नेपालको कम्युनिष्ट आन्दोलनमा एकता र विभाजनको चक्र

२०८२ मंसिर १० गते, मंगलवार

योद्धा सी

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास निकै लामो उतार–चढावपूर्ण र विभाजन–एकताको चक्रले भरिएको छ । यस लेखमा यसको संक्षिप्त तर विस्तृत ऐतिहासिक विवेचना प्रस्तुत गर्ने कोसिस गरिएको छ । नेपालको कम्युनिष्ट आन्दोलन पाँच दशकभन्दा बढीको इतिहासमा बारम्बार एकता र विभाजनमा दोहोरिने विशेषताले चिनिन्छ । यो चक्र किन उदाउँदै गइरहेको छ भन्ने बुझ्न केही प्रमुख कारणहरू हेर्नुपर्दछ ।

 विचार र संगठनगत मतभेद

नेपालमा २००६ सालमा नेकपा नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो । तर सुरुका वर्षमै मार्ग, रणनीति र नेतृत्व शैलीसम्बन्धी मतभेदले गर्दा पार्टीभित्र विभाजन देखा पर्न थाल्यो । मुख्य कारणहरू ः सशस्त्र संघर्ष कि संसदीय मार्ग सोभियत कि चिनियाँ लाइनको प्रभाव मा स्थानीय नेताबीचको शक्ति संघर्ष २०४०–२०५० को दशकमा भूमिगत र खुला राजनीतिबीचको तानातान, पञ्चायतकालमा केही कम्युनिष्ट धारा भूमिगत रहँदा केही खुलेर संसदीय संघर्षमा सक्रिय भए । यसले माक्र्सवादी–लेनिनवादी जस्ता धारा छुट्टिए । त्यहीबीचमा २०४७–४८ सालतिर भने एकीकृत एमाले (ग्ःी) गठन हुँदै एकताका पनि प्रयास भए ।

एकताको कारणःबहुविद्यार्थी र श्रमिक संगठनहरूको संयुक्त प्रभाव

पञ्चायतको पतनपछि नयाँ राजनीतिक अवसर जनस्तरमा प्रगतिशील विकल्पको चाहना र माओवादीको जनयुद्ध २०५२–२०६२ साल पछि फेरि विभाजन र नयाँ एकता हरु सुरु भए । माओवादीले २०५२ सालदेखि जनयुद्ध सुरु ग¥यो । एमाले बाहिर नयाँ धाराबन्यो । यसको उठानले कम्युनिष्ट आन्दोलनभित्र पुनः दुई मुख्य ध्रूव सिर्जना ग¥यो । जनयुद्धपछि २०६२–६३ को परिवर्तनमाःपछि माओवादी आधारित वाम धारा सबैले गणतन्त्र स्थापनामा साझा भूमिका खेले र शान्ति प्रक्रियामा एउटै दिशातिर उन्मुख हुँदा अस्थायी प्रकारको एकता–धारणा विकास भयो । २०५६ देखि २० ६९ सम्म माओवादी भित्र फेरि बहस सुरु भयो । प्रचण्डमा वैचारिक राजनैतिक सैद्धन्तिक रूपमा विचलन आए पछि विभाजन भयो । प्रचण्डमा वैचारिक विचलन को पुष्टि २०७४ को नेकपा एमाले र एमाओवादी बीचको एकताले ग¥यो र २०७४ को प्रदेश र संघीय निर्वाचनअघि माओवादी केन्द्र मिलेर वाम गठबन्धन बनाए । २०७५ मा दुई पार्टी पूर्ण एकीकृत भएर नेकपा बन्यो । यो नेपाली कम्युनिष्ट इतिहासकै सबैभन्दा ठूलो एकता थियो । त्यो एकता स्थिर सरकार बनाउने लक्ष्य वैचारिक निकटता जस्तै “जनताको बहुदलीय जनवाद २१औँ शताब्दीको जनवाद” मा विकेन्द्रित थियो र पछि २०७७–२०७८ः पुनः विभाजन भयो बाम एकताको टिकाउपन लामो रहन सकेन ।

मुख्य विभाजनका कारण ः शीर्ष नेताबीच शक्ति केन्द्र नियन्त्रणको संघर्ष पार्टी संरचना र भूमिकामा असहमति वैचारिक होइन, व्यवहारिक–संगठनात्मक टकराव बढी हावी हुन् पुग्यो । नेकपा दुई भागमा एमाले र माओवादी केन्द्र बनेर फेरि छुट्टिए । माधव नेपालको समूह छुट्टिएर नेकपा (एस) बन्यो ।

 बारम्बार एकता–विभाजन

नेतृत्वप्रति अत्यधिक निर्भरता र संस्थागत कमजोरीले वैचारिक भन्दा व्यवहारिक टकराव बढेको पाइन्छ । वाम आन्दोलनमा वैचारिक समानता धेरै छ, तर संगठनात्मक शक्ति–सन्तुलन मिलाउन कठिन देखिन्छ ।

