बिश्व

रुसद्वारा युक्रेनको सयभन्दा बढी ड्रोन नष्ट

काठमाडौं । रुसले युक्रेनका सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुंगा नष्ट गरेको दाबी गरेको छ । रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर […]

२०८१ असार ८ गते, शनिबार

इजरायलद्वारा हमासका कमाण्डर मारिएको दावी

काठमाडौँ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाइ हमलामा हमासका कमाण्डर मारिएको दाबी गरेका छन । प्रवक्ता अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतंकवादी कार्यमा भूमिका खेल्ने अहमद अल-सवारकालाई सैन्य विमानले मारेको बताए। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार आईडीएफ सेनाहरूले मध्य […]

२०८१ असार ७ गते, शुक्रबार

रुसका राष्ट्रपति पुटिन भियतनाम भ्रमणमा

काठमाडौँ । २४ वर्षपछि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन् । पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गरेका थिए।भियतनामका कम्युनिष्ट नेताहरूसँग वार्ता गर्न आज पुटिन त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पुटिनले गत मे महिनामा आफ्नो पाँचौं कार्यकालका लागि सपथ लिएपछि चीन र […]

२०८१ असार ६ गते, बिहीबार

उत्तर कोरिया र रुसबीच बृहत् रणनीतिक साझेदारीमा हस्ताक्षर

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ बृहत् रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन्।यसअघि पुटिनका सल्लाहकार युरी उसाकोवले यस्तो खालको सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। रुसी सञ्चारमाध्यम आरआईएले किम र पुटिनले सो सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरेको छ। तर, सम्झौताका विवरणहरु सार्वजनिक भइसकेका छैनन्।त्यसअघि पुटिन र किमबीच दुई घण्टा […]

२०८१ असार ५ गते, बुधबार

राष्ट्रपति पुटिन उत्तर कोरिया जाँदै

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने भएका छन्। दुई नेताबीच गत वर्ष सेप्टेम्बरमा रुसी सहर भ्लादिभोस्टोकमा पनि भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।क्रेमलिनले पुटिनको यस भ्रमणलाई […]

२०८१ असार ४ गते, मंगलवार

आप्रवासी चढेको डुंगा दुर्घटना : ११ जनाको मृत्यु

काठमाडौँ । इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् । पहिलो डुंगा इटलीको ल्याम्पेडुसा टापु र अर्को क्यालाब्रियाको तटबाट करिब १ सय २५ माइल नजिकै डुबिरहेको काठको डुंगाबाट ११ जनाको शव फेला परेको […]

२०८१ असार ४ गते, मंगलवार

जबर्जस्ती विस्थापितको संख्या १२ करोड पुग्यो !

काठमाडौँ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले विहीबार प्रकाशित गरेको नयाँ रिपोर्ट अनुसार सन् २०२४ मा जबर्जस्ती विस्थापित हुन बाध्य शरणार्थीहरुको संख्या बढेर १२ करोड पुगेका छन् । यूएनएचसीआरले युद्ध र हिंसाका कारण विस्थापितहरुको संख्या ऐतिहासिक रुपमा वृद्धि भएको र १२ वर्षदेखि लगातार विस्थापित भएकाहरुको संख्या बढिरहेको जनाएको छ । जबरजस्ती विस्थापित भएकाहरुको संख्यामा वृद्धि […]

२०८१ जेष्ठ ३२ गते, शुक्रबार

अमेरिकाको फ्लोरिडामाआपतकाल घोषणा

काठमाडौं । अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा भएपछि आपतकाल घोषणा गरिएको छ। राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी-डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको […]

२०८१ जेष्ठ ३२ गते, शुक्रबार

बाइडेनका छोरा हन्टर दोषी ठहर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन दोषी ठहरिएका छन् । सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् । जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको […]

२०८१ जेष्ठ ३० गते, बुधबार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित

काठमाडौँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ । सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा सहभागी भएन ।प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका […]

२०८१ जेष्ठ २९ गते, मंगलवार