आज मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आजबाट वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ । वर्षाका कारण आज कोशीका सहायक नदीहरु सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्नेछ । त्यस्तै नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढी केहीमा सतर्कता तह पार गर्नेछ । बाढीका कारण तटीय क्षेत्रमा क्षति पुग्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
