मनपर्ने रङ व्यक्तिको परिचय

रंगले मानिसको स्वभाव, बानी तथा भावनामै परिवर्तन ल्याउँछ । मानिसको मनोविज्ञानमा रंगको ठूलो भूमिका रहने गरेको छ । रंगले हामीमा ल्याउने प्रभाव नितान्त व्यक्तिगत हुन्छ साथै पुराना परम्परा अनि संस्कृतिसँग पनि जोडिएका हुन्छन् । जस्तो कि सेतो रंगलाई कतै शुद्धता र धर्मको रुपमा अर्थाइन्छ भने कतै शोकको घडीमा प्रयोग गरिन्छ । रंगले समाज अनि व्यक्ति अनुसार फरक–फरक रंग फेर्दछ ।
रङ्गमध्ये सात रङ्गलाई विशेष अर्थका साथ हेर्ने गरिन्छ । त्यसमा पनि हिन्दूधर्ममा देवी–देवता तथा पूजामा त्यसैअनुसार रङ्गको प्रयोग गरिन्छ । तर रङ्गको प्रयोग धार्मिकमात्र नभएर मनौवैज्ञानिक सांकेतिक अर्थले पनि विशेष छ । विभिन्न रङ्गले हाम्रो दैनिक जीवनमा उपयोगिताका साथ–साथै नव–स्फुर्ति, सुन्दरता तथा कल्याणको सन्देश दिन्छ । हाम्रो स्वास्थ्य तथा मन भित्र पनि रङ्गहरुको प्रबल प्रभाव रहने गर्छ ।
सबै रङ्ग सूर्यबाट प्राप्त हुने किरणहरुको प्रभावले बन्दछ । सूर्यको प्रकाशमा सबै रङ्गको समिश्रण हुन्छ । सूर्यको छत्रछायामा अनेक प्रकारका वनस्पति तथा जीवहरु हुर्किएका हुन्छन् । यसै प्रकार हरियो, रातो तथा निलो रङ्गले मानिसको स्वस्थ, यशस्वी तथा गौरवशाली बनाउँछ ।
यसैगरी विभिन्न रङ्गले रोगहरुको उपचारमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन् । रातो रङ्गको मुख्य विशेषता स्नायु तथा रगतको क्रियाशीलतालाई बढाउनु हो । यसैगरी एड्रिनल ग्रन्थी तथा संवेगका अंगहरुलाई उत्तेजित गर्ने काममा पनि रातो रङ्गको महत्वपूर्ण भूमिका रहन्छ ।
रातो ः रातो रङ दृश जीवनशक्तिको परिचायक हो । रातो रङ रुचाउनेहरू जीवनका प्रत्येक क्षेत्रमा सफल हुन्छन् । रातो रङ रुचाउनेहरू प्रेरक, उत्साही एवं ऊर्जावन् हुन्छन् । आकर्षणको केन्द्र बनिरहने चाहना हुने भएकाले रातो रङ रुचाउनेहरू अरुको भावनाप्रति त्यति उत्साही हुँदैनन् । त्यसैले आपूmलाई राम्रो श्रोता बनाउने प्रयास गर्नु उपयुक्त हुन्छ । यदि रातो रङ तपाईंलाई मन पर्ने रङ हो भने तपाईं यौवन तथा शृंगारका मामिलामा पनि उत्तिकै रुचि राख्नुहुन्छ । तपाईंले आफ्नो ऊर्जालाई रचनात्मक कार्य नेतृत्व एवं विकासमा प्रयोग गर्नु राम्रो हुन्छ । तपाई साहसी एवं बहिर्मुखी हुनुहुन्छ यद्यपि अनुकूल परिस्थिति भएन भने तपाईमा रिस हाबी हुन्छ । त्यसैले धैर्यता कायम राख्नुपर्छ ।
गुलाबी ः यदि तपाईंलाई मनपर्ने रङ गुलाबी हो भने तपाईं स्नेही प्रवृत्तिको हुनुहुन्छ । तपाई उदार एवं समझदार पनि हुनुहुन्छ । तपाईमा इच्छाशक्तिको कमी छैन तर भावनात्मक सम्बन्धमाथि नियन्त्रण राख्ने कुरामा भने तपाईं कमजोर हुनुहुन्छ । तपाईं स–साना कुरामा पनि कसै न कसैको सहयोगको अपेक्षा राख्नुहुन्छ । तपाईंको व्यवहारमा केटाकेटीपन झल्कन्छ । तपाईंले आफ्नो क्षमतामाथि विश्वास गर्न सिक्नुपर्छ र स्वयंलाई प्रेम एवं विश्वास गर्न पनि ।
पिच ः व्यावहारिकता एवं रचनात्मकताको परिचायक भएकाले यो रङ रुचाउनेहरू योग्य एवं क्रियाशील हुन्छन् । यद्यपि यिनमा धैर्यताको कमी भने पाइन्छ । त्यस्ता व्यक्ति स्वतन्त्र, संस्थापक एवं स्वप्रवृत्तिका हुन्छन् । अरुमाथि हाबी हुने उनीहरूको चाहना हुन्छ । गाढा पिच रङ रुचाउनेहरू भने कुण्ठित स्वभावका हुन्छन् ।
पहेंलो ः यदि तपाईंलाई मनपर्ने रङ पहेँलो हो भने तपाईंको व्यक्तित्व रोचक एवं प्रेरक छ । तपाईं क्रियाशील पनि हुनुहुन्छ । जीवनका प्रत्येक चुनौती सामना गर्न सक्ने क्षमता तपाईंमा छ । गाढा पहेँलो रङले सहजता तथा सञ्चारलाई प्रतिनिधित्व गर्छ । पहेँलो रङ मन पराउनेहरू क्रियाशील, प्रेरक एवं खोज प्रवृत्तिका हुन्छन् । अधिक खुसी पाउने आशा तथा इच्छा राख्ने भएकाले यिनीहरूमा समर्पणको आवश्यकता पर्छ ।
हरियो ः हरियो रङ मन पराउनेहरू जीवनप्रति सचेत हुन्छन् र अरुमाथि चाँडै विश्वास पनि गर्दैनन् । जीवनको निरीक्षक भए पनि आफ्नो क्षमता र पहुँचभन्दा बाहिरका कुराको कल्पना यिनीहरू गर्दैनन् । परिस्थिति एवं समस्यामाथि काबु पाउन स्वयं दुःख झेल्ने प्रवृत्ति यिनमा पाइन्छ । भावुक हुने भएकाले कुनै पनि कुरालाई विस्तारपूर्वक हेर्न मन पराउँछन् । हरियोसँग पहेँलो, कालो कुनै पनि कुरालाई विस्तारपूर्वक हेर्न मन पराउँछन् । हरियोसँगै अरु रङको मिश्रणले आशावादी विचार उत्पन्न गर्न सहयोग गर्छ ।
हल्का नीलो ः यदि तपाईंलाई मन पर्ने रङ हल्का नीलो हो भने तपाईं रचनात्मक, ग्रहणशील एवं भावुक प्रवृत्तिको हुनुहुन्छ । तपाईं जीवनप्रति काल्पनिक एवं व्यावहारिक दुवै दृष्टिकोण राख्नुहुन्छ । तपाईंको प्रयास विश्लेषणात्मक हुन्छ । यद्यपि कुनै पनि समस्या समाधानका लागि तपाईंले तथ्य कुराको आधार लिँदा राम्रो हुन्छ । तपाईं कुनै पनि कार्य समय मिलाएर बिनाहतार गर्न रुचाउनुहुन्छ । तपाईं सुरक्षित, शान्त एवं प्राकृतिक वातावरण बढी रुचाउनुहुन्छ ।
