अमेरिकाको राष्ट्रिय पंक्षी ‘चील’ !

२०८१ पुष १२ गते, शुक्रबार


काठमाडौँ । अमेरिकाले संसारकै ठूला (लामो पखेटा भएका) चीलहरुमध्येको एक ‘बाल्ड’ चीललाई राष्ट्रिय पंक्षी घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले क्रिसमसको पूर्वसन्ध्यामा ‘बाल्ड ईगल बिल’ नाम दिइएको कानूनमा हस्ताक्षर गरेपछि उक्त चीलले अमेरिकी सत्ताको प्रतिधिनित्व गर्ने औपचारिकता हासिल गरेको हो । मंगलबार राष्ट्रपति बाइडेनले ५० वटा कानूनहरुमा हस्ताक्षर गरेका थिए । क्रिसमसको पूर्वसन्ध्यामा हस्ताक्षर भएका ती कानूनहरु मध्ये विश्वविद्यालय क्याम्पसहरूमा हिंसा र मृत्युलाई सम्बोधन गर्न संघीय एन्टी–ह्याजिंग कानून पनि समावेश थियो।
सेतो टाउको र पहेंलो चुच्चो भएको उक्त शिकारी चरालाई सम्मान दिने कानुनमा बाइडेनले हस्ताक्षर गरे । सन् १७८२ देखि नै अमेरिकी कागजातहरूमा यो चीलको चित्र प्रयोग गरिँदै आएको थियो । अमेरिकाको ‘ग्रेट सील’ (लालमोहर)मा देखिने यो चरा वर्षौंदेखि अमेरिकामा राष्ट्रिय प्रतीक भएको छ। तर गत हप्ता अमेरिकी संसद (कांग्रेस)ले ऐन पारित नगरेसम्म यसलाई आधिकारिक रूपमा राष्ट्रिय चराको रूपमा तोकिएको थिएन ।
लगभग २५० वर्षसम्म अमेरिकाले यो चीललाई ‘राष्ट्रिय चरा’ मानेको भए पनि त्यो ‘आधिकारिक’ भने थिएन । उत्तरि अमेरिकामा पाइने यो विशेष प्रकारको चीलको प्रजातीलाई अमेरिकाले आफ्नो प्रतीक मान्नु अघि उक्त चीलबारे सबैको उस्तै र सकारात्मक धारणा भने थिएन ।
अमेरिकाका ७ जना ‘संस्थापक पिता’मध्येका एक बेन्जामिन फ्र्याङ्कलिनले देशको प्रतिनिधित्व गर्नका लागि चुनिएको प्राणीलाई ‘खराब नैतिक चरित्रको पंक्षी’ भन्दै आपत्ति जनाएका थिए । तर त्यहाँको सदनले उनको भनाइलाई ‘सर्वस्वीकार्य’ रुपमा ग्रहण गरेन ।
उक्त बाल्ड चीललाई सन् १९४० को ‘राष्ट्रिय प्रतीक ऐन’ अन्तर्गत पनि सुरक्षित गरिएको छ, जसले यस प्राणीको बेचविखन गर्न वा शिकार गर्न बन्देज लगाएको छ । यो पंक्षी सुरुमा त लोप हुने दिसामै थियो । तर सन् २००९ देखि यसको संख्या निकै बढिरहेको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु