अखिल (क्रान्तिकारी) दैलेखको अध्यक्षमा गोपिराम सी

२०८० माघ २४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दैलेखको १४ औं जिल्ला सम्मेलनले गोपिराम सीको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।
उक्त सम्मेलनको उद्घाटन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज कलम सीले विद्यमान दलाल पुँजीवादी राजनीतिक प्रणालीले अहिलेको शिक्षा क्षेत्रका समस्याहरु हल नहुने बताए । उनले उत्पादनमुलक, व्यवहारिक शिक्षा प्रणालीका लागि नेपाली विशेषताकाे समाजवाद आवश्यक रहेकाेमा जाेड दिए ।
उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज अतिथि तुलराज सीले २०२८ सालमा पन्चायतले बनाएको शिक्षा नीति अहिलेको पुस्ताको जीवन उपयोगी नभएको र यसको विकल्प वैज्ञानिक समाजवादी शिक्षा मात्रै हुन सक्ने बताए भने जिल्ला सेक्रेटरी प्रकाश सीले अबको क्रान्ति विद्यार्थीबाट मात्र सम्भव भएको बताए ।

यता, अखिल क्रान्तिकारी डोटी (उत्तर) को चौथो जिल्ला सम्मलेनले लोकेन्द्र सीको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।सम्मेलनले अध्यक्षमा लोकेन्द्र सी, उपाध्यक्षमा जुनेली नेगी, सचिवमा केशव परियार, सहसचिवमा जानकी भट्ट र कोषाध्यक्षमा छविराज कुँवरसहित १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । लोकेन्द्र सीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा प्रमुख अथिति नेकपा डोटी इन्चार्ज बिमल सी, अतिथिमा पार्टी जिल्ला सचिव मोहन सीलगायत अन्य विद्यार्थीहरू सहभागी रहेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार