कामपा छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण

२०८३ जेष्ठ १८ गते, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।छात्रवृत्ति परीक्षा समितिको साेमबारको निर्णय अनुसार न्यूनतम ४० अंक प्राप्त गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३र०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि भएकाे समितिले जनाएकाे छ ।
नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखी मोबाइल वा इमेलमा स्कोर हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ । २२ हजार परीक्षार्थीमध्ये १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको छात्रवृत्ति परीक्षा समिति संयोजक तथा शिक्षा अधिकारी नमराज ढकालले बताए । उनले प्रारम्भिक नतिजामा चित्त नबुझ्नेलाई पुनर्योगका लागि यहि २० गतेसम्मको समय दिएकाे बताए ।

प्रतिक्रियाहरु

[anycomment]