नब बर्षको स्वागत र बितेको बर्षको बिदाइ किन ?
हाम्रो बर्तमान बितेका बर्षका अनेक बोझहरुको भारी नयाँ बर्षले पनि बोकेर हिड्नु पर्ने बाध्यता बन्दै घस्रिरहेको छ । बिश्वमा अबाञ्छित युद्धका डरलाग्दा काला बादलहरु मडारिदैछन् । त्यसका बाछिटाहरुले हामीलाई पनि भेटिसकेको छ । हाम्रो अबस्थिति र आवश्यकताहरुका बीच उचित सन्तुलन मिलाउन नसक्ने र अबाञ्छित आत्म समर्पणको कारण हाम्रो स्थिति झन पछि झन नाजुक बन्दो छ । ऋणै ऋणमा डबेको परनिर्भर अर्थतन्त्र डामाडोल छ । राजनीतिमा शासक बर्ग फेर्ने उनीहरुले देश र जनतमाथि गर्ने खेलबाड हेर्नेभन्दा बाहेक अरु कुनै भरोसा गर्न सकिने स्थिति बने बनाइएको छैन । यी सब कुराले कति परसम्म पिर्ने हो कुनै यकिन छैन । देशको राजनीतिले देश र जनताको सेवा होइन तिनको दोहन गरेर हामी नेपालीहरुलाई निरन्तरजसो जिल्लाराम र खिन्न पारिहरेको छ । मानिसहरुमा यसप्रति ठूलो बितृष्णा र ब्यामोह छ ।तर यसबाट निस्कने बाटोको पनि खोजी हुँदो छ । हुनु नै पर्छ । सही र गलत बीचको संघर्ष वास्तवमा समयकै संघर्ष हो ।त्यसैले पनि समय बलवान छ भन्ने कथन परापूर्ब कालदेखिनै निरन्तर सुनिदै आएको पनि हो । यसै परिप्रेक्षमा नया बर्ष२०८३ शुरु हुदैछ । तर यो पनि बितेका …बर्ष नयाँ तर बोझ पुरानैÚ बाहेक अरु केही नहुने नठहरिने लक्षणहरुकै बीचबाट गुज्रिरहेको छ ।
हुन पनि बिगतले नै बर्तमानलाई दिशा निर्देश गर्दछ । यद्यपि पुराना समस्याहरुको बोझ बोकी बोकी नै किन नहोस यसको स्वागत गर्ने पनि आफ्ना आफ्नै प्रचलनहरु छन् । कतिपय मानिसले भन्छन् प्रत्येक पल उत्सवका रुपमा बाच्नु नै नब बर्षको स्वागत हो । यस बिचार अनुसार कुनै पनि उत्सवले मानिस भित्रको प्रसन्नतालाई प्रकट गरिदिन्छ । अनि नब बर्षोत्सवले पनि आ–आफ्नो धर्तीको सुगन्धसँग मानिसहरुलाई जोडिदिन्छ । वास्तवमा सत्यनिष्ठ मानिसको हृदय यति उदार हुन्छ कि Úबसुधैव कुटुम्बकमÚ-अर्थात् बिश्वलाई नै आफ्नो घर ठान्ने मान्यता)लाई आत्मसात गर्दै आफ्नो स्थानीय पात्रोकासाथसाथै बिश्व–पात्रोसँग हरेकले आफुलाई कुनै द्विबिधाबिना सम्वन्धित तुल्याउन र जोड्न पुग्दछन् । अनि बितेको बर्षको बिदाई र नब बर्षको पदचापको अमूर्तनताले एउटा यस्तो मौन सञ्जाल खडा गरिदिन्छ त्यसले मानिसको सोचको सिर्जनालाई अझ बढी पुष्पित पल्लबित तुल्याउन मद्दत गर्दछ । फलतः मानिसका स्वरहरु आत्मझंकृतिको यो समयको संरचनामै निर्माण हुन थाल्दछन् र यसरी नयाँ अनुभूति गराउँदछन् । यसैमा रमाएर नयाँको अनुभूति गर्ने परम्परा धान्ने गरिन्छ ।.
यद्यपि भन्नै पर्दा वास्तवमा बाहिरका सारा दृष्यहरु भित्रको अँध्यारोमा सूर्य समान जलिरहेका हुन्छन् । पटक पटक हामी बिगत समय या बर्षलाई सानो या सरल किसिमले बुझने गर्दछौं । तर पछिबाट थाहा हुन्छ कि त्यो हाम्रो अज्ञानता थियो । बितेको बर्षपनि आफ्नो अस्तित्वमा सम्पूर्ण नै थियो, सम्पूर्णनै हुन्छ र त्यसलाई त्यही समुच्चयमा नै बुझनु पर्दछ । नब बर्षएक किसिमको सुन्दर फूल मान्ने हो भने जसमा भबिष्यको बीज देख्न सकिन्छ । हाम्रो समय अनुहारको ज्योति, आँखाको आभा रेखाचित्रहरुको सरलताको प्रकाशलाई नब बर्षको द्वारमा देखिन्छ जतिबेला मनिसले त्यसलाई हेर्न चाहन्छ र सम्भावना पनि हुन्छ । समय सिढीको रेखाचित्र वास्तवमा सरलतामा जटीलताको अर्को नाम र रुप पनि हो । अगाडिको जटीलता या सश्लिष्टतालाई बुझनका लागि सम कालको गठनको परिप्रेक्षलाई बुझनुपर्ने हुन्छ । मानुषिक दीप्तिको तटबन्ध भएर समय या परम्पराको नदी नब बर्षका रुपमा अबिराम गतिले बगेर गइरहेको हुन्छ । बस, गोधुलीको सघन छाँयाबाट बढ्दै गएको अन्धकार तथा बितेको समयको गति पथलाई पहिचान गर्नु आवश्यक हुन्छ । त्यसैले, अवश्य पनि बिश्वका नयाँ शताब्दीका चूनौतिहरुको सामना गर्न सकिन्छ । किनभने मानिस प्रति प्रवाहमा पनि त्यही खडा भएर रहन सक्तछ पुनर्परीक्षण गर्न सक्तछ र भबिष्यको भाव भंङ्गीमालाई रुपाकार दिन सक्तछ । यो खडा रहने र हिड्ने बीचको द्वन्द हो । यो द्वन्द्व अबिरल चलिरहन्छ । अर्थात यो द्वन्द्वत्मक छ ।
नयाँ बर्ष मानिसको कला–स्मृतिलाई उत्कीर्ण गर्ने साधन पनि हो । जडता तोड्नु नै नया समयको अर्को नाम पनि हो । जसमा दमित, निष्प्रेषित, अत्याचारित, हाहाकार भरिएका आर्तनाद र बन्दी स्थितिलाई चूनौतिहरु दिनसक्ने शक्ति हुन्छ त्यो नै सही अर्थमा नब बर्ष हो । नबबर्षको ब्यक्तिनिष्ठ सामाजिकता भबिष्य हो – ब्यक्ति र देशको भबिष्य । समाज र बिश्वको भबिष्य । वास्तवमा आजको समयका यिनै तानाबानाबाट हाम्रो -मानिसको) जीवन निर्मित छ । एक एक क्षण महत्वपूर्ण छ । प्रत्येक क्षण हाम्रो गतिको क्षण होस्, स्थितिको क्षण होस् । यसैले हामी मानिसलाई समूहबाची बनाउँदछ । सबैसँग हामीलाई जोडिदिन्छ । आजको बिश्वको इतिहास सबै …हामीÚ बन्नका लागि हो । हुनु पर्दछ ।…बिश्वका मजदुर एक होऔंÚ भन्ने कुराको गुढार्थ भनौ या …बसुधैब कुटुम्बकम्Ú भनेर बिश्वलाई नै सबैको साझा र एउटै मान्ने असल परम्पराले एउटै कुरा दर्शाउँदछन् र निर्देशन पनि गर्दछन् कि सबै असमानताहरुको अन्त्य, समुन्नतिको साझा आधार खडा गर्ने निरन्तरको प्रयत्न यही नै जीवन समयको धारक भएर गतिमान हुने संघर्षमय प्रकृया हो ।
