विश्वकै सबैभन्दा शक्तिशाली फ्ल्यासलाइट तयार
काठमाडौँ । चिनियाँ कम्पनी Imalent ले संसारकै सबैभन्दा शक्तिशाली फ्ल्यासलाइट बनाएको छ । उक्त कम्पनीले बानीको Imalent MS32 यति शक्तिशाली छ कि यो फ्लास लाइटसँग तुलना गर्न सकिने एउटा मात्रै फ्ल्यासलाइट भनेको Imalent MS18 हो, जसले यसअघि ‘संसारको सबैभन्दा उज्यालो फ्ल्यासलाइट’ को उपाधि पाएको थियो । तर, त्यो फ्ल्यासलाइट MS32 को तुलनामा करिब आधा मात्रै शक्तिशाली हो। किनभने यसको उच्चतम चमक केल १ लाख लुमेन मात्र थियो । जबकि Imalent MS32 को LED-पावर्ड प्रकाश बीम १,६१८ मिटर टाढासम्म पुग्न सक्छ र यसको उज्यालो १ सयवटा कारका बत्तीहरूको बराबर छ ।
‘यदि तपाईं संसारको सबैभन्दा उज्यालो फ्ल्यासलाइट खोज्दै हुनुहुन्छ भने, IMALENT MS32 तपाईंको सबैभन्दा राम्रो विकल्प हो,’ यो लाइट निर्माता कम्पनीले आफ्नो वेबसाइटमा गर्वका साथ लेखेको छ, ‘अन्य सुपर–उज्यालो फ्ल्यासलाइटहरू खोज्न समय खर्च गर्न आवश्यक छैन, किनभने IMALENT MS32, यसको २,००,००० लुमेनका साथ अरु सबैलाई उछिनेर आफ्नो अतुलनीय प्रकाशका साथ रातलाई दिनमा परिणत गर्न सक्दछ ।’
MS32 ले यसको चर्चा अनुसार नै काम गर्ने गरेको अनुभव यसका प्रयोगकर्ताहरुको रहेको बताइन्छ । यो केवल २ लाख लुमेनको उच्चतम चमकमा पुग्ने मात्र होइन, यसले सजिलै ४० हजार लुमेनको चमकलाई लगभग ४० मिनेटसम्म कायम राख्न सक्छ ।
साथै यदि तपाईं यसलाइ ८० लुमेनको कम सेटिङमा मात्र प्रयोग गर्नुहुन्छ भने यसको चार्जेबल ब्याट्रीले ३४५ घण्टासम्मको ब्याकअप दिन सक्दछ ।
हामीलाई लाग्नसक्छ कि यो फ्लासलाइटले कसरी बढि नतातिकनै २ लाख लुमेनसम्मको चमक उत्पन्न गर्न सक्छ ? कम्पनीका अनुसार यसमा अत्याधुनिक कूलिङ प्रविधि रहेको छ जसले तापक्रमको फैलावट र यसलाई लामो समयसम्म प्रभावकारी चमकमा चलाउन मद्दत गर्छ ।
Imalent MS32 को मूल्य ७९५.९५ अमेरिकी डलर रहेको छ । जसका कारण यो सबैभन्दा महँगो फ्लासलाइट मध्येमा पनि पर्दछ । तर, रातलाई दिनमा बदल्न सक्ने यसको क्षमता अनुसार यो मूल्य स्वभाविक हुनसक्छ । – एजेन्सी