पाषाण युगको सत्य र अमेरिकी साम्राज्यबादको आजको प्रबृत्ति
अमेरिकी राष्ट्रपतिले ईरानमाथि इज्रायलसँग मिलेर गएको २८ फेब्रुअरीका दिन हमला गरेको पाँच हप्ता बित्न लागेको छ । त्यो हमला गरेको भोली पल्टै ईरानका सर्बोच्च नेता आयातुल्ला अली खोमेनई लगायतका उच्च अधिकारीलाई मारेपछि ईरान गलिहाल्छ भन्ने सोचेर उनले गरेको हमला यसरी महिना दिन बितिसक्दा ईरानले दृढ प्रतिरोध गरे पछि र उनले राखेको तथाकथित झूटो बार्ता प्रस्ताबलाई पनि बेवास्ता गरे पछि उनले ईरानलाई ढुंगे युगमा पुर्याएर छोड्ने घोषणा गरे । ईरानले अमेरिका र इज्रायललाई आच्छु आच्छु पारेर दृढताकासाथ लडेपछि उनले केही नलागेर त्यस्तो धम्की दिएका हुन् । तर के भने पाषाण युगमा पुग्ने कुरा त ट्रम्पले स्वयं गरिरहेका छन् । त्यो युगमा मानिसहरुसँग टाढा टाढासम्म मार हान्ने मिसाईल, अत्याधुनिक सञ्चार प्रणाली, चिकित्सा बिज्ञानमा आधुनिक आबिष्कार र त्यो भन्दा पनि अगाडि बढेर आणबिक परमाणबिक हतियार बनाउन सकिन्थ्यो र ? यो प्रश्न किन भने ट्रम्पले ईरानलाई पछिल्लो समय नयाँ धम्की दिदै भनिदिएक कि ‘आउँदा दुइ तीन हप्तामा अमेरिकाले ईरानलाई पाषाण युगमा फिर्ता पठाइदिने छ, जहाँ ईरान वास्तवमा छ’ ? धेरैजसोलाई थाहै छ कि डोनाल्ड ट्रम्प योभन्दा पहिला ईरानका मानिसहरुलाई अत्यन्तै खतरनाक भन्ने कल्की भिराउदै ईरान जस्ता देशलाई पूर्णरुपले पछार्नु पर्दछ भन्ने कुरा गर्दैरहन्थे । ईरानसँग परमाणु हतियार छ र त्यसले गर्दा अमेरिका समेत पूरै बिश्वलाई ठूलो खतरा छ भन्ने उनले भाष्य बनाएका थिए । त्यसै कुरालाई बहाना बनाएर नै अमेरिका र इज्रायलले २९ फेब्रुअरीका दिन ईरानमाथि भिषण हमला गरेर ईरानका सर्बोच्च नेता आयातोल्ला अली खोमेनाईको हत्या गरेका थिए ।
हामीले पुरानो पाषाणकालीन समाजलाई खोजबिन गर्यौ भने मानिस सभ्यताको सिढी चढ्ने कोशिश गर्दै गर्दा त्यतिबेलाको आरम्भिक कबिलाई समाजको जीवनमा यस्तै किसिमको ब्यवहार दुइ कबिलाका बीचमा गर्ने गरिन्थ्यो । आफ्नो बर्चश्व कायम गर्नका लागि अर्को कबिलाका मुखियालाई मारिन्थ्यो र त्यो मारिने पराजित कबिलामाथि बर्चश्व कायम गरिएको आदेशको घोषणा गरिन्थ्यो । त्योभन्दा पहिला त ढुंगे युग नै थियो जसको उल्लेख अहिले २१औं शताब्दीमा ट्रम्पले गर्दैछन् । त्यो पाषाण युग त ढुंगाको हतियार बनाउने मात्र सीप भएका मानिसको युग थियो । तिनै ढुंगाका हतियारका बलमा जंगली जनावरहरुसँग लड्ने र जित्ने गरिन्थ्यो रती जनावरभन्दा आफुलाई बलबान र श्रेष्ठ ठानिन्थ्यो । जनावरहरुसँग त तिनको दाह्रा र नंग्रा मात्र हुन्थे मानिसहरुमा हात खुट्टाका अतिरिक्त थप ढुंगाका हतियार पनि थपिए । वास्तवमा यही हतियार नै मानिस र जनावरको त्यस बेलाको भिन्नताको पहिचानको आधार पनि थियो । बाँकी प्रबृत्ति त झण्डै झण्डै एउटै किसिमको थियो । त्यो के भने आफ्नो अस्तित्वका लागि अरुलाई मार्ने । त्यो संघर्षको कुनै नियम कानुन थिएन शारिरीक शक्तिकै मात्र अर्थ हुन्थ्यो । कोही कमजोर छ कि बलियो छ, लडाई लड्न सक्छ कि सक्तैन, लडाईकै आवश्यकता छ कि छैन, हतियारले सुसज्जित छ कि निहत्था छ यस्ता कुराको कुनै अर्थ त्यतिबेला थिएन । त्यसैले यस्ता कुरामा नअल्मलिकन केवल आफ्नो फाइदाका निम्ति त्यतिबेला हमला हुने गर्दथ्यो लडाई चल्थ्यो ।
यो माथि उल्लिखित ढुंगे युगको प्रबत्तिलाई हेर्दा र केलाउाँ आज ईरान होइन अमेरिकाले पाषाण युगको प्रतिनिधित्व गरिरहेको देखिन्छ र डोनाल्ड ट्रम्प त्यस ढुंगे युगका कबिला मुखिया जस्तै जहाँ मन लाग्यो त्यहीं हमला गर्ने गरिहेका छन् । अहिले अमेरिका र इज्रायलले ईरानमाथि हमला गरेको पाँचौ हत्पा हप्ता सकिन लागेको छ । अहिलेसम्म ट्रम्प र नेतन्याहूलाई यसमा सफलता मिलेको छैन । यस्तो स्थितिमा जब ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने भनियो त्यतिबेला सबैले सोचे कि उनले युद्ध समाप्त गर्न खोजेका होलान् । सम्बोधन गर्ने कुराले त्यतिबेला ओरालो लागेको शेयर बजार पनि अलि सकारात्मक भएको अर्थ बिश्लेषहरुले औंल्याए । तर उनको सम्बोधनमा त यस अघि उनले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यममा भनिसकेकै कुराहरु मात्र दोहोरिए । त्यसले प्रष्ट पारिदियो कि ईरामाथि थोपरिएको युद्धका बारेमा अमेरिकासँग कुनै रणनीति नै छैन र अमेरिका पूरै इज्रायलको पकडमा यो युद्धमा होमिएको प्रतीत हुन्छ । यो युद्धले आजसम्ममै धेरै बर्बादी निम्त्याइसकेको छ । यो जारी रहनु भनेको अझ थप बिध्वंश मच्चाउनु मात्र ठहरिने छ । यो युद्धका कारण बिश्व भरीका देशहरुले मार खेप्नु परिरहेको छ र यो स्थिति अझ लम्बिने देखिदै आएको छ । अर्थ–सामाजिक चूनौतिहरु बिश्वभरी सर्बत्र बढेर गएका छन् । भाषणमा ट्रम्प अझै ईरानलाई ठूलो बर्बादी थोपर्ने दाबी गरिरहेका छन् र भन्दैछन् कि ईराको नौसेना(जलसेना) समाप्त भइसकेको छ भने बायु सेनामा पनि खण्डहरमा परिणत भइसकेको छ ।ईरानका अधिकांश नेता अब मारिईसकेका छन् । मिसाईल र ड्रोन सञ्चालन गर्ने ईरानको क्षमता पनि धेरै खस्किसकेको छ । ईरानका हतियार कारखाना रकेट सञ्चालन गर्ने लञ्चरहरु पनि टुक्रा टुक्रा भएर सकिएका छन् । जतिबेला ट्रम्प ईरानका स्थितिका बारेमा यी झूटा कुरा बताउँदै थिए त्यतिबेलै ईरानले इज्रायलमाथि कयौ प्रक्षेपास्त्र(मिसाईलहरु) हानिरहेको थियो । त्यसैले ईरानी सेनाका प्रबक्ताले भनेका पनि थिए कि अहिले अमेरिका हाम्रो ईरानका बारेमा पूरै तरह जानकार छैन ।
हुन त ट्रम्प बडो ठूलो स्वरमा अमेरिकाकै पूर्ब राष्ट्रपतिहरुको हस्सी उडाउन पनि बाँकी राखेनन् । उनले भने कि प्रथम बिश्व युद्धमा अमेरिकाको सहभागिता एक बर्ष सात महिना पाँच दिनसम्म चल्यो । दोश्रो बिश्व युद्धमा तीन बर्ष आठ महिना र पच्चिस दिनसम्म चल्यो । कोरियाई युद्ध तीन बर्ष, एक महिना दुइ दिन सम्म चल्यो । भियतनामा युद्ध उन्नाइस बर्ष, पाँच महिना उनन्तिस दिनसम्म चल्यो । इराक युद्ध आठ बर्ष, आठ महिना र अठ्ठाइ दिनसम्म चल्यो । हामीअघिल्लो साता) यस देश ईरानमा पाच सातादेखि छौं । ईरान समाप्त हुनै लागेको छ ।अब अमेरिकालाई कुनै खतरा छैन । अर्थात पहिला को अमेरिकाले लामो युद्धहरुमा भाग लियो जबकि ट्रम्प केवल करीब ६ सातादेखि लडाई लडिरहेको छन्, थप उनले के पनि भन्न भ्याए भने युद्ध अब केही ‘दुइ,तीन हप्ता’ चल्न सक्छ । यदि कुनै सम्झौता भएन भने अमेरिकाले ईरानको बिद्यूत परियोजनामा हमला गर्नेछ । शायद उनको धम्कीबाट ईरान पछि हट्ने छैन ।
यो ट्रम्पको सम्बोधनभन्दा पहिला नै ईरानको राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकी जनतालाई सम्बोधन गर्दै एउटा खुलापत्र लेखेर अपिल गरेका थिए कि ‘बनाइएको कथा’भन्दा माथि उठेर हेरौ र यो प्रश्न गरौं कि बर्तमान युद्धले बास्तवमा कसको हितमा सेवा पुर्याइरहेको छ । ईरानी राष्ट्रपतिले लेखेका छन् ‘अमेरिकी जनताको हितमध्येमा कुन कुराको हित वास्तवमा यस युद्धबाट पूरा भइरहेका छन् ? के निर्दोष बाल बच्चाहरुको नरसंहार, क्यान्सरको औषधी बनाउने कम्पनीहरुको बिध्वंश या कुनै देशलाई ‘पाषाण युग’ पठाइदिने डिंग हाक्नुले अमेरिकाको बिश्व प्रतिष्ठा लाई अझ नोक्सान पुर्याउनको साटो अन्य कुनै उदेश्य पूरा होला र ?’ उनले पत्रमा भनेका छन् – ‘ईरानका महत्वपूर्ण आधारभूत संरनाचाहरु जसमा ऊर्जा र औद्योगिक सुबिधाहरु पनि समावेश छन, तिनमाथिको हमला सिधै ईरानी मानिहरुलाई निशासन बनाएको ठहरिन आउँदछ ।यो कुरा युद्ध अपराधको नभएर अरु केही होइन । त्यसको परिणामस्वरुप ईरानको सीमाभन्दा पर पनि यो फैलिन पुगेको छ । यसले अस्थिरता पैदा गर्दछ । मानबीय तथा आर्थिक लागत बढ्छ र तनाबको चक्र जारी रहन्छ जसले बर्षौंसम्म जनतामा अलग्गबाद र आक्रोशको बिउ रोप्ने काम गर्दछ । यो शक्तिको प्रदर्शन होइन, त्यसको बिपरीत रणनीतिक भ्रम र स्थायी समाधानन हासिल गर्नमा असमर्थताको संकत हो’।
अर्कोतिर ईरानका सर्बोच्च नेता माज्तबा अली खामेनेईले गएको अघिल्लो बुधबार प्रकृति दिवसका दिन भनेका थिए कि ईरानी राष्ट्रले पूरै देशमा आशाको बिउ रोप्नेछ जसले गर्दा ‘भगवानको कृपाले’ तीमध्ये प्रत्येक आउँदा बर्षरुले भरिपूर्ण फल दिनसकुन् । सबै शहर र गाउँका मानिसहरु प्रकृति दिवसका दिनबाट शुरु गरेर बसन्त ऋतुको अन्त्यसम्ममा फलफूलका फलदार बोट बिरुवा रोप्नेछन् । यस्तो समयमा कि जतिबेला अमेरिकी–जायोनी शत्रुहरुले हाम्रा प्यारो मातृभूमिको प्राकृतिक पर्याबरण र पारिस्थितिकीको क्षेत्रमा पनि हमला गरेका छन्, बिकासको उदेश्यले गरिएको कुनै पनि प्रयास एकदमै आवशयक कार्य हुन्छ । त्यसैले अब बिशवले स्वयं नै तय गरोस् कि ‘पाषण युग’को मानसिकता ट्रम्पको हो कि ईरानीहरुको ।
आफ्नो भाषणमा ईरानलाई तहस नहस र बर्बाद पार्ने दाबी गर्दै ट्रम्पले भनेका थिए कि ईरानको नौसेना(जलसेना)नष्ट भइसकेको छ । बायु सेना खण्डहरमा परिणत भइसकेको छ । ईराका अधिकांश नेता मारिइसकेका छन् । मिलाईल र ड्रोन चलाउने ईरानीहरुको क्षमता पनि धेरै कम भइसकेको छ । अनि उनका हतियार कारखान र रकेट चलाउने लञ्चरहरु टुक्रा टुक्रा भइसको छन् । ट्रम्पले यस्तो भाषण गरिरहेकै बेला ईरानले भने इज्रायलमाथि कयौ मिसाईहरुले हमला गरिरहेको थियो ।ईरानी सेनाका प्रबक्ताल त्यतिबेला भनेका पनि थिए कि अमेरिकाले ईरानको बारेमा धेरै कुरा थाहा पाएकै छ्रैन । बिश्वको शक्तिशाली देश अमेरिका र उसको आशिर्बाद प्राप्त र एक मात्र सहयोगी इज्रायलले सम्पूर्ण शक्तिकासाथ ईरानमाथि हमला गर्दा ईरान गलेको छैन । लडिरहेको छ । बिश्व जनमत ईरानको पक्षमा बोलिरहेको छ । शक्तिको उन्मादले जित्छ कि न्यायले बिश्वले प्रतिक्षा गरिरहेको छ ।