वास्तवमा यो निर्दिष्टीकासाथ प्रत्येक पल पल उत्सव जस्तै जीवन बाच्नु नै नब बर्षको स्वागत हो भन्ने गरिएको हो । हुन पनि उत्सव साँच्चै उत्सव हो भने त्यसले हामीलाई भित्रैदेखि प्रफुल्लित बनाउँदछ, जगाउँदछ । नब बर्षले पनि हामीलाई आफ्नो धरतीको सुगन्धसँग जोडिदिन्छ । हाम्रो हृदय यत्तिको उदार छ कि हामी आफ्नो पात्रोलाई बिश्वको पात्रोलाई जोड्छौ र बिश्वलाई हामी आफ्नो माटोसँग सम्वन्धन गर्दछौं । त्यसैले कोही पराई छैन किनकि हामी पृथ्वीलाई नै घर मान्दछौं । बितेको बर्षको बिदाई तथा नब बर्षको पदचापको अमूर्तनताले एउटा यस्तो शुनशान मौनता खडा गरिदिन्छ त्यसमा हाम्रो सोचका सिर्जनाहरु पुष्पित पल्लबित भएर उठ्छन् । त्यसले हाम्रो स्वरको आत्मालाई झंकृत तुल्याइदिन्छ ।
आजको बिश्वमा आएका सूचनाहरुको महाबाढीले निश्चय नै हामी कतै हराएका जस्तै भएका छौ । कथित खुल्लापनाको स्वागतमा कतिपय बेला वेभसाइटहरुको स्तरहीन भाषा, एक अर्काप्रति हिलो छ्यापाछ्याप, राजनीति . जन समुदायका अन्य बर्गको तुलनामा महाबलिष्ठ अथवा तानाशाही बन्दै जानु,सञ्चार माध्यहरु प्रायः कला, साहित्यरहीत बन्दै जानु, बिपन्नप्रति पनि असहाय र ऐकांकिक स्थिति आदि हाम्रो समकालीन कुरा बन्दै गइरहेको प्रतीत हुन्छ । आडम्बरी-मुखुण्डो)को बढदो महत्वले मानिसलाई दोहोर जीवन जिउन प्रेरित गरिरहेको देखिन्छ । यसले ब्यक्ति स्वयमलाई बिभाजित गरिदिएको छ । यसमा दृष्टि हराउँदछ र त्यहाँ सपना, जीवन, बेदना, मृत्यु सबै पराई हुन थाल्दछन् । अर्थात् समय पनि कपुर उडेजस्तै चिप्लिन्छ गत–बिगत र आगत बर्षका रुपमा ।
बिश्वमा आज पनि समाजका अत्यधिक ठूला समुदायका मानिसहरुको तल्लो बर्गका बिभिन्न तप्काहरुमा ठूलो बिषादको छाया परेको छ । जसले असीम दुःख, निस्तरंगा सागर जस्तै जसले कति गहिरो, कति अँध्यारो, कति पर्वत गुफा अदिलाई आफ्नो पेटमा समेटेको हुन्छ। बाहिर त केवल समयको स्वप्न–आभाष मात्र देखिने गर्दछ । त्यसैले नब बर्षमा आफुलाई ल्याउनु र उभ्याउनु मर्म, आशा, भरोसा तथा सही प्रकाश दिनु पनि हो । आखिर कसैले पनि एउटा कालखण्डको गर्भको तितीर्षा देख्नु त हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका बर्षहरुमा यस्ता अन्धकारका प्रतीक मानिने, हत्याहरु, मानबद्वेषी अमानबीय र प्राकृतिका घटनाहरुले जुन हस्ताक्षर गरेका छन् र अहिले पनि गरिरहेका छन्, त्यो केवल एउटा पक्ष हो । भाविष्यको मागको रुपायन पनि बिचार तथा साहित्यको काम हो । नब बर्ष त्यसपछि मात्र बन्दछ । नब बिश्व पनि तब मात्र बन्दछ । यो नब बर्ष मनाउनु नब बिश्व निर्माणको एउटा खुट्किलो पनि हो ।
