बिश्वका सबैभन्दा बृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन
२०८१ मंसिर १२ गते, बुधबार
काठमाडौँ । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जोन अलफ्रेड टिनिसउडको ११२ वर्षको उमेरमा निधन भएको छ । टिनिसउडको सोमबार साउथपोर्ट, इङ्गल्याण्डको एक केयर होममा निधन भएको गिनिज वल्र्ड रेकर्ड्सद्वारा प्रकाशित समाचारमा उल्लेख छ।
अगस्ट २६, १९१२ बेलायतको लिभरपुल मा जन्मेका टिनिसउडले भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको मृत्युपछि अप्रिल २०२४ देखि विश्वको सबैभन्दा वृद्ध मानिसको कीर्तिमान राखेका थिए।
टिनिसउड दुई विश्वयुद्धका साथै ग्रेट इन्फ्लुएन्जा र कोभिड–१९ महामारीबाट बाँचेका थिए । उनले गिनिज बुकमा विश्वको सबैभन्दा वृद्ध पुरुष दोस्रो विश्वयुद्धका दिग्गजको कीर्तिमान पनि राखेका छन्। उनी टाइटानिक जहाज डुबेकै वर्ष जन्म भएको थियो । -एजेन्सी