अन्तर्राष्ट्रिय प्रभाव

पहिले सोभियत–चीन, पछि भारत–चीनको कूटनीति, आन्तरिक राजनीतिक संयोजन, व्यक्तिगत महत्वाकांक्षा र शक्तिको ढाँचा कसरी बाँड्ने भन्ने विषयमा विभाजन हुन् पुग्यो । नेपालको कम्युनिष्ट आन्दोलनमा एकता र विभाजनको चक्र मूलतः वैचारिकभन्दा अधिक नेतृत्व र शक्ति–राजनीतिमा आधारित विभाजन हुन् पुगेको देखिन्छ ।

यद्यपि प्रत्येक विभाजनपछि पनि कुनै न कुनै रूपमा फेरि एकता वा सहकार्य गर्ने प्रवृत्ति रहने हुँदा वाम राजनीतिमा एकता र विभाजनका चक्रहरू कम्युनिष्ट आन्दोलन आन्दोलनभित्र ७५ वर्ष पार गरेर ७६ वर्षले पनि यही गति बेहोर्नु परेको छ । त्यसैले । गर्दा एकताको बारेमा हामी इमान्दार कम्युनिष्टहरूले एकचोटि गम्भीर भएर सोच्नु पर्ने स्थिति आएको छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ कम्युनिष्ट केन्द्र बनाउने नीति विधि सिद्धान्त र नेतृत्वको बारेमा बहस गरेर एउटा नयाँ उचाइमा उठाएर नेपालको विकेन्द्रित कम्युनिष्ट आन्दोलनलाई सही दिशातिर डो¥याउने वातावरण बनाउनु पर्ने भएको छ । त्यो भनेको माक्र्सवाद लेलिनबाद माओवादको मार्ग निर्देशक सिद्धान्तलाई नेपालको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिको वैचारिक हतियार बनाएर एकताको बहस गर्नु पर्ने भएको छ । होइन भने कम्युनिष्टको नाउँमा केही दलाल पूँजीवादी विचार भएका मान्छेहरूले सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्टहरुलाई भरम पार्ने र नेपालको कम्युनिष्ट आन्दोलनलाई सिध्याउने देखिन्छ । यसबाट कम्युनिष्ट आन्दोलनलाई सही दिशातिर ल्याउन इमान्दार क्रान्तिकारीहरूको दायित्व हुन जान्छ । यो विषयमा नयाँ तरिकाले कम्युनिष्ट आन्दोलनलाई केन्द्रित गर्नुपर्ने भएको छ । होइन भने नेपालको कम्युनिष्ट आन्दोलन निकै ठूलो अप्ठ्यारोको बीचबाट गुज्रिनु पर्ने देखिन्छ किनभने नेपालको कम्युनिष्ट आन्दोलन धेरै विभाजन थोरै एकता को बीचबाट आज ७७ वर्ष पार गरेर ७८ वर्ष तिर जाँदैछ । यो ७८ वर्षमा हामी इमान्दार क्रान्तिकारीहरु वर्गप्रति निष्ठा देशप्रति र जनताप्रति उत्तरदायी समाजवादप्रति लगनशील आफ्नै वर्गको राज्यसत्ता भएको कम्युनिष्ट समाजवादी राज्य व्यवस्था सहितको नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नु आजको आवश्यकता देखिन्छ । नत्र भने पूँजीवादी दलाल संसदीय व्यवस्था भित्रका केही पात्रहरूले नेपालको कम्युनिष्ट आन्दोलनलाई पूँजीवादी दलाल संसदीय व्यवस्थाभित्र लिएर सिध्याउने खतरा छ । यो बाट क्रान्तिलाई बचाउन हामी इमान्दार कम्युनिष्टहरू एक ठाउँमा आउन जरुरी देखिन्छ । यो भित्रमात्र एकता छ, बल छ, नैतिकता छ । अरुबाट समाजवादको त कुरै छोडौँ । लोकतन्त्रको पनि रक्षा सम्भव छैन । यो कुरा जेन–जी विद्रोहबाट प्रमाणित भइसक्यो । त्यसैले गर्दा आजको नयाँ कम्युनिष्ट केन्द्र निर्माण हुन जरुरी छ ।

नेपालको विकेन्द्रित कम्युनिष्ट आन्दोलनलाई केन्द्रित बनाउने र जनताको राज्य सत्ता निर्माण गर्ने नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्य पूरा गर्ने माक्र्सवादी लेलिन वादी माओवादी धारालाई व्यावहारिक रुपमा पुष्टि गर्दै नेपालमा जनताको जनवादी गणतन्त्र र जनवादी राज्य सत्ता निर्माण गर्दै आत्मनिर्भर अर्थतन्त्र आत्मनिर्भर उत्पादन आत्मनिर्भर युवा आत्मनिर्भर देश हो भन्ने कुरा प्रमाणित गर्न एकीकृत जनक्रान्तिको कार्यदिशालाई नयाँ उचाइमा उठाउँदै नेपालको विकेन्द्रीत् कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्न नयाँ कम्युनिष्ट केन्द्र निर्माण आजको आवश्यकता हो । यो कुरा सम्पूर्ण इमान्दार क्रान्तिकारी देशभक्त लोकतन्त्रवादी वामपन्थी राष्ट्रप्रेमी हरुको बीचमा बहस अन्तरक्रिया गोलमेच सभा गरेर एउटा अन्तक्रियागर्न आवश्यक छ । यसमा बुद्धिजीवी, नागरिक समाज, सुरक्षाकर्मी, सम्पूर्ण राजनीतिक दल, जेन–जी विद्रोहमा सहभागी जेन–जीका लिडरसिपलगायत किसान, मजदुर, महिला, जनजाति, पिछडिएको वर्ग, क्षेत्र सम्पूर्ण नेपाली नागरिकको एक उच्चस्तरीय गोलमेज सभा गरेर अहिले नेपालमा आएको राष्ट्रको संकटलाई समाधान गर्न सर्वपक्षीय सर्वदलीय संयुक्तरूपमा अन्तरक्रिया गरेर राष्ट्रिय सहमति निर्माण र संविधान पुनरलेखन । राज्यको पुनर संरचना, भ्रष्टाचारमुक्त सुशासनसहितको कार्यकारी राज्य संरचनाको निर्माणसहित आगामी कम्युनिष्टहरूको सत्तासहित एकताको बहस चाहिन्छ । यसले मात्र विकेन्द्री कम्युनिष्ट आन्दोलनलाइ नयाँ केन्द्र निर्माण गरेर आगामी नेपाली जनताको राज्य सत्ता सहीतको नेतृत्व दिन सक्ने देखिन्छ । एकता आवस्यकताले मात्र हुने हो, नेपालको विकेन्द्रित कम्युनिष्ट आन्दोलनलाई मिलन बिन्दुको सही निष्कर्षसहित नेपालको कम्युनिष्ट आन्दोलनले एउटा नयाँ ऐतिहासिक २१ औं शताब्दीको समाजवादी क्रान्तिमा केन्द्रित गर्नेछ । नेपालमा नेपाली विशेषताको समाजवाद, समाजवादी राज्य व्यवस्था, समाजवादी सत्ता, समाजवादी जनवादी गणतन्त्र सहित कम्युनिष्ट आन्दोलन एक ठाउँमा केन्द्रित हुनेछ र सम्पूर्णरूपले नेपालको विकेन्द्रित कम्युनिष्ट आन्दोलन एक ठाउँमा केन्द्रित रुपमा त्याउने छ । विकेन्द्रित कम्युनिष्ट आन्दोलन केन्द्रित भएर साम्राज्यवाद, पूँजीवाद र पूँजीवादी दलाल संसदीय व्यवस्थाका विरुद्ध नेपाली विशेषताको समाजवादी राज्य व्यवस्थासहित अगाडि बढ्नेछ । यस्तो एकताले मात्र नेपालको विकेन्द्रित कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नेछ । यो बहसलाई नटुङ्ग्याइकन गरिने एकता सीमित व्यक्ति केन्द्रित र आफ्नो स्वार्थ केन्द्रित भन्दा माथि जान सक्दैनन् भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासले पुष्टि गरेको छ । किनभने २००७ सालदेखि आजसम्म नेपालको कम्युनिष्ट आन्दोलन धेरै विभाजनका चक्रहरुले घेरेको इतिहास छ । तर एकता थोरै भएको देखिन्छ, योबाट पाठ सिक्दै आज नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ केन्द्र निर्माण गर्दै अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ । त्यो भनेको माक्र्सवाद लेलिनबाद माओवादको मार्ग निर्देशक सिद्धान्त नेपाली क्रान्तिको ऐतिहासिक कोसेढुङ्गा सावित गर्दै नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नु जरुरी छ ।

तर हिजो आज नेपालका कम्युनिष्ट पार्टी र दलहरूमा एकताका हल्लाहरु निकै चलेका छन् । ती एकता के को लागि हो कहाँ जाने हो ? के गर्ने हो ? भन्ने कुरा नटुङ्ग्याइकन गरिने एकता भनेका त्यति गतिला होइनन् र देखिँदैनन् पनि । एकता राम्रो कुरा हो तर एकता गर्दा सैद्धान्तिक वैचारिक राजनैतिक कुरा नटुङ्ग्याइकन गरिने एकता सारमा अवसरवादी सत्ता र व्यक्तिमा केन्द्रित हुने एकता हुन्छन् । यो कुरा नेपालको कम्युनिष्ट आन्दोलनहरूमा समस्याको रूपमा आएको छ । नेपालको कम्युनिष्ट स्थापनादेखि माक्र्सवाद, लेलिनबाद, माओबाद नेपालको कम्युनिष्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त हुनेछ भनेर टुङ्ग्याएको विषय हो । तर अहिले फेरि माक्सवाद लेलिनवाद मात्र भनेर एकता गर्नु भनेको सारमा पूँजीवादी दलाल संसदीय व्यवस्था तिर फर्किनु हो भन्ने कुरा प्रमाणित हुन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु