बिश्व

सिरिया र इराक इस्लामिक स्टेटबाट मुक्त हुने !

काठमाडौं २४ माघ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरिया र इराकमा इस्लामिक स्टेट (आइएस)ले कब्जा गरेको इलाकालाई अमेरिकी नेतृत्वको सेनाले आगामी हप्ताभित्र पूर्णरुपमा नियन्त्रणमा लिइसक्ने दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी गठबन्धनका सहयोगीहरुसँग आगामी हप्ता कुनै पनि समय आइएसले कब्जा गरेको क्षेत्रलाई शतप्रतिशत नियन्त्रणमा लिएको घोषणा गरिने जनाए । उनले पछिल्लो दुई बर्षमा दुई […]

२०७५ माघ २४ गते, बिहीबार

रुस मिसाइल प्रणाली विकास गर्ने तयारीमा

काठमाडौं , २३ माघ । शीतयुद्धका बेला अमेरिकासँग गरिएको इन्टरमिडियट रेन्ज न्यूक्लियर फोर्स (आईएनएफ) सन्धिबाट बाहिरिने घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली विकास गर्ने तयारी सुरु गरेको छ । रुसका रक्षामन्त्री सर्गेइ सोयगूले आगामी दुई वर्षभित्र जमिनबाट जमिनमै मार हान्ने नयाँ मिसाइल बनाउने तयारी भइरहेको बताए । उनले रुससँग मिसाइल भएको र त्यसलाई नयाँ प्रणालीका […]

२०७५ माघ २३ गते, बुधबार

मेक्सिकोको सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

काठमाडौं, २१ माघ । अमेरिकाले मेक्सिकोसँगको सीमा क्षेत्रमा थप दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । मेक्सिकोसँगको सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउन थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ले जनाएको छ । योसँगै मेक्सिकोसँगको सीमा क्षेत्रमा तैनाथ हुने सुरक्षाकर्मीको संख्या ४ हजार ३ सयभन्दा बढी हुनेछ । सीमा क्षेत्रबाट हुने […]

२०७५ माघ २१ गते, सोमबार

इटाली पुनः आर्थिक मन्दीतर्फ जाने संकेत

काठमाडौं, १८ माघ । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको संकेत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा देखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९ राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना […]

२०७५ माघ १८ गते, शुक्रबार

आफ्नै देशको खुफिया एजेन्सीप्रति ट्रम्पको आक्रोश

काठमाडाैँ , १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको खुफिया एजेन्सीलाई इरान मामिलामा अनुभवहिन भएको आरोप लगाएका छन् । उनले उत्तर कोरियालाई लिएर गरिएको आँकलनलाई पनि खारेज गरेका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै इरानसँग सावधान रहनु पर्ने र खुफिया अधिकारीहरु फेरी पनि स्कुल जानुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । अमेरिकी खुफिया […]

२०७५ माघ १७ गते, बिहीबार

भेनेजुएलाका विपक्षी नेता गुइडोलाई देशबाहिर जान प्रतिबन्ध

काठमाडाैँ , १६ माघ । भेनेजुएलाका विपक्षी नेता जन गुइडोलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको छ । त्यहाँको सर्वोच्च अदालतले गुइडोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै उनको बैंक खातासमेत रोक्का गरिदिएको छ । गुइडोले गत बुधबार एक विरोध प्रदर्शनका क्रममा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । गुइडोले सडकबाटै गरेको घोषणालाई अमेरिकाले समर्थन जनाएको थियो । […]

२०७५ माघ १६ गते, बुधबार

भेनेजुएलाले कडा मूल्य चुकाउनु पर्छ : अमेरिका

काठमाडौं, १४ माघ । अमेरिकाले आफ्ना राजनीतिक नेताहरुमाथि आँच आउने गतिविधि गरेमा भेनेजुएलाले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले भेनेजुएलाका विपक्षी नेता खुआन गोइदो र अमेरिकी राजनीतिक नेताहरुमाथि आँच आउने कुनै काम गरेमा भेनेजुएलाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएक हुन् । अमेरिकालगायत २० भन्दा बढी मुलुकले भेनेजुएलाका विपक्षी नेता […]

२०७५ माघ १४ गते, सोमबार

बाँध भत्किँदा संख्या ४० को मृत्यु , ३ सयभन्दा बढी बेपत्ता

काठमाडौं , १३ माघ । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ । घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति […]

२०७५ माघ १३ गते, आईतवार

पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने

काठमाडौं, ११ माघ । टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा हत्या गरिएका साउदीका पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने भएको छ । संयुक्त राष्ट्रसंघले गैरन्यायीक हत्यासम्बन्धी समितिले अर्को साता टर्की गएर घटनासम्बन्धी छानबिन गर्ने भएको छ । त्यसमा तीन जना अन्य विज्ञले पनि साथ दिने जनाइएको छ । वासिङ्टन पोष्टमा कार्यरत खसोग्जीको गत अक्टोबरमा […]

२०७५ माघ ११ गते, शुक्रबार

मूल्यवृद्धिबिरुद्ध विशाल प्रदर्शन

काठमाडौं, ११ माघ । खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानको राजधानी खार्तुममा अहिलेसम्मकै विशाल प्रदर्शन भएको छ । सुरुमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनका उत्रिएकाहरुले अहिले भने राष्ट्रपतिकै राजीनामा माग गरेका छन् । चिकित्सक, शिक्षक र इन्जिनियररुको संगठन नै प्रदर्शनमा उत्रिएर यातायातनै ठप्प पारेपछि त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । प्रदर्शन नियन्त्रण गर्न […]

२०७५ माघ ११ गते, शुक्रबार