अखिल (क्रान्तिकारी) कास्कीद्वारा अलब्राइट एकेडेमीमा तालाबन्दी

२०८० असार २९ गते, शुक्रबार

काठमाडौं । अखिल (क्रान्तिकारी) कास्कीले पोखरा-८ स्थित अलब्राइट एकेडेमीकीमा अनिश्चितकालीन ताला बन्दी गरेको छ। तीन जना विद्यार्थीहरु समिक्षा थापा,सविना आले मगर र भावना गुरुङ लाई योजनाबद्ध रुपमा फसाएर पक्राउ गरिएको भन्दै विद्यार्थीहरूलाई तत्काल रिहाइ र दोषी अलब्राइट एकेडेमी लाई कारवाही गर्न माग गर्दै विद्यार्थी संगठनले बुधबार ताला बन्दी गरेको हो।
“एकेडेमीकी संचालिका सनिषा श्रेष्ठले विगत लामो समय देखि आन्तरिक रूपमा सेटिङ मिलाई लुटको धन्दा चलाएको विषयमा आज ३ (तीन) जना विद्यार्थीहरु (१) समिक्षा थापा, (२) सविना आले मगर (३) भावना गुरुङ लाई नर्सिङ काउन्सिलिङ लाइसेन्सको परिक्षामा पास गराइ दिन्छु भनी प्रश्नहरूको फोटो खिच्न लगाई उक्त प्रश्नको उत्तर स्वयम् संस्थाले भाइवर मार्फत विद्यार्थीहरू लाई उपलब्ध गराईएको र उक्त विद्यार्थीहरु लाइ प्रहरीले गिरफ्तार गरी साइबर क्राइमको मुद्दा लगाई हिरासतमा राखेको घटना प्रति विशेष ध्यानाकर्षण भएको” कुरा अखिल (क्रान्तिकारी) कास्की जिल्ला अध्यक्ष केश सि ले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
अध्यक्ष केश सी ले घटनाको सत्यतथ्य छानविन गरी पीडित विद्यार्थीहरूलाई रिहाइ नगरेसम्म एकेडेमीमा अनिश्चितकालीन तालाबन्दि गर्ने कुरा जानकारी गराउदै, उक्त घटनामा योजनावद्ध ढंगले फसाइएका उल्लेखित विद्यार्थीहरूलाई तत्काल रिहाइ र दोषी अलब्राइट एकेडेमीकी संचालिका सनिषा श्रेष्ठलाई कारवाही गर्न माग गरेका छन।
घटनालाई तोडमोड गरी पीडित विद्यार्थीलाई फसाउने काम भएमा संगठन कडा संघर्षमा उत्रने चेतावनी दिदै उक्त संगर्षबाट आउने गम्भिर परिस्थितिको जिम्मेवार स्वयम् संस्था हुने चेतावनी समेत अध्यक्ष केश ले सोही बिज्ञप्ति मार्फत चेतावनि दिएका छन् ।- निरुता विक

प्रतिक्रियाहरु

[anycomment]