इजरायल जाने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित

२०८३ जेष्ठ २७ गते, बुधबार


काठमाडौँ । इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन) ले इजरायल जानका लागि लिइँदै आएको अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। परीक्षा व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क बढी लिएको विरोधस्वरूप मंगलबार भएको झडपका कारण परीक्षा स्थगन गरिएको हो।
मंगलबार परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीले विभिन्न माग राख्दै विरोध कार्यक्रम गरेपछि सीआईआईएनले सूचना जारी गरेर भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरिएको जनाएको छ।
। अप्रत्याशित एवं नियन्त्रण बाहिरको परिस्थितिका कारण केन्द्रमा सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।
आन्दोलित विद्यार्थीले ५ हजार तिरेर पनि परीक्षामा आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरण संस्थाले उपलब्ध नगराएको, परीक्षा दिँदा भीडभाड र हल्ला भएका कारण स्पिकिङ परीक्षा राम्रो नभएको लगायत विषयमा सुधार हुनुपर्ने बताएका छन्।
यसैगरी परीक्षा दिइरहेका बेला सर्भरले काम नगरेको, परीक्षा दिएपछि सबमिट नभएको, भ्वाइस रेकर्ड नभएको, आफूले लगेको म्याजेट संस्थाको परीक्षा प्रविधिसँग नमिलेको गुनासो पनि आन्दोलित विद्यार्थीले गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु