व्यावसायिक मेवा खेती र यसको पौष्टिक तथा औषधीय महत्व

२०८२ कार्तिक २४ गते, आईतवार

पृष्ठभूमि

 मेवा नेपाली संस्कृति तथा धार्मिक कार्यक्रमहरूमा अत्याधिक प्रयोग हुने फल हो । मेवा उष्ण तथा उपोष्ण हावापानी भएका स्थानहरूका कृषक र मेवा पारखीहरूले रोप्न रुचाउने फल हो । भू–मध्य रेखा वरिपरिको गर्मी र उच्च आद्रदा भएका मुलुकहरूमा मेवाका बोटहरु प्राकृतिक रूपमा पाइन्छन् वा बृहत रूपमा रोपिन्छन् । मध्य अमेरिका, अफ्रिका, हिन्द–प्रशान्त क्षेत्र, भारत हुँदै करिब पाँच सय वर्ष पहिले नेपाल भित्राइएको हो । मेवा किरा धपाउने तथा कीटनाशक विषादीको निम्ति प्रख्यात बहू उपयोगी वनस्पति हो । यो नौ देखि बाह्र महिनाको छोटो समयमा फल उत्पादन हुने फल हो । नेपालमा समथर तराई देखि तुसारो नपर्ने मध्य पहाड सम्ममा रोपिँदै आएको भएता पनि हालका केही दशक देखि नविन प्रविधि प्रयोग गरेर पहाडी क्षेत्रका उपत्यकाहरूमा सफलताका साथ रोपिने गरिँदैछ । पहिले घरायसी र सांस्कृतिक प्रयोजनका निम्ति रोपिने वा फल खाएर फालिएका बीयाबाट प्राकृतिक रूपमा जतासुकै उम्रने र फल्ने भएपनि हाल तराईका केही जिल्लाहरूमा मेवाको व्यवसायिक रूपमा खेती गर्न शुरू गरिएको छ । नेपालमा मेवाको आन्तरिक उत्पादनमा क्रमशः वृद्धि भएपनि माग र आपूर्ति बीचको खाडल पुरा गर्न भारतबाट मेवा फल आयात गर्ने क्रम पनि जारी छ । हाल व्यवसायीक उत्पादनको निम्ति भारत, चीन, थाइलेण्ड र श्रीलङकाबाट उच्च उत्पादन दिने मेवाका जातका बीउहरू आयात गर्ने परिपाटी बढ्दैछ ।

 मेवाको खेती विस्तार मेवालाई मध्य वा दक्षिण अमेरिकाबाट बाहिरी अन्य मुलुकमा फैलाउने कार्यको श्रेय स्पेनीहरुलाई जान्छ । सन १५२१ मा हिस्पानियोला टापु (हालको हैती र सान्तो डोमिंगो) मा पु¥याइएको थियो । त्यो समय, यो फलको नाम अबाबाई भनिन्थियो । पछि क्रमशः पपाइया, पपिया, पप्या, र अन्तमा पपाया भन्न थालियो । यो टापुबाट, अन्य टापुहरूमा फैलियो । जमैका, क्युबा, भेनेजुएला, ब्राजिल र अर्जेन्टिना सम्म फैलियो । सन् १५२६ मा अमेरिका बाहिर इन्डोनेशिया पु¥याइयो जहाँको उष्ण कटिबंधीय क्षेत्रमा व्यावसायिक रूपमा खेती शुरु गरियो । त्यसपछि यूरोपियन उपनिवेशिक शक्तिहरू जस्तै पोर्तुगल, डेनमार्क, ग्रेट ब्रिटेन र फ्रान्सद्वारा यो द्रुत गतिमा अन्य एशियाली मुलुकहरू र अन्तमा अफ्रिकामा फैलाईयो ।

लगभग ४ सय वर्ष पहिला भारत हुँदै मेवाको प्रवेश नेपालमा भएको अनुमान गरिएको छ । हाल नेपालको तराईदेखि माटो छैन तर, पनि यसलाई दक्षिण मेक्सिको र मध्यअमेरिकी क्षेत्रको रैथाने बाली मानिन्छ । दक्षिण एसियामा भने मेवाको प्रवेश १६ औं शताब्दिको अन्त्यतिर दक्षिण पूर्वी एसियाबाट भएको मानिन्छ । यसरी मध्यअमेरिकाबाट सुरु भएको मेवाको खेती क्रमश विस्तार भएर संसारका प्रायः जसो सबै देशमा धेरै १ . मेवा खेतीका लागि पि.एच.६ देखि ७ सम्म भएको पानी नजम्ने, गहिरो र प्रशस्त प्राङ्गारिक पदार्थ भएको दोमट माटो सबभन्दा राम्रो हुन्छ । यदि कम पि.एच. भएको अम्लीय माटो छ भने कृषि चुनको प्रयोग १००० मिटरसम्म उचाइ भएको स्थानमा मुख्यतः घरायसी प्रयोजनका लागि करेसाबारीमा मेवा लगाइने गरिएको छ । नेपालको बजारमा मेवाको माग निरन्तर रुपमा बढि रहेको हुँदा दुई दशक यता नवलपरासी, चितवनलगायतका केही जिल्लाका केही भागहरुमा कृषकहरुले व्यवसायीक रुपमा मेवा खेती सुरु गरेका छन् । हाल ८० प्रतिशत मेवा भारतबाट आयात गरिएको पाइन्छ । नेपाली उत्पादनले २० प्रतिशत मात्र आपूर्ती गरेको छ । त्यसैले नेपालमा व्यवसायीक मेवा खेतीको राम्रो सम्भावना छ ।

 वनस्पतिक विवरण

मेवा क्यारिकासी ९ऋबचष्अबअभबभ० परिवार अन्तर्गतको एक वनस्पति हो । यसको वैज्ञानिक नाम क्यारिका पपाया हो । मेवाको बोटहरु निकै चाँडो बढ्छन् । रोपेको पहिलो वर्ष ३ मिटरसम्म र जीवनकालमा १० मिटरसम्म बढ्छन् । मेवाको आयु १० १२ वर्ष हुन्छ । सोझो वा ठाडो वृद्धि हुने मेवाको बोटमा साधारणतया हाँगाबिँगा हुँदैनन तर, बोट वृद्धि हुने मुना वा टुप्पोमा चोटपटक लागेमा त्यस स्थानमा हाँगा पलाउँछन् । मेवाको डाँठको भित्री भाग खोक्रो हुन्छ र बाहिरी सतह हल्का हरियो रङको हुन्छ । मेवाका पातहरु ५–६ महिनामा झर्छन् । मेवाको बोटका सबै भागमा सेतो चोप हुन्छ । मेवाका भाले, पोथी र उभयलिङ्गी गरी तिन प्रकारका पूmल हुन्छन् । पोथी पूmलहरु ठूला र भेट्नो छोटो भएका हुन्छन् । भाले पूmलहरु साना हुन्छन् । यिनीहरु करिब ५०–६० सेन्टिमिटर लामो डाँठमा झुप्पामा फुल्छन् । उभयलिङ्गी पूmलहरु भाले भन्दा ठूला र पोथी पूmलभन्दा साना हुन्छन् । मेवाका फल गोलो वा लाम्चो गोलाकार हुन्छन् । फलको आकार जात र बोटको स्वास्थ्य अनुसार ८ से.मी. देखि ५० से.मी.सम्म लामो हुन्छ । मेवाका बोटमा स्त्रीलिङ्ग स्थायी किसिमको हुन्छ । यसमा वातावरणको प्रभाव पर्दैन तर भाले र उभयलिङ्गी बोटमा वातावरणको प्रभाव पर्दछ । कम तापक्रम, दिन र रातको तापक्रममा धेरै फरक, माटोमा बढी चिस्यान र नाइट्रोजन भएको अवस्थामा भालेबोटमा पनि केही पोथी फुलहरु निस्कन जान्छन् । त्यसैगरी धेरै गर्मी, सुख्खा अवस्था र माटोमा कम नाइट्रोजन भएको अवस्थामा उभयलिङ्गी बोटमा पनि भाले फुलहरु निस्कन्छन् ।

