सत्ताको खेलका कारण राजनीतिक अस्थीरता !
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले सत्ताको खेलले राजनीति अस्थीरता निम्तिएको र त्यसैको उपज स्वरुप जेनजी आन्दोलन भएको बताएका छन्। आईतवार कालिकोटको रुप्सामा भएको चुनावी सभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन्।
प्रवक्ता प्रकाण्ड सीले राज्य चलाउनेहरु सत्ताको खेलमामात्र लागेकाले राजनीति अस्थीरता भएको र त्यसैको उपज स्वरुप जेनजी आन्दोलन भएको बताए । उनले राज्यकोे ढुकुटीले कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा पुगेको चर्चा गर्दै दुई चार जना मान्छे खरवपति हुने व्यवस्था र आर्थिक प्रणाली भएकोले देश र जनताले यो संकट भोग्नु परेको बताए ।
उनले यहि २१ गते हुने चुनाव सामान्य नभएको तर्क गर्दै जेनजी आन्दोलन पछिको नयाँ परिस्थितिको चुनाव भएकाले रुप्सावासी जनताको जिम्मेवारी पनि धेरै ठुलो भएको बताए । उनले भने- ‘फागुन २१ गतेको चुनावमा सामान्य जिम्मेवारी छैन, ठुलो जिम्मेवारी छ, विशेष भूमिका सहित जिम्मेवारी वहन गर्नु हुनेछ । हाम्रो जनताको सीमित अधिकारको रक्षा र वाँकी अधिकारको लागि ठुलो अस्त्रको काम गर्नेछ । सहिद परिवार, घाईते, वेपत्ता योद्धा, सबैमा विशेष धन्यवाद छ । विगतको ५। ५ वर्षको निरन्तरताको चुनाव होईन । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा यो चुनाव हुदैछ । त्यो बुझेनौ भने राजनीतिक भूल हुनेछ।’
प्रवक्ता प्रकाण्ड सीले रुप्सा दर्जनौ छोरा छोरीले रगत बगाएको ऐतिहासिक ठाउँ भएको चर्चा गर्दै कालिकोटबाट ५सय जतिको रगत बगेपछि मात्र सामान्ती सासन ढल्ने अस्त्र भएको बताउदै भने- ‘यो गाउँ सामान्य गाउँ होईन । महान र ऐतिहासिक गाउँ हो । देश र जनतालाई अप्ठ्यारो पर्दा काँध थाप्ने जनता हो। श्रमजीवी जताको पक्षमा खडा हुने जनता हो साम्राज्यवाद विरुद्ध खडा हुने जनता हो ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जनयुद्धको मर्म विरुद्ध सासन सत्ता चलाउनेहरु सत्ताको खेलमा जाँदा जेनजी आन्दोलन भएको बताउदै भने-
‘जनयुद्ध स्वाधीनताको लागि थियो, यो मुद्धाको सम्वोधन गर्ने तिर गएन । विदेशी हस्तक्षेप निम्त्याए । आफ्नो कुर्सीको लागि विदेशीसंग सौदावाजी गरे । देशको सार्वभौमिकताको रक्षा भएन । एमसीसी अमेरिकी योजना आयो । ’
प्रवक्ता प्रकण्ड सीले जनताको रोजगारी र आवश्यकताताप्रति सरकार गैरजिम्मेवार भएको ठोकुवा गर्दै भने- ‘विगतमा राज्य चलाउने शासकहरु गम्भीर भएनन । सहिदको सपना तिर ध्यान गएन । घाईते वेपत्ताको अवस्था बुझेनन, वेपत्ताको अवस्था सार्वजनिक छैन।’
