मंगलवार

पपुवामा भीषण बाढी, ७३ जनाको मृत्यु

काठमाडौं, ४ चैत । इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको भीषण बाढीमा परेर कम्तीमा ७३ जनाको मृत्यु भएको छ । ६० जना बेपत्ता छन् । दर्जनौं घाइते भएका छन् । बाढीप्रभावितहरुलाई उद्धार गर्न ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । विकट क्षेत्रका गाउँसमेत बाढीप्रभावित भएकाले उद्धारकर्मीहरुलाई समस्या भएको छ । विकट क्षेत्रको तथ्यांक आइनसकेकाले मृतकको संख्या […]

२०७५ चैत्र ४ गते, सोमबार

पाकिस्तानलाई कब्जा गरेर भारतमा गाभ्ने धम्की

काठमाडौं , ३ चैत । भारत र पाकिस्तानबीच चलिरहेको तनावका बीच एक जना भारतीय नेताले सन् २०२५ भित्र पाकिस्तानलाई भारतमा गाभ्ने भने पछि त्यसले पाकिस्तानीहरुमा आक्रोस पैदा गरेको छ । ईन्डियन एक्सप्रेसमा प्रकाशित समाचार अनुसार राष्ट्रिय स्वयसेवक संघका प्रचारक ईन्द्रेस कुमारले २०२५ पछि पाकिस्तान भारतको हिस्सा बन्ने दावी गरेका छन् । शनिबार मुम्बईमा भएको एउटा […]

२०७५ चैत्र ३ गते, आईतवार

सन् २०२२ को विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं, २ चैत ।सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ । फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ । […]

२०७५ चैत्र २ गते, शनिबार

मस्जिदमा गोली प्रहार, कयौं हताहत

काठमाडौं, १ चैत । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले कयौं हताहत भएका छन् । नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर हमला भएको हो । हमलामा कतिजना संलग्छन् छन् भन्ने प्रष्ट भइसकेको छैन । केही सञ्चारमाध्यमले कम्तीमा २७ जनाको मृत्यु भएको जनाएका छन् । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला […]

२०७५ चैत्र १ गते, शुक्रबार

७३७ म्याक्स मोडलका विमान उडाउन रोक

काठमाडौं, ३० फागुन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको छ । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीको भनाइ छ […]

२०७५ फाल्गुन ३० गते, बिहीबार

इथियोपियन एअरलाइन्सको विमान दुर्घटना

काठमाडौं, २६ फागुन । इथियोपियाबाट केन्याको नैरोवी जाँदै गरेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलका ८ सदस्यसहित १४९ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे प्रष्ट भइसकेको छैन । यसैबीच इथियोपियाका प्रधानमन्त्री बबिय अहमदले विमान […]

२०७५ फाल्गुन २६ गते, आईतवार

विमान दुर्घटना, मेयरसहित १४ जनाको मृत्यु

काठमाडौं, २६ फागुन । कोलम्बियामा एक यात्रुवाहक विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । समाचार एजेन्सी डेली मेलका अनुसार कोलम्बियाको समथर राज्य मेटामा भिल्लाभिसेन्सियाे (Villavicencio) नजिकै स्थानीय समय अनुसार शनिबार बिहान ‘a Douglas DC-3’ विमान दुर्घटनामा परेकाे हाे । काेलम्बियाकाे नागरिक उड्डयन प्राधिकरणले विमानमा सवार सबै १४ जनाको ज्यान गएको डेली मेलले उद्धृत […]

२०७५ फाल्गुन २६ गते, आईतवार

ट्रम्पका पूर्वम्यानेजरलाई जेल सजाय

काठमाडौं, २४ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व क्याम्पियन म्यानेजर पर्ल म्यानफोर्टलाई कर छली र बैंकिङ ठगी गरेको आरोपमा ४७ महिनाको जेल सजाय हुने भएको छ । उनले लाखौं डलर हिनामिना गरेको आरोपमा जेल सजायको फैसला गरिएको हो । अमेरिकी न्यायिक विभागले २२ महिना लगाएर गरेको अनुसन्धानमा पर्ल म्यानफोर्ट दोषी पाइएको हो । सन […]

२०७५ फाल्गुन २४ गते, शुक्रबार

खामभित्र विस्फोटक पदार्थ !

काठमाडौं, २२ फागुन । लण्डनका दुई विमानस्थल र एक रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेको छ । हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । विप्फोटक पदार्थ भेटिएलगत्तै प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ । प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थलाई खामभित्र […]

२०७५ फाल्गुन २२ गते, बुधबार