‘डाबर हनी’ गुणस्तरहीन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षण गर्दा डाबर नेपालले उत्पादन गरेको मह ‘डाबर हनी’ गुणस्तरहीन पाइएको छ । विभागका वरिष्ठ अनुसन्धान अधिकृतले एक सूचना जारी गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको डाबर नेपाल प्रालिबाट उत्पादन गरेको मह खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम न्यूनस्तरको पाइएको जनाएको छ । प्रयोगशाला परीक्षणमा महले तोकिएको मापदण्ड पूरा नगरेको पुष्टि भएपछि विभागले ऐनको दफा ३८ (२) बमोजिम उक्त उत्पादनको मह बिक्री वितरण नगर्न र नगराउन, बजारबाट तत्काल फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।