 उत्पत्ति र खेती विस्तार

मेवाको उत्पत्ति भएको स्थान यही हो भनेर अझसम्म पनि भन्न सकिएको थोरै मात्रामा हुने गररेको छ ।

विश्वमा मेवा उत्पादन विश्व खाद्य संगठनको तथ्याङ्क अनुसार सन् २००८ मा संसारभर ४ लाख ११ हजार हेक्टर जमिनमा मेवा खेती गरिएको थियो । जसबाट सरदर २४.६ मे.ट..प्रति हेक्टरको दरले १ करोड मे.ट. भन्दा बढी फल उत्पादन भएको थियो । सन् २००९ (२०६६–६७) मा नेपालमा करिब २ हजार २ सय हेक्टर जमीनबाट ३१ हजार मे.ट. मेवाको फल उत्पादन भएको सरकारी तथ्याङ्क छ । नेपालमा मेवाको उत्पादन १४ मे.ट. प्रति हेक्टर छ ।

पौष्टिक तथा औषधिय महत्व

मेवा एउटा बहुउपयोगी बाली हो । मेवाको फलबाट जाम, जेली, क्यान्डी, सुकुटी र विभिन्न प्रकारका पेय पदार्थ बनाउन सकिन्छ । मेवामा प्रचुर मात्रामा विभिन्न किसिमका भिटामिन र अन्य पौष्टिक तत्व पाइन्छ । पाकेको मेवाको फल जन्डिस रोगको निदानका लागि उपयोगी हुन्छ । यसको नियमित सेवनले आँखाको दृष्टि शक्ति बढाउन सहयोग गर्दछ । मेवाको काँचो फलमा पाइने सेतो चोपमा प्यापेन नामको इन्जाइम हुन्छ जसलाई विभिन्न किसिमका सौन्दर्य सामग्री, दन्तमन्जन र साबुनमा मिसाइन्छ ।

 हावापानी

१ . मेवा उष्ण प्रदेशीय गर्मी हावापानी भएको रुचाउने बाली हो । यदि लामो समयसम्म १५ डिग्री सेन्टीग्रेड भन्दा तलको तापक्रम रहेमा जरा, बोट र फलको वृद्धि राम्ररी हुन सक्दैन । कम तापक्रम भएमा जरा, बोट र फलको वृद्धिका साथै फलको स्वाद र गुलियोपनाको विकास कम हुन्छ । मेवाको बोटले तुसारो पटक्कै सहन सक्दैन ।

 २. फुल फुल्ने समयमा धेरै तापक्रम भएमा परागसेचन कम भई उत्पादन घट्दछ । तापक्रम ३२ डिग्री सेन्टिग्रेट भन्दा बढी भएमा पूmल झर्ने समस्या देखापर्दछ ।

३. तापक्रम –०.६ डि.से. भन्दा तल र ४४ डि.से. भन्दा माथि भएमा बोटको वृद्धि पूर्णरुपमा रोकिन्छ र बोट मर्दछ ।

 ४. चिसो हावापानी, सुख्खा र असिञ्चित स्थान, धेरै हुरीबतास चल्ने स्थान र ओसिलो स्थान मेवाको व्यवसायीक खेतीका लागि उपयुक्त हुँदैनन् ।

५. फल पाक्ने समयमा सुख्खा मौसम भएमा गुलियोपना बढ्दछ । मेवा खेतीको लागि सबभन्दा उपयुक्त तापक्रम २१ देखि ३२ डिग्री गर्नु पर्दछ ।

६ . कम प्राङ्गारिक पदार्थ भएको चिम्टाइलो माटो मेवाको लागि राम्रो मानिँदैन । फेदमा एक दिनभन्दा बढी समय पानी जमेमा मेवाका बोट मर्दछन् । त्यसैले पानी जम्ने स्थान मेवा खेतीका लागि उपयुक्त हुँदैनन् । सुख्खा समयमा मेवालाई प्रशस्त पानीको आवश्यक पर्ने भएकोले व्यवसायीक खेतीका लागि सिंचाई सुविधा हुनु पर्दछ ।

