जेष्ठ नागरिक बिचार संश्लेषित अभिभावक

२०८२ पुष २४ गते, बिहीबार

झपेन्द्ररज बैद्य

२०७८ पौष १२ गतेदेखि पौष १२ गतेलाई जेष्ठ नागरिक दिवस मनाउने प्रचलन आएको हो । उखान पनि छ आगोताप्नु मूढाको, कुरा सुन्नू बूढाको । २०५८ साल देखि नै जेष्ठ नागरिकको हक अधिकार संरक्षण, सम्वद्र्धनको लागि प्रौढ कल्याण संघ, राष्ट्रिय जेष्ठ नागरिक संघ संस्था र जेष्ठ नागरिक महासंघ निर्माण हुदै आएको छ । जेष्ठ नागरिकमा हुने अल्जाइमर, एक्लोपनको निराशा, चिन्ता आदि नकारात्मक कुरा हटाउन र उत्प्रेरणा जागृत गर्न जेष्ठ नागरिक ल्कबको निर्माण भएको देखिन्छ । सब भन्दा ठूलो कुरा त जेष्ठ नागरिकहरुले अनुभूति गरेको ज्ञानको भण्डार युवाहरुमा रुपान्तरण गर्न जेष्ठ नागरिकको संरक्षण प्रवद्र्धन आवश्यक छ । राष्ट्रकबि माधवप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा काठमाण्डौको एक भाटभटेनीमा जेष्ठ नागरिकको एक भव्य र सभ्य भेला भएको हो । यो भेलामा करिव ४५० जना सहभागी थिए । निराशा, कुण्ठा र नैरास्यतालाई विजय गरी आत्म बलका साथ जीवन यापन गर्ने उद्देश्य लिएको यो ऐतिहासिक भेला हो । जेष्ठ नागरिकको जीवन चारैतिरबाट घेरिएको हुन्छ । उ कमजोर र जीर्ण भएको हुँदा उसले छोरा नाति नातिनीको चाहना पूरा गर्न सक्दैन । जे–जे गर्ने हो उसले उमेरमा गरिसक्यो । अब बाँकी जीवन पूर्व कृति विकृतिहरुको संस्मरण गर्ने हो । सुख दुःखको अनुभूत गर्ने हो । जीवन बदल्ने शिक्षा दिने हो । बसेर पनि उसले कहानीको रुपमा बिचार आदान–प्रदान गर्न सक्छ ।

राम्रो परिवारमा उसले अशल मान्छे बन्ने शिक्षा दिन्छ । तर, बृद्धलाई अपमान गर्ने, उसको कठिनाइ नबुझने परिवारमा उसले दुःख कष्ठ पाउँछ । भोक लागेको बेला खान पाउँदैन । बृद्धलाई निन्द्राकम हुन्छ । यसमा पनि चिन्ता थपियो भने उसले चाँडै मर्न पाए हुने थियो भन्ने गलत सोंचाइ लिन्छ । परिणाम स्वरुप बृद्ध बृद्धाहरु आत्म हत्या जस्तो निन्दनीय काममा अग्रसर हुन्छन् । बृद्धहरुले क्रान्तिलाई पनि सहयोग गरिरहेका हुन्छन् । यिनीहरु थोत्रा भइसके केही काम छैन भनेर चिउरिको रस चुसेर छोक्टा फाले जस्ता होइनन् । उँखुको रस आँउदासम्म चुस्यो अनि फाल्यो यस्तो होइनन् बृद्ध बृद्धा । हरेक पालिकामा बृद्धहरुको सम्मान गर्ने कार्यक्रम राखेर उनीहरुलाई हौशला दिनसक्नुपर्छ । अन्तर्राष्ट्रिय मानव अधिकार घोषणा २०४८ मा पनि बृद्धहरुको महत्व देखाइएको छ । हिजोका युवा आजका बृद्धा हुन् । धेरै जसो संघ संस्थामा बृद्धहरुलाई सल्लाहकार बनाइएको हुन्छ ।

एउटा उदाहरणीय तथा प्रशंसनीय काम नेकपा माओवादीले देखाएको छ । यसले विगतमा बृद्धहरुलाई वार्षिक सहयोग दिएको सुन्दर भूमिका छ । अहिले बजेटको अभावले निरन्तरता हुन सकेको छैन । आत्म निर्भरताको लागि कृषि उत्पादनमा जोड दिएको छ तर, भाँजो हाल्न खोज्छ सरकार । आलूका गेडालाई बम संझेर प्रहरी परिचालन हुन्छन् । बिदेशीको इशारामा बनेको सरकारलाई तु छोड्न नेकपा माओवादीले अल्टिमेटम दिएको जगजाहेर छ ।

प्रत्येक नगरपालिकामा बृद्धा आश्रम हुनुपर्छ । अनुभव साटसाट गरेर समय बिताउँन सक्छन् बृद्धाहरु । बृद्ध बाउलाई पालन पोषण नगरी डोकामा बोकेर एउटा जंगल नेर छोडेर घर फर्कदा बाबुले डोका लगेर जाऊ छोरा यो डोका पछि तिमीलाई फाल्न कामलाग्छ भन्दै ब्यंग्य गर्छ बाउ ।

प्रत्येक नगर पालिकामा कम्तिमा ३ दिनमा एक पटक बृद्धहरुको स्वाथ्य जाँच गर्नु पर्छ । ७५ वर्ष काटेका बृद्ध बृद्धाहरुको पेन्सीन घर–घर आएर दिन सरकारले व्यवस्था मिलाउनुपर्छ । पेन्सन बृद्धको हातमा हुनुपर्छ जसबाट उसले आफ्नो पेन्सीन आवश्यकतानुसार खर्च गर्न सकोस् । पेन्सीन नलिएर उपादानमा अवकास पाएको छ भने उपादानलाई बचत खातामा राखिदिनुपर्छ । बृद्ध बृद्धाहरुलाई मन्दिर, ऐतिहासिक, ठाउँ निकुञ्ज, बिहार आदि महत्वपूर्ण ठाउँहरुमा घुमफिर गराउनुपर्छ । उसलाई आँखा जचाउन लगाई पावरदार चश्मा किनिदिनु पर्छ । पत्र पत्रिका किनेर दिनुपर्छ । बाचनालय जानसक्नेलाई बाचनालय लगेर जानुपर्छ । यो समय दिए खाने नदिए चित्त बुझाउने समय हो । त्यसैले छोरा बुहारीहरुले समयमा खाजा र खाना दिनुपर्छ । बूढा बूढीलाई रेखदेख गर्न केही गाह्रो भइहाल्छ । तर, यसलाई गंभीर र जिम्मेबारीको रुपमा लिनुपर्छ । आपूm पनि यस्तै हुने हो भनेर सम्झनुपर्छ । यस पंक्तिकारले देखेको भोगेको एउटा राष्ट्रिय जेष्ठ नागरिक संस्था छ जहाँ शारदा चन्दको ठूलो भूमिका रहेको छ । बासुदेब पण्डित यसका कर्मठ सहकर्मी तथा अन्य सक्रिय सदस्यहरु छन् । शारदा चन्दबाट बृद्धाश्रम राम्रोसँग अद्याबधि चलिरहेको छ । उनको सरल शौम्य ब्यबहारले यसको संख्यामा सम्वृद्धि भइरहेको अवस्था छ । स्मरण रहोस् क्षत्र प्रधान यसका संस्थापक अध्यक्ष हुन् । अब प्रत्येक नागरिक बृद्ध बृद्धाको सेवक हुनुपर्छ । बृद्ध बृद्धाले सके जति सामाजिक सेवा गर्ने हो । बृद्ध भएर पनि कुर्सीको लोभ लालशा गर्ने होइन । युवा तथा जेन–जीहरुलाई नेतृत्वमा ल्याउनु पर्छ ।

खासगरी समाजवादमा बृद्ध बृद्धाहरुको राम्रो व्यवस्थापन हुन्छ जहाँ सबैका लागि काम अनुसार माम हुन्छ । साम्यवादमा आवश्यकता अनुसार माम हुन्छ । त्यहाँ निशुल्क शिक्षा तथा स्वास्थ्य हुन्छ । निजीकरण हँुदैन । सबै काम सरकारबाट हुन्छ । एउटा रोचक कुरा प्रतिक्रियावादीहरुले कम्युष्टि सरकारमा बुढालाई गोलीले उडाई दिन्छ भन्थे । त्यसो हाईन बरु पूँजीबादमा भन्दा बढी कम्युनिष्ट शासनमा बृद्ध बृद्धाहरुलाई बढी सुविधा दिएर पालन पोषण हुन्छ । समाजवादमा नै मृत्युदर घट्दै जान्छ । औषत आयु बढी हुन्छ । चीनमा एक वा दुई बच्चा बस् भन्ने देशमा अहिले धेरै बच्चाहरु जन्माउने आमा बाबुलाई पुरस्कार दिन थालेको छ । नेपालमा पनि धेरै बच्चा जन्माउन भनिएको सुनिन्छ । तर, बच्चामात्र धेरै जन्माएर हँुदैन । तिनीहरुलाई रोजगारी दिन सक्नुपर्छ । यसमा सरकार मौन ।

मनमोहनको पालाबाट जेष्ठ नागरिकलाई मासिक चार हजार सुरक्षा भत्ताको रुपमा बृद्धा भत्ता दिइएको छ । यसले पनि आम्दमनी नहुने ब्यक्तिलाई केही राहत भएको छ । महंगी अनुसार भत्तामा केही बृद्धि गर्नु पर्छ । बृद्ध बृद्धाहरु समाजका अनुभवी विज्ञ हुन् । समाजका सर्जक हुन । बृद्धहरुले रचना तयार पारेमा सरकारले प्रकाशन गरिदिनुपर्छ । बृद्ध बृद्धाहरुको निधन भएमा स–सम्मान दाहसंस्कार गरिदिनुपर्छ । तर, अनावश्यक काजकिरियामा खर्च गर्नु हुँदैन । दान गरेर मृतकले पाउने होइनन् । परम्परा अनुसार चल्दै आएको कुरा दिमागमा छाप बसेको हुन्छ । त्यसैले १३ दिन किरिया बस्ने कुरामा ७ दिन किरिया बसे पुग्छ । यो एउटा प्रचलन हो । पहिले १३ वर्ष किरिया गर्ने ठाउँमा आजकल १३ दिन भएको छ । यसलाई छोटाउदै लगेर ७ दिनमा लग्नुपर्छ । हाम्रो समाजमा जिउँदो छदा नहेनर््े मरे पछि सामजलाई देखाउन तडक भडक गर्ने प्रवृत्ती छ । आजका बालक भोलि युवा हुन्छन् भने पछि बृद्ध हुन पुग्छन् । यो एउटा चक्र हो । यो पनि देश काल परिस्थिति अनुसार हुन्छ । अन्धविश्वस र अन्ध परम्परालाई क्रमशः हटाउँदै लग्नुपर्छ ।

प्रतिक्रियाहरु

[anycomment]