टिकटकबाट एक वर्षमा तीन अर्ब आम्दानी !

२०८१ माघ १५ गते, मंगलवार

काठमाडौं । अमेरिकाको बिजनेस म्यागेजिन फोर्ब्सका अनुसार सन् २०२४ मा २० वर्षकी चार्ली डी अमेलियोले २३.५० मिलियन डलर (तीन अर्ब १६ करोड रूपैयाँ) कमाएका छन् । उनको टिकटकमा १५ करोड ७० लाख फलोअर छन् । उनी पहिलोपटक सन् २०२१ मा सबैभन्दा धेरै कमाउने टिकटक क्रिएटर बनेकी थिइन् । त्यसताका उनको उमेर १८ वर्षको थियो । उनी एक डान्सर हुन् । आफ्नो नृत्य कौशल संसारलाई देखाएर उनी पपुलर भएकी हुन् । उनले आफ्नी बहिनी डिक्सीसँग मिलेर ‘डी अमेलियो फुटवेयर’ नामक आफ्नो जुत्ता कम्पनी सुरु गरेकी छिन् ।
उनी २०२५ सम्ममा टिकटकमा दोस्रो सबैभन्दा धेरै फलोअर पाउने व्यक्ति पनि हुन् ।
यसैगरी, खाबी लेमले सन् २०२४ मा २० मिलियन डलर (दुई अर्ब ७५ करोड रूपैयाँ) कमाएका छन् । ​टिकटकमा १६ करोड २० लाखसहित सबैभन्दा बढी फलोअर रहेका खाबी लेम टिकटक क्रिएटर हुन् । उनी मिम्स र भाइरल कन्टेन्टलाई छोटो भिडिओमा प्रतिक्रिया दिन्छन् । ‘लाइफ ह्याक’ भिडिओहरूलाई कुनै शब्दको प्रयोग नगरी मजाक गर्नु उनको विशेषता हो । उनले आफ्नो प्रतिक्रियाबाट अर्बौँ रकम कमाइरहेका छन् । उनले ह्युगो बोस, फोर्टनाइट र सोनी पिक्चर्सजस्ता आकर्षक ब्रान्डसँग पनि सम्झौता गरेका छन् । लेम सन् २०२२ मा ‘फोर्ब्स’को ४० अन्डर ४० र ‘फोर्ब्स’को ३० अन्डर ३० सूचीमा समावेश भएका थिए ।
यसैगरी, डिक्सी डी अमेलियोले सन् २०२४ मा १४.६० मिलियन डलर (दुई अर्ब रूपैयाँ) कमाएकी छिन् । पाँच करोड ५० लाख फलोअर रहेकी टिकटक क्रिएटर डिक्सी डी अमेलियो सबैभन्दा धेरै कमाउने टिकटक क्रिएटरको सूचीमा परेकी छिन् । उनि २३ वर्षीया डिक्सी चार्लीकी दिदी हुन् । यी दिदी-बहिनीले एउटै समयमा टिकटकमा प्रसिद्धि कमाए । दिदी-बहिनी मिलेर सुरु गरेको ‘फुटवेयर’ बिजनेसबाहेक उनले विभिन्न ब्रान्डसँग सम्झौता पनि गरेकी छिन् । उनीसँग चोपर्ड, फेरागामो, लुई भितन, भ्यालेन्टिनो जस्ता ब्रान्डहरूसँग साझेदारी गरेकी छिन् । उनी एक गायिका पनि हुन् र उनको ‘बी हैप्पी’ बोलको गीतलाई स्पोटिफाईमा १० करोडभन्दा बढी पटक सुनिएका छन् । उनले आफ्नी बहिनीसँग “चार्ली भर्सेस डिक्सी” शीर्षकको स्नापच्याट शृङ्खला र हुलु रियालिटी-टिभी शृङ्खला, “द डी’अमेलियो शो” मा पनि अभिनय गर्छिन् ।
यसैगरी, नारा स्मिथले गत वर्ष टिकटकबाट ६.५ मिलियन डलर (८९ करोड ९४ लाख रूपैयाँ) कमाएको फोर्ब्स म्यागेजिनले जनाएको छ । ​नारा स्मिथले आफ्नो खाना पकाउने र जीवनशैलीका भिडिओहरू टिकटकमा राखेर एक करोड १० लाखभन्दा धेरै फलोअर कमाएकी छिन् । नारा खाना बनाउँदा सुपर ग्ल्यामरस लुगा लगाउनका लागि परिचित छिन् । उनी केल्भिन क्लेन, अलो र मार्क जेकब्स जस्ता स्टाइलिस ब्रान्ड पार्टनरहरूसँग पनि जोडिएकी छिन् ।
यसैगरी, जेक शेनले गत वर्ष ६ मिलियन डलर (८२ करोड ६० लाख रूपैयाँ) कमाएका छन् । ​३० लाख बढी फलोअर रहेका २५ वर्षीय जेक शेन पहिलोपटक २०२३ मा ऐतिहासिक घटनाहरू सुनाएर भाइरल भए । उनले ‘थेरापस’ भनिने पडकास्ट चलाएका छन् ।
यसैगरी, जोर्डन द स्टेलियनले गत वर्ष ४.५ मिलियन डलर (६१ करोड ९५ लाख रूपैयाँ) कमाएका छन्। उनले पहिलोपटक २०२० मा टिकटकमा चिपोट्ल, ट्याको बेल र म्याकडनल्डमा पाइने फास्ट-फुडका रेसिपीहरू शेयर गरेर भाइरल भएका थिए । हाल उनको टिकटकमा एक करोड ३० लाखभन्दा बढी फलोअर छन् । उनी प्रायः सोसल मिडियाको ट्रेन्डी विषयहरूको बारेमा आफ्ना विचारहरू पोस्ट गर्दछन् ।
यसैगरी, ड्र्यू अफुआलोले गत वर्ष मात्र टिकटकबाट २.१ मिलियन डलर (२० करोड ९१ लाख रूपैयाँ) कमाएकी छिन् ।​इन्टरनेट ट्रोल र अफवाहविरुद्ध जवाफ फर्काउँदै बनाएको टिकटक भिडिओका कारण चर्चा कमाएकी ड्र्यूका ८० लाख बढी फलोअर छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जहाँ ‘भाडामा परिवार’ पाइन्छ !

२०८१ माघ २६ गते, शनिबार

डायनासोरको खुट्टाको छाप भेटियो !

२०८१ माघ ४ गते, शुक्रबार

मनपर्ने रङ व्यक्तिको परिचय

२०८१ पुष १४ गते, आईतवार