जात

नेपालमा मुख्यतः घरायसी प्रयोजनका लागि कोठेबारीमा मेवाका केही बोट लगाउने गरिन्छ । कृषकहरु कोठेबारीमा आफैँंले छनौट गरेका स्थानीय जात लगाउँछन् । तर, केही वर्ष यता चितवन, नवलपरासी, धादिङलगायतका केही जिल्लामा व्यवसायीक रुपमा पनि मेवाको खेती सुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले नेपालका लागि रेड लेडी, फार्म सिलेक्सन –१ र पुसा ड्वार्फ नामका मेवाका जातहरु सिफारिस गरिएका छन् ।

 बिरुवा उत्पादन

मेवाको प्रसारण बीउबाट गरिन्छ । व्यवसायिक रुपमा मेवाको खेती गर्न सिफारिस गरिएका मेवाका जातको बीउ भरपर्दो स्रोतबाट प्राप्त गर्नु पर्दछ । बीउलाई २–३ पटक बालुवा मिलाएर धोइपखाली बीउको बाहिरी भागमा भएको पातलो झिल्ली पदार्थ हटाउनु पर्दछ । त्यसपछि बीउलाई १–२ दिन छायाँमा सुकाएर नर्सरीमा रोप्न सकिन्छ । मेवाका बिरुवा नर्सरी व्याड वा प्लास्टिक थैलामा उत्पादन गर्न सकिन्छ । जरा कुहिने रोगबाट बचाउन रोप्नुभन्दा अगाडि बीउलाई ०.१ प्रतिशतको व्याभिस्टिन वा थिराम विषदीको घोलमा उपचार गर्नुपर्दछ ।

नर्सरी ब्याडमा बिरुवा उत्पादन गर्ने तरिका

नर्सरी बनाउने स्थान पानी नजम्ने तर सिंचाईको सुविधा भएको हुनुपर्दछ ।

– नर्सरीको लागि १ मिटर चौडाई, आवश्यकता अनुसारको लम्बाई र १० से.मी.उचाईको ब्याड बनाउने ।

– नर्सरी ब्याडमा राम्ररी कुहेको गोबर मल हालेर कुटोले खनेर माटोमा मिलाउने ।– कुहिने रोगबाट बिरुवालाई जोगाउन नर्सरी ब्याडलाई ५ प्रतिशतको फर्मालिनले भिजाएर प्लास्टिकले छोप्ने ।

– २०–२५ दिन पछि प्लाष्टिक हटाई कुटोले खनेर माटो बुर्बरो बनाउने ।

– लाइनदेखि लाइन र बीउदेखि बीउको दुरी १० से.मी हुने गरी १ से.मी गहिराईमा बीउ रोपेर पराल वा पातपतिङ्गरले ब्याडलाई छोपी हजारीले पानी दिने ।

– समय समयमा ब्याडको चिस्यान निरीक्षण गरी आवश्यकता अनुसार सिंचाई दिने ।

– एक रोपनी जमीनको लागि २०–२५ ग्राम आवश्यकता पर्दछ ।

 प्लाष्टिक थैलामा बिरुवा उत्पादन गर्ने तरिका

– प्वाल बनाइएका २० से.मी उचाइ र १५ से.मी.चौडाइका प्लाष्टिकका थैलाको व्यवस्था गर्ने ।– माटोमा, राम्ररी कुहेको गोबर मल र बालुवा बराबर मिलाएर थैला भरेर थिच्ने ।

– प्रत्येक थैलामा ४–५ ओटा बीउ रोप्ने र नियमित रुपमा हजारीले पानी दिने ।

– बीउ उम्रपछि ३ ओटा बिरुवा राखेर अरु हटाउने ।

– यदि नर्सरीमा बिरुवा ओइलाउने रोग देखिएमा १ प्रतिशत बोर्डे मिक्चर वा ०.२ प्रतिशत कपर अक्सिक्लोराइड छर्ने