हुन त साच्चैको मानिस र एउटा संबेदनशील लेखक कसैलाई पनि थाहा हुन्छ कि मानिसहरुको दुःखको इतिहास तथा तिनको बिजयको इतिहास दुबै असीम हुन्छन् । बितेको समयको कथा लामो हुन्छ । त्यो समाप्त हुदैन तर नबबर्ष वा आगामी बर्षको फूल पनि ओइलाएर मर्ने छैन । किनभने त्यो दिन त्यो हामी भित्रको अजेय संकल्प र उन्मेषको सुगन्ध हो । मानिसका लागि बितेको बर्ष र नयाँ बर्षको सन्धि–बिन्दू प्रकाश र अन्धकारका हरेक क्षण बिपर्य हुदै गइरहन्छन् र क्षण भंगुरतामा अन्तःप्रज्ञाको अन्तःप्रयोजन । परम्पराले चलेको मनुष्यताको यात्रा नबबर्षका भाबातिरेकबाट संयुक्त ब्यक्तिको संम्यक, सुसंंगत प्रथम चिन्तन पीठ हो – पार देख्नका लागि । जहाँ मानिसले आफ्नो मनको शाश्वत दिशा रचना गर्दै बिचलित हुने समयलाई राम्रोसँग पार गर्ने सामथ्र्य राख्दछ । यो शातत्य नै पृथ्वीको श्रेष्ठतम उद्दीप्त रंङ्ग पनि हो ।
यसैले यथार्थतः नब बर्ष आवेगको मनबीयकरणको मात्र सहज पक्षधर प्रस्तुति हो । सबै कुरालाई प्रासांगिक बनाउन सकिदैन ।अभिर्यहरुको खोजी प्रकारान्तरले नब बर्षकै खोजी हो । यो अन्तहीन मेल पनि हो बिगत र आगतको । अर्थात समय र बिबेकको । जसरी धानको बोटका पातहरुले धानको महक या बासनलालाई एक तुल्याएर सराबरी गरिदिन्छन् त्यसरी नै नब बर्षले पनि नयाँ सपनाको आभासँग जोडेर हामीभित्र र बाहिर दुबैसँग सुचित्रित गरिदिन्छ । त्यो मानिसको लागि स्वप्नमय, कलामय, अन्नमय संसार तथा भविष्यको रचना हो । नब बर्षमा गहन आबेग र सिर्जनाशील, कल्पनाशीलता हुन्छ जसमा पुनर्निर्माणका आधारमा बिभिन्न प्रकारका यथार्थहरुको सिर्जना हुन्छ । जहा समृद्धि, मिठास, प्रकाशका रंगहरुको अकथनीय बिम्बावलीहरु हुन्छन् ।
यसर्थ पनि नयाँ समय बिकल्पहरुको अन्बेषण गर्ने समय मानिएको र असहाय हुनु बिरुद्धको एउटा उद्घोष पनि हो । आधारहीन हुनु, एक्लो हुनुका साटो एउटा नयाँ प्रत्याशा । एउटा यस्तो निष्ठालाई बद्लिनका लागि बिकल्पतर्फ अग्रसर । राजनीतिक, आर्थिक ब्यवस्थामा असन्तुष्ट तर सकारात्मक सोच भएका बिचारलाई नियन्त्रण नगर्ने दिशामा अग्रसर, बहुबिध सञ्चार माध्यम, जनमत, बिचार, सिद्धान्तमा बहुआयामिकता देख्ने कलाप्रिय, सिर्जनशील या सिर्जनाधर्मीहरुले नब बर्षलाई परिवर्तन तथा मनुष्यताको मंलद्वारको रुपमा लिएका हुन्छन्, लिनु पर्दछ । यहाँ आफुका अतिरिक्त अरुका लागि पनि सम्मानजक स्थान छ । यही समय बिभिन्न सयम पनि हो । पुरातनमा नूतन लुकेको छ, नूतनतामा अतिनूतनको उन्मेष । अनि संकल्पको आँच पनि । तसर्थ नब बर्षलाई सही बुझौ र मानबीय शातत्यको दिशामा सही किसिमले अघि बढौं Û यी
नै शब्द फूलहरुका साथ नब बर्षलाई स्वागतम् सुस्वागतम् Û

