बिश्व

गाजामा मानवीय पहुँच सुनिश्चित गर

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायली अधिकारीहरूलाई गाजामा मानवीय सामानहरूको लागि पूर्ण र निर्वाध पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन । महासचिव गुटेर्रेसले गाजाका लागि तिब्र खाद्य असुरक्षा विश्लेषणले गाजाको उत्तरी भागमा भोकमरी आएको चेतावनी दिएपछि सो आग्रह गरेका हुन् ।डिसेम्बर २०२३ मा गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण विश्लेषणले शत्रुताको तत्काल अन्त्य […]

२०८० चैत्र ६ गते, मंगलवार

इजरायलद्वारा गाजाको अस्पतालमा हमला

काठमाडौँ । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ । आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ ।गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ । […]

२०८० चैत्र ६ गते, मंगलवार

रुसको राष्ट्रपतिमा पुन: पुटिन निर्वाचित

काठमाडौँ । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन विजयी भएका छन् । नियन्त्रित रुपमा गरिएको चुनावमा पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जित हात पारेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले पुटिनले ८७.३ प्रतिशत मत सहितसहित विजयी भएको जनाएको छ । जीतपछि पुटिन अब […]

२०८० चैत्र ५ गते, सोमबार

ट्रम्पद्वारा निर्वाचनमा आफूले नजिते रक्तपात हुने चेतावनी

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचन आफूले नजिते रक्तपात हुने चेतावनी दिएका छन् । सिनेट उम्मेदवार बर्नी मोरेनोको पक्षमा ओहायो राज्यमा प्रचार गर्ने क्रममा ट्रम्पले यस्तो विवादास्पद अभिव्यक्ति दिएका हुन् । तर उनले केतर्फ संकेत गरेका हुन् त्यो भने स्पष्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै […]

२०८० चैत्र ५ गते, सोमबार

इजरायली आक्रमणबाट ३१ हजार ५५३ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । इजरायली आक्रमणबाट ३१ हजार ५५३ प्यालेस्टाइनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सो जानकारी गराएको हो । गत २४ घण्टामा इजरायली सेनाले ६३ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ११२ जना घाइते भएका छन् । जसबाट इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३१ हजार ५५३ पुगेको छ भने घाइतेको […]

२०८० चैत्र ४ गते, आईतवार

रुसमा राष्ट्रपति पदको निर्वाचन हुँदै

काठमाडौँ । रुसमा राष्ट्रपति पदका लागि आज निर्वाचन भइरहेको छ । यो निर्वाचनले राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल ६ वर्ष थपिदिने निश्चित छ । मुख्य विपक्षी दलहरुको अनुपस्थिती र प्रमुख आलोचक अलेक्सी नाभाल्नीको कारागारभित्रै रहस्यमय मृत्युपछि हुन लागेको निर्वाचनलाई पश्चिमाहरुले पुटिनको निरंकुश शासनको निरन्तरता भनेका छन् । तीन दिनसम्म चल्ने निर्वाचनमा विजयी भएपछि पुटिन रुसमा सबैभन्दा […]

२०८० चैत्र २ गते, शुक्रबार

संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायली आक्रमण !

काठमाडौँ । गाजापट्टीको रफाह शहरमा संयुक्त राष्ट्रसंघको सहायता केन्द्रमा इजरायलले गरेको आक्रमणमा एक जना मारिएका छन् ।प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसंघको सहायता एजेन्सीले खाद्यान्न वितरण केन्द्रमा इजरायली सेनाले आक्रमण गर्दा एक कर्मचारीको मृत्यु हुनुको साथै २२ जना घाइते भएको बताएको छ ।एजेन्सीका प्रमुख फिलिप लाजारिनीले यो हमलालाई अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट अवहेलना भनेका छन् । हमासद्वारा […]

२०८० चैत्र १ गते, बिहीबार

रुसी सैनिक विमान दुर्घटना: १५को मृत्यु

काठमाडौँ । रुसमा सैनिक कार्गो विमान दुर्घटना हुँदा विमानमा रहेका १५ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट झण्डै २ सय ५० किलोमिटर पूर्वमा रहेको इभानोभो क्षेत्रमा विमान दुर्घटना भएको थियो ।विमानको एउटा इन्जिनमा आगो लागेका कारण टेक अफ गर्न खोजिएको समयमा विमान दुर्घटनामा परेको रुसी रक्षा मन्त्रालयले पुष्टि गरेको छ । विमानमा आठ […]

२०८० फाल्गुन ३० गते, बुधबार

इजरायलद्वारा गाजामा सहायताका लागि पर्खिरहेकामाथि आक्रमण

काठमाडौँ । इजरायली सेनाको आक्रमणवाट गाजामा सहायताका लागि पर्खिरहेका सातजना मारिएका छन्। अलजजिराले इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा कुवेत राउण्ड अबाउटमा सहायता ट्रकको लागि पर्खिरहेका प्यालेस्टिनीमाथि आक्रमण गरेको जनाएको छ। आक्रमणमा २० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचार अल–शिफा मेडिकल कम्प्लेक्समा भइरहेको छ। यस्तै गाजामा २ हजार मेडिकल कर्मचारीले भोकमरिको सामना गरिरहेका छन्। […]

२०८० फाल्गुन २९ गते, मंगलवार

प्यारासुट नखुल्दा ५ जना प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर ५ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्। गाजामा प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सहायता गाजा शहरको उत्तरपश्चिम क्षेत्रका बासिन्दाहरूको घरमा लगिँदै थियो। प्रत्यक्षदर्शीहरूका अनसार गाजा शहरमा विमानद्वारा पठाइएको सहायता तिनीहरूको प्यारासुटहरू राम्रोसँग नखुली खसेका थिए।गाजाका मानिसहरूलाई खाद्यान्न, पानी, औषधि […]

२०८० फाल्गुन २६ गते, शनिबार