गाढा नीलो ः यदि गाढा नीलो रङ मन पराउनुहुन्छ भने तपाईं योग्य, आत्मनिर्भर एवं गहन विचारधारायुक्त हुनुहुन्छ । तपार्इं आत्मनिर्भर त हुनुहुन्छ नै साथै अरुको दायित्व पनि आफैँ उठाउनुहुन्छ र निर्णय लिनमा पनि रुचि राख्नुहुन्छ । तपाईं आपूm वरपर शान्त वातावरण चाहनुहुन्छ जहाँ भय, सहृदय एवं आत्मीयता होस् । हल्ला गर्ने व्यक्तिहरू तपाईंलाई मन पर्दैनन् । नीलो–हरियो मिश्रण तपाईंको स्वास्थ्यका लागि अनुकूल हुन्छ ।
बैगनी ः बैगनी रङ रुचाउनेहरू संवेदनशील एवं दयालु प्रवृत्तिका हुन्छन् । अतः मित्रता गाँस्ने बेला समान प्रकृतिका व्यक्ति नछान्नु नै राम्रो हुन्छ । यदि तपाईं खुसी रहन चाहनुहुन्छ भने तपाईंको आवश्यकता र महत्व हुने ठाउँमै काम गर्न उपयुक्त हुन्छ । मजेन्टा रङले तपाईंमा आत्मविश्वास बढाउने कार्य गर्छ ।
पर्पल ः यो रङ मन पराउने व्यक्ति अन्तरदृृष्टिमा, विचारवान् एवं ग्रहणशील हुन्छन् । कम महत्वको वस्तु वा कुराले तपाईंलाई प्रभावित गर्दैनन्, अतः तपाईं ती कुरालाई त्यति महत्व दिनुहुन्न । तपाईं धैर्यतापूर्वक सुन्ने बानी बढाउन सके राम्रो हुन्छ । आफ्नो व्यक्तिगत एवं आध्यात्मिक आवश्यकताप्रति संवेदनशील हुनु पनि आवश्यक छ । योग एवं ध्यान यस्ता व्यक्तिलाई बढी लाभदायक हुन्छ ।
सेतो ः यदि सेतो रङसित बढी लगाव छ भने तपाईं सकारात्मक, सन्तुलित एवं आशावादी हुनुहुन्छ । तपाईंलाई एकान्त मनपर्छ । तपाईं साधारण जीवनशैली अपनाउनुहुन्छ । यद्यपि आफ्नो पहिचान बनाउन तपाईं सफल हुनुहुन्छ । खुला विचार एवं स्पष्ट संवाद तपाईंका लागि हितकर छ ।
खैरो ः यो रङ मन पराउने व्यक्ति आत्मकेन्द्रित एवं स्वनियन्त्रण प्रवृत्तिका हुन्छन् । तनाव एवं अतिसार महसुस गर्न भएकाले यस्ता व्यक्ति निस्क्रिय रहने सम्भावना हुन्छ । यिनले आराम र विश्रामलाई प्राथमिकता दिनु राम्रो हुन्छ । निर्णायक हुने स्वभाव तथा आलोचनात्मक प्रवृत्ति यस्ता व्यक्तिमा हाबी हुन्छ ।
पींक ः यो रङप्रति लगाव हुनेहरू इमानदार एवं व्यावहारिक हुन्छन् । यिनीहरू भोजनका सौखिन हुनुका साथै भावुक स्वभावका पनि हुन्छन् । यो रङले व्यक्तिमा सुरक्षा एवं विश्वास सञ्चार गर्छ ।
कालो ः यदि कालो रङ मन पराउनुहुन्छ भने तपाईं दृढ इच्छा शक्तियुक्त विचारवान् एवं आत्मनिर्भर हुनुहुन्छ । यस्ता व्यक्तिको आत्मा नियन्त्रित रहन्छ । जिम्मेवार व्यक्तिमा हुनुपर्ने गुण तपाईंमा विद्यमान छ ।