– दुई महिनापछि करिव २५ से.मी. अग्ला बिरुवा सार्न योग्य उपयुक्त हुन्छन् । नर्सरी ब्याडमा भन्दा प्लास्टिक थैलामा बिरुवा उत्पादन गर्नु उपयुक्त हुन्छ ।

जग्गाको तयारी र बिरुवा रोपाई

 १ . जमीनलाई एक पटक राम्ररी जोतेर झारपात हटाउने र पानीको निकासको व्यवस्था मिलाउने ।

२. बिरुवा रोप्ने दुरी जात अनुसार फरक पर्दछ । नेपालमा सिफारिस गरिएका जातहरुलाई १.९ह१.९ मिटरको दुरीमा लगाउँदा सबभन्दा राम्रो उत्पादन हुन्छ ।

 ३. २ फिट लम्बाई, चौडाई र उचाईका खाल्डा खन्ने । खाल्डा खन्दा निस्केको माथिल्लो सतहको मलिलो माटो एकापट्टि र तलको रुखो माटो अर्कापट्टि राख्ने ।

 ४. खाल्डा खन्दा निस्केको मलिलो माटोले खाल्डाको तल्लो भाग पुर्ने । त्यसपछि करिब १५ किलोग्राम कुहेको गोबरमललाई माटोमा मिलाएर खाल्डाको माथिल्लो भाग पुरेर राम्ररी थिच्ने । जमीनको सतह भन्दा करिव आधा फिट अग्लो हुने गरी खाल्डो पुर्ने खाल्डो पुरेको कम्तीमा एक महिनापछि मात्र बिरुवा रोप्ने । बिरुवा खाल्डोको बीचमा रोप्नु पर्दछ ।

५. मेवाका बिरुवा असार, असोज वा फगुन महिनामा रोप्न सकिन्छ । जरा नचुँडिने गरी नर्सरीमा तयार गरिएका बिरुवालाई उखेलेर एउटा खाल्डामा ३ ओटा बिरुवाका दरले रोप्नु पर्दछ । प्लाष्टिक थैलामा तयार गरेका बिरुवालाई प्लाष्टिक हटाई माटो सहित रोप्नु पर्दछ । बिरुवा रोप्ने स्थानमा एक हप्ता पहिला करिव दुई के.जी. राम्ररी कुहेको गोबर मल र ५० ग्राम डिएपि मल माटोमा मिलाएर त्यसपछि बिरुवा रोप्नुपर्छ । बिरुवा रोपेपछि माटोलाई राम्ररी थिच्नुपर्छ र सिंचाई गर्नुपर्छ ।

मल, सिंचाई र बगैंचाको हेरचाह

 १ . मेवालाई रसायनिक र प्रङ्गारिक दुवै स्रोतबाट मल दिनुपर्छ ।

 २. रासायनिक मलको स्रोतबाट प्रत्येक वर्ष एउटा मेवाको बोटलाई २५० ग्राम नाइट्रोजन, २५० ग्राम फोस्फरस र ४०० ग्राम पोटास दिनु पर्छ । यी रासायनीय मल एकै पटक नदिई वर्षमा ३ पटक बराबर भागमा बाँडेर दिनुपर्छ । पहिलो पटक बिरुवा सारेको ४ महिनापछि र त्यपिछि हरेक ४–४ महिनामा रासायनिक मल दिनुपर्छ । यस अलावा बोरोन, म्याग्नेसियम र तामायुक्त सुक्ष्म तत्व पनि वर्षमा एक पटक दिनुपर्छ । सुख्खा याममा सिंचाई गरेर माटोमा प्रशस्त  िचस्यान भएको अवस्थामा रासायनिक मलको प्रयोग गर्नुपर्दछ ।

 ३. माघको अन्त्यदेखि फागुनको पहिलो हप्तासम्म राम्ररी कुहेको गोबर मल एक बोटमा करिब १५ किलोग्रामका दरले दिनुपर्छ । गोबर मलको प्रयोगपछि सिँचाई गर्नुपर्छ ।

४. राम्रो उत्पादनको लागि मंसिरदेखि जेठसम्मको सुख्खा मौसममा महिनाको एक पटक मेवाको बगै ँचामा सिंचाई गर्नुपर्छ ।

५. फुल नफुलुन्जेल मेवाका बोटको लिङ्ग छुट्याउन सकिदैंन । तसर्थ फुल फुल्न थालेपछि अनावश्यक भाले बोट हटाउनु पर्छ । भाले पोथी बोट छुट्टाछुट्टै हुने जातमा हरेक १० पोथी बोट बराबर एक भाले बोट राखेर अन्य भाले बोट हटाउनुपर्छ । सुरुमा एउटा खाल्डामा दुई तीनओटा बिरुवा रोपिएका हुन्छन् । त्यसैले पूmल पूmलेपछि एउटा खाल्डामा एउटा पोथी बोट मात्र राखी अरु हटाउनु पर्छ । यसअघि भनिए अनुसार मेवामा उभयलिङ्गी र पोथी बोट छुट्टाछुट्टै हुने जात पनि हुन्छन् । यदि यस प्रकारको जातको खेती गरिएको छ भने पूmल फुल्न थालेपछि एउटा खाल्डोमा एउटा बोट राखी अरु हटाउनु पर्छ । यसरी बोट हटाउँदा सकेसम्म पोथी बोट हटाई उभयलिङ्गी बोटलाई राख्नु पर्दछ । पोथी फुलबाट निस्केको फलभन्दा उभयलिङ्गी पूmलबाट निस्केको फल लाम्चा र आकर्षक हुने भएकोले उभयलिङ्गी बोट राख्नु उपयुक्त हुन्छ ।

रोग व्यवस्थापन

 १. बेर्ना कुहिने ९म्बmउष्लन याा०स् विशेष गरी वर्षाको समयमा वायुमण्डलमा आद्रता बढी भएमा, नर्सरीमा पानी जमेमा वा माटोमा चिस्यान अत्याधिक भएमा र तापक्रम २५ डि.से. भन्दा बढी भएमा यो रोग चाँडो फैलन्छ । व्यवस्थापनका उपायहरु– नर्सरीको माटोलाई २ प्रतिशतको फर्मालिनले उपचार गर्ने । बीउलाई ब्लाइटक्स–२ ग्राम प्रति केजी बीउका दरले) उपचार गर्ने । नर्सरी ब्याडलाई १ प्रतिशत बोडोमिक्चरले उपचार गर्ने । सिंचाई कम गर्ने ।

२. फेद कुहिने ९ऋयिियच च्यतत० स् यो रोग लागेका बोटको फेद जमीनको सतह र सो भन्दा केही माथिसम्म सुन्निए जस्तो हुन्छ । र क्रमशः बोक्रा कुहिन्छ । वर्षा याममा यसको प्रकोप बढ्छ । यस रोगको नियन्त्रणको लागि १ प्रतिशतको बोर्डो मिक्चर घोलले बोटको फेदको वरिपरी उपचार गर्ने र फेदमा बोर्डाे पेन्ट लगाउनु पर्छ । धेरै सङ्क्रमित बोटहरु छ भने उखेलेर नष्ट गर्नुपर्छ ।

 ३. खराने रोग ९उयधमभचथ mष्मिभध० स् सुरुमा पातको तल्लो सतहमा साना–साना पहेँला फलमा रङका थोप्ला देखापर्दछन् । रोग बढ्दै जाँदा यी थोप्लाको वरिपरी सेतो ढुसी देखापर्दछ । रोगको लक्षण पात, डाँठ र फलाम पनि देखिन्छ । यस रोगको नियन्त्रणका लागि सल्फेक्स वा इन्सफ जस्ता सल्फरयुक्त विषदि २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्नु पर्दछ ।

 ४. गोलो थोप्ले रोग ९एबउबथब चष्लन कउयत० स् रोगी बोटका डाँठ, पात र फलमा गोलागोला औँठी जस्ता धब्बा देखापर्दछन् । रोगको नियन्त्रणका लागि नुभान १ एम.एल. प्रति लिटर पानी वा मालाथियान २ एम.एल. प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने ।

 ५. जराको जुका ९ल्झबतयमभक० जुका लागेमा जरामा गाँठाहरु देखापर्दछन् । पात पहेँलो हुन्छ र मर्दछ । यस रोगको नियन्त्रणका लागि निमको पिना ५० ग्राम प्रति बोटका दरले बोटको फेदको माटोमा प्रयोग गर्नुपर्दछ ।

कीरा व्यवस्थापन

 १. रातो सुलसुले ९च्भम क्उष्मभच mष्तभ० स् यो कीराले पात र फलबाट रस चुसेर नोक्सान पु¥याउँछ । सुलसुले नियन्त्रणका लागि केल्थान २ मिलिलिटर प्रति लिटर पानीमा वा सल्फर २ मिलिग्राम प्रति लिटर पानीमा मिसाएर छर्नुपर्छ ।

 २. फलको औंसा ९ँचगष्त ँथि० स् औँसाले फलको गुदी खाएर नोक्सान गर्दछन् । फलहरु कुहिएर पाक्नु भन्दा अगाडि नै झर्दछन् । यो कीराको नियन्त्रणका लागि फल टिपेर गहिरो खाल्डोमा गाड्नु पर्छ वा तातो पानीमा उमालेर औ ंसालाई मार्नु पर्दछ । वयस्क भिँगा मार्न नुभान वा मालाथिएन २ मिलिग्राम र करिब १० ग्राम चिनी प्रति लिटर पानीमा मिलाएर हरेक १५ १५ दिनको फरकमा छर्नुपर्छ ।

३. मिलिबग यो कीरा लागेको बोटका पात साना र गज्याङ्गुजुङ् परेको हुन्छन् । कलिला पात पहेँलिएर झर्ने गर्दछन् । यो कीरा नियन्त्रणका लागि मालाथियन २ मिलिलिटर प्रति लिटर पानीमा मिलाएर छर्नुपर्दछ ।

४. लाही कीरा लाहीले कलिला पात र पूmलबाट रस चुस्दछ । मुख्य रुपमा लाहीले भाइरसबाट हुने गोलो थोप्ले रोग र पपाया मोज्याक भाइरसलाई सार्ने काम गर्छ । लाही कीरा नियन्त्रण गर्न नुभान वा मालाथिएन २ मिलिग्राम प्रति लिटर पानीमा मिलाएर छर्ने ।

फल टिपाई र भण्डारण

बोक्राको रङ गाढा हरियोबाट हल्का हरियोमा परिणत भई फलको टुप्पो पहेँलो हुन थालेपछि फल टिप्न लायक हुन्छन् । मेवाको फल हातले बटारेर वा चक्कुले काटेर टिपी भेट्नेलाई फेदैबाट हटाउनु पर्छ । फल टिपिसके पछि ग्रेडिङ गर्नुपर्छ । ग्रेडिङ गर्दा फलको साइज, स्वरुप र पाकेको अवस्थाका आधारमा छुट्याउनु पर्छ । साइजको आधारमा फललाई २६० देखि ३६० ग्रामसम्मलाई सानो ३६० देखि ५०० ग्रामसम्मलाई मध्यम र ५०० देखि १००० ग्रामसम्मलाई ठूलो ग्रेडको मानिन्छ । फललाई साधारण कोठामा २५ देखि २८ डिग्री सेन्टिग्रेड तापक्रममा एक हप्तासम्म र १० देखि १२ डिग्री सेन्टिग्रेड तापक्रम र ८५ देखि ९५ प्रतिशत आद्रता भएको कोल्डस्टोरेजमा तीन हप्तासम्म भण्डारण गर्न सकिन्छ । फल टिपिसकेपछि बजार वा भण्डारणमा पठाउनु अगाडि प्याकिङ गर्नुपर्छ । प्याकिङ गर्दा हरेक फललाई पुरानो पत्रिका वा अन्य कागजले बेरेर क्रेट टोकरी वा डोकोमा साईज अनुसार हार मिलाएर राख्नुपर्छ । उत्पादन सिफारिस प्रविधिबाट एक वर्षमा प्रति कठ्ठा जमीनमा ४५ हजारसम्म आम्दानी गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]