भारतको मिचाहा प्रवृत्ति – राजेन्द्र चिमौरिया

२०७० बैशाख २२ गते, आईतवार


मोरङ्ग जिल्लाको विराटनगर १७ मलाया रोडमा भारतले आफ्नो दूतावासको फिल्ड अफिस भन्दै अवैधानिक कार्यालय स्थापना गरेको छ । सन् २००८ मा कोसी नदीमा बाढी पीडितका सहयोगका लागि भनेर स्थापना गरेको कार्यालय अहिलेसम्म हटाइएको छैन । नेपाल सरकारले सन् २०११ नै उक्त कार्यालय हटाउन निर्देशन दिइसकेको थियो तर उक्त कार्यालय अहिलेसम्म हटाइसकेको नै । भारतीय दूतावासले नेपाल सरकारको निर्देशनलाई पूरै वेवास्ता गर्दै कार्यालयलाई विस्तार गरेर अधिकृतस्तरको कर्मचारी राखेको छ । यसले भारतीय दूतावासको मिचाहा प्रवृत्तिको उजागर गर्दछ । दूतावासले नेपाल सरकारको निर्देशनको अवज्ञा गरेपछि पछिल्लो पटक गत फागुणको दोस्रोसाता परराष्ट्र मन्त्रालयले दूतावासलार्य सो कार्यालाय हटाउन पत्र लेखेको थियो । अझै पनि भारतीय दूतावासले सो कार्यालय हटाउने संकेत देखाएको छैन । नेपाली भूमिमा अवैधानिक रुपमा कार्यादलय खोलेर भारतीय झण्डा फहराइनु राष्ट्र, राष्ट्रियता र अझ नेपाली जनतामाथि धावा बोलेसरह हो । भारतीय यस्ता ज्यादति विरुद्ध नेकपा-माओवादीले राष्ट्रिय स्वाधिनताको आन्दोलनको उद्घोष गरिसकेको छ । आम स्वाभिमानी नेपाली जनताले भारतको यस्तो ठाडो हस्तक्षेप विरुद्ध अब नेकपा-माओवादीको काँधमा काँध मिलाई आन्दोलनमा उत्रनुको विकल्प छैन । भारतले अब के बुझनुपर्छ भने आजका २१ औं शताब्दीका नेपाली जनता अब भारतको दासत्व स्वीकार गर्ने पक्षमा छैनन् । नेपाली जनता आफ्नो राष्ट्रियता र राष्ट्रिय स्वाधिनता स्वार्थ जस्तोसुकै मूल्य चुकाउन तयार छन् । त्यसैले अब भारतले नेपाल राष्ट्र र नेपाली जनताको अपमान हुने काम तुरुन्त बन्द गर्नुपर्छ नेपालको राष्ट्रिय स्वाधिनताको उच्च मूल्याङ्कन गर्दै भारतले तत्काल यस्ता अवैधानिक कार्यालय र कार्यहरु बन्द गर्नुपर्छ । जसबाट नेपाल र भारत दुबैको हित हुन्छ र भविष्यमा पनि सुमधुर सम्बन्ध कायम रहिरन्छ । अन्यथा नेपाली जनता आफ्नो स्वाभिमानको लागि जस्तोसुकै बलिदानी दन तयार हुन्छन जुन भारतको लागि समेत घातक हुनसक्छ । चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु