जसले एक कोसा केरा ८४ करोड ५५ लाख रुपैयाँ तिरेर खाए . . .
काठमाडौँ । चिनियाँ मूलका एक क्रिप्टोकरेन्सी व्यापारी जस्टिन सनले ६२ लाख ४० हजार डलर अर्थात् ८४ करोड ५५ लाख नेपाली रुपैयाँभन्दा बढीमा खरिद गरेको प्रतिस्थापन कलाको रुपमा राखिएको केरा खाने आफ्नो बाचा पूरा गरेका छन् । जस्टिनले न्यूयोर्कको सोथेबीको लिलामी घरमा अरू छ जनालाई पछि पार्दै करोडौँ मूल्य तिरेर एक कोसाकेरा खाएका हुन् ।
उनले हङकङमा एक पत्रकार सम्मेलनका क्रममा उक्त केरा खाएका हुन् । जहाँ उनले कलाकृति र क्रिप्टोकरेन्सी बीच समानताहरू आकर्षित गर्न चाहेको बताएका छन्।नियमित रूपमा प्रदर्शनी अघि केरा प्रतिस्थापन गरिन्छ । यो केरा पहिले पनि दुई पटक खाइसकिएको थियो । सन् २०१९ मा एक कलाकार र २०२३ मा एक दक्षिण कोरियाली विद्यार्थीले केरा खाएका थिए । तर त्यसबेला उनीहरूले पैसा तिरेका थिएनन्।‘
सनले पत्रकार सम्मेलनमा यसलाई खानु पनि कलाकृतिको इतिहासको हिस्सा बन्न सक्ने बताउदै भने- ‘यो अन्य केरा भन्दा धेरै राम्रो छ।’
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार गत हप्ताको लिलामीको दिन एउटा ताजा केरा ३५ सेन्टमा खरिद गरिएको थियो । यो कलाकृति पहिलो पटक २०१९ मा मियामीको आर्ट बासेलमा प्रदर्शन गरिएको थियो । त्यतिबेला यो १ लाख २० हजार डलरमा बिकेको थियो । गत बुधबार यसलाई ताजा केरासँगै लिलामीमा राखिएको थियो । यसको विशेषता यही हो कि यसमा एउटा साधारण केरा र डक्ट टेप प्रयोग गरिएको छ । यो कलाकृतिले समाजमा हास्य र विडम्बना झल्काउने कलाकृतिका सर्जक क्याटेलनको धारणा छ । तर, धेरैले यसलाई कलाको नाममा मजाक भन्दै र आलोचना पनि गरेका छन् ।
सन् २०१९ मा यो कृतिमा लिलामीका लागि बोली लगाउँदा ८ हजार डलरबाट शुरु भएको थियो । तर यस पटक यो केरा ६२ लाख ४० हजार डलरको कीर्तिमानी मूल्यमा बिकेको छ ।
‘यो केरा मात्र होइन, यसले कला, मेम्स र क्रिप्टोकरेन्सी समुदायलाई जोड्ने सांस्कृतिक घटनाको प्रतिनिधित्व गर्ने चिनियाँ क्रिप्टो व्यापारु सनको विश्वास छ । लिलामीमा जितेका सनले कला प्रदर्शनीमा राखिएको एउटा केराका लागि यति धेरै रकम खर्च गर्नुले अहिले विश्वलाई नै चकित बनाएको छ । – एजेन्सी