मस्कको सम्पत्ति ४४७ अर्ब डलर !
काठमाडौँ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति बढेको छ । बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । यससँगै एलन मस्क ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।
विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । बेजोसको कुल सम्पत्ति २४९ अर्ब डलर रहेको छ ।
मस्कले एकैदिन ६२.८ बिलियन डलर कमाए । उनको एक दिनको कमाइ विश्वका धेरै अर्बपतिभन्दा बढी छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार विश्वको २३ औं धनी व्यक्तिको कुल सम्पत्ति ६३.२ बिलियन डलर छ । उनको एक दिनको कमाइले विश्वका कैयौं धनीहरूको कुल सम्पत्तिलाई पछाडि पारेको छ । यो वर्ष मस्कले अहिलेसम्म २१८ अर्ब डलर कमाइसकेका छन् । यदि उनको एक वर्षको कमाइलाई उनको कुल कमाइ मान्ने हो भने पनि उनी विश्वको चौथो धनी हुनेछन् ।
२ सय अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिको हिसाबले एलन मस्कपछि दुई जना मात्र छन् । यसमा जेफ बेजोस र मेटाका मार्क जुकरबर्ग छन् । जुकरबर्गको कुल सम्पत्ति २२४ बिलियन डलर छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको छ । उनको कम्पनी टेस्लाको सेयर बढेपछि मस्कको सम्पत्ति बढेको हो ।
नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्प विजयी भएका थिए । नोभेम्बर ४ मा टेस्लाको सेयर मूल्य २४२.८४ थियो । हिजो (बिहीबार) यसको मूल्य ४२४.७७ छ । यस्तो अवस्थामा ट्रम्पको जितपछि टेस्लाको सेयर करिब ७५ प्रतिशतले बढेको छ । टेस्ला बाहेक मस्कको सम्पत्ति उनका अन्य कम्पनीहरू एक्सएआई, स्पेसएक्स आदिमार्फत पनि बढेको छ । -एजेन्सी