बिश्व

इजिप्टको जनमत संग्रहमा ११ को मृत्यु

कायरो, २ माघ – इजिप्टमा नयाँ संविधानको निर्माणका लागि मंगलबार भएको जनमत संग्रहमा भएको हिंसामा ११ नागरिकको मृत्यु भएको छ । गत जुलाईमा सेनाले निर्वाचित इस्लामिक राष्ट्रपति मुहम्मद मुर्सीलाई सत्ताबाट जबरजस्ती हटाएपछि नयाँ संविधान निर्माण गर्ने विषयमा जनमत संग्रह घोषणा गरेको थियो । सेना प्रमुख जनरल अब्दुल फताह एल सिस्सीका असंख्यक समर्थक र उनका विरोधी […]

२०७० माघ २ गते, बिहीबार

निष्कासनमा परे अमेरिकी पत्रकार

१ माघ । रसियाले अमेरिकी वरिष्ठ पत्रकार तथा विद्वान डेविड स्याटरले प्रवेशाज्ञासम्बन्धी नियम उल्लंघन गरेकाले उनलाई निष्कासन गरिएको जानकारी दिएको छ । यस घटनाका कारण शीतयुद्धताकाका यी दुई प्रतिद्वन्द्वीबीचको सम्बन्ध थप चीसो हुने अनुमान गरिएको छ ।फाइनान्सियल टाइम्स तथा वाल स्ट्रिट जर्नलका पूर्व समाचारदाता स्याटरले रसिया तथा पूर्व सोभियत संघका विषयमा तीनवटा पुस्तक लेखेका छन् […]

२०७० माघ १ गते, बुधबार

थाइल्याण्डमा आन्दोलन चर्कियो

बैंकक, ३० पुस । थाइल्याण्डमा सरकारबिरुद्धको आन्दोलनले उग्र रुप लिएको छ । फेब्रुअरी २मा हुन लागेको निर्वाचन अगाबै सरकार हट्नुपर्ने माग गर्दै प्रर्शनकारीहरुले राजधानी बैङकक लगायतका सडकहरुमा नाराबाजी गरिरहेका छन । प्रशर्दनकारीहरुको आन्दोलनका कारण सडक अबरुद्ध भएका छन भने प्रमुख चोकहरु नियन्त्रणमा लिएका छन । सरकार नहटे सम्म आन्दोलन नरोकिने प्रदर्शनकारी को चेतावनी पछी सरकारले […]

२०७० पुष ३० गते, मंगलवार

सबैभन्दा प्रशंसनीय व्यक्ति विल गेट्स

काठमाडौं, २९पौष । बेलायतको प्रसिद्ध पत्रिका टाइम्सले सार्वजनिक गरेको विश्वमा सबैभन्दा प्रशंसनीय जिवित व्यक्तिको सुचीमा माइक्रो सफ्ट कम्पनीका संस्थापक बिल गेट्स पहिलो नंबरमा परेका छन् । १३ देशका करिब १४ हजार मानिसले भाग लिएको सर्वेक्षणमा बिल गेट्सले १० दशमलब १० प्रतिशत मत पाएका थिए । यस्तै दोस्रो स्थानमा अमेरिकी राष्ट्रपति बाराक ओबामा परेका छन् भने […]

२०७० पुष २९ गते, सोमबार

मुसर्रफलाई ७ दिन म्याद थप

काठमाडौं ,पाकिस्तानका पूर्व राष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफलाई अदालतले सुनुवाईका लागि एक हप्ता समय थपेको छ ।गतहप्तामात्र अदालत जाने क्रममा उनलाई अकस्मात मुटुमा समस्या देखिएको भन्दै बाटोबाटै अस्पताल लगिएको थियो । उनको स्वास्थ्यसम्बन्धी रिपोर्टलाई हेरेर अदालतले सो निर्णय गरेको बताइएको छ ।मुसर्रफलाई देशद्रोहको अभियोगमा सुनवाइका लागि अदालत उपस्थित हुने आदेश दिइएको थियो । हाल […]

२०७० पुष २६ गते, शुक्रबार

मित्सुविसीको रासायनिक कारखानामा विष्फोट

काठमाडौं, पौष २५ । जापानको योक्काइची सहरस्थित मित्सुविसीको रासायनिक कारखानामा विष्फोट हुँदा कम्तिमा पाँच जना कामदारको मृत्यु भएको छ । विष्फोटमा १७ भन्दा बढी घाइते भएका छन् । विष्फोटको समयमा सिलिकन उत्पादन सम्बन्धी काम भैरहेको बताइएको छ । विष्फोटको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । -एजेन्सी

२०७० पुष २५ गते, बिहीबार

दक्षिण सुडानमा हिंसा रोकिएन

सुडान, २२ पुस । सरकार र बिद्रोही पक्ष बिच वार्ता जारी रहदा रहदै दक्षिण सुडानमा बिद्रोहीहरुको आक्रमणमा परि एक जना सैनिक जनरलको मृत्यु भएको छ । सुरक्षार्थ खटिएका सैनिक जनरल दक्षिण सुडानको बोर शहरमा विद्रोहीहरुको एम्बुसमा परि जनरल मारिएका हुन् । बिद्रोहरुले थापेको विद्युतिय धरापमा परि सैनिक जनरलको मारिएको पुष्टि भएपनि नाम सार्वजनिक गरिएको छैन […]

२०७० पुष २२ गते, सोमबार

मस्जिदमा भएको भागदौडमा १४ जनाको मृत्यु

बेइजिङ, २२ पुस ।चीनको उत्तर–पूर्वी शासी क्षेत्रको एक मस्जिदमा भएको भागदौडमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । निजिया इलाकामा भएको उक्त घटनामा अन्य १० जना घाइते भएका छन् ।सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक मस्जिदमा धार्मिक नेतालाई श्रद्धाञ्जली दिन आयोजित कार्यक्रमका क्रममा उक्त घटना भएको हो ।प्रहरीका अनुसार भागदौडको कारण अहिलेसम्म पत्ता लागेको छैन […]

२०७० पुष २२ गते, सोमबार

बंगलादेशमा आमनिर्वाचन हुँदै

काठमडौं २१ पुस : बंगलादेशमा आज दसौं आमनिर्वाचन हुँदैछ। तर निर्वाचनप्रक्रियाको विरोध गर्दै मुख्य विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट पार्टी र उसको सहयोगी पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन्। सत्ताधारी बंगलादेश अवामी लिग बीएएलले निर्वाचनप्रक्रियाका क्रममा तटस्थ सरकार गठन नगरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ। विपक्षी पार्टीले निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर तटस्थ कामचलाउ […]

२०७० पुष २१ गते, आईतवार

बरफ जमेको ठाउँमा फसेको जहाजका यात्रुलाई उद्धार सुरु

काठमाडौं, पौष १६ । अन्टार्कटिकाको फ्रान्सेली अन्टार्कटिक स्टेशन ड्यु डाउन्ट दि उरभाइल नजिक बरफ जमेको ठाउँमा फसेको पानी जहाजका यात्रुहरुलाई हेलिकप्टरको माध्यमले उद्धार गर्ने प्रयास शुरु भएको छ । अष्ट्रेलियाली आईस ब्रेकरको सहायताले पानी जहाजलाई उद्धार गर्ने प्रयास असफल भएपछी हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको हो । रुसी झण्डाबाहक अनुसन्धानका लागि प्रयोग गरिएको एकेडेमिक सोकालेस्की […]

२०७० पुष १६ गते, मंगलवार