चुनाव अवसरभन्दा धेरै चुनौती

२०८३ बैशाख ७ गते, सोमबार

योद्धा सी

चुनाव लोकतन्त्रको महत्वपूर्ण आधार हो । नेपाली जनताहरुले आफ्नो प्रतिनिधि छान्ने माध्यम र लोकतन्त्रको सुन्दर पंक्ष भनेकै चुनाव हो तर पछिल्ला वर्षहरूमा चुनाव नेपाली जनतालाई अवसरभन्दा धेरै चुनौतीजस्तो महसुस हुन थालेको छ, त्यो किन हुन थाल्यो भने राजनीतिक अस्थिरता, विकासका अधुरा वाचा, पैसाको प्रभाव र जनतामा बढ्दो निराशाले चुनावले नेपाली जनताहरुलाई समाधान होइन कि चुनौती बनाएको छ । देशको माया गर्ने र वर्गको प्रतिनिधित्व गर्ने नेता भन्दा पैसाले जित्ने चुनावको विकास भएको कारण चुनाव सुन्दर पंक्ष नभएर सबैभन्दा ठूलो चुनौती बन्न पुगेको देखिन्छ । यसको मुख्यकारण भनेको नै राजनीतिक अस्थिरता हो । नेपालमा बारम्बार सरकार परिवर्तन हुने समस्या दोहोरीनाको कारणले गर्दा चुनाव नेपाली जनतालाई समाधान नभएर चुनौतीको मुख्य कारण हुँदै आएको देखिन्छ । जनताले सरकार आफ्नो काम गर्छ भनेर चुनावबाट आफ्ना प्रतिनिधि चुनेर पठाउने हो तर किडम्बना के छ भने नेपालमा चुनाव जितेपछि बनेका सरकार पूरा अवधि टिक्न नसक्ने अवस्था थियो । जसका कारण विकासका योजनाहरु प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भयो । फलतः जनतामा राजनीतिप्रति विश्वास घट्दै गयो र जनता निराश हुन् थाले, जो आएपनि उस्तै त हो भनेर निराशा बढ्न थाल्यो र जनताले चुनावलाई समाधान नभएर चुनौतीको रुपमा लिन थाले ।

त्यसैले आज नेपाली जनताले नयाँ विकल्प खोजेका हुन । नेपाली जनताले किन विकल्प खोजे भने चुनाव हुँदा नयाँ वाचा गरिन्छ तर चुनाव जितिसके पछि ती बाचा पूरा नहुँदा जनतामा निराशा छुदै गयो । अर्को चुनौती भनेको पैसाको प्रभाव र भ्रष्टाचारको खेल पनि एक हो । किनकी चुनाव जित्नका लागि धेरै उम्मेदवारहरूले अत्यधिक पैसा खर्च गर्ने प्रवृत्ति बढेको छ । चुनावमा धेरै पैसाले मत किन्ने वा अनैतिक तरिकाले जनतालाई प्रभाव पार्ने प्रयास पनि हुने गरेको छ । यसले गर्दा योग्य र इमानदार व्यक्तिहरू राजनीतिमा आउन कठिन भयो । पैसाको भरमा चुनाव जित्ने प्रवृत्तिले लोकतन्त्रको र समाजवादको मूल मर्मलाई कमजोर मात्र होइन कि समाजवादी समाजको खिल्ली उडाएको छ र लोकतन्त्र होइन लूटतन्त्र आएको जस्तो भएको छ । यसले गर्दा पनि चुनाव नेपाली जनतालाई समाधान नभएर चुनौती भएको देखिन्छ ।

यी माथिका धेरै कारणले गर्दा आज नेपालका नेपाली जनताको चुनावमा कम सहभागीता छ । धेरै मानिसहरू चुनावप्रति निराश भएर मतदान गर्न नजाने अवस्था देखिन्छ । जो आएपनि फरक पर्दैन भन्ने सोच फैलिन थालेको छ । यस्तो सोचले लोकतन्त्रलाई कमजोर बनाउँछ, किनकि लोकतन्त्रमा जनताको सक्रिय सहभागिता अत्यन्त आवश्यक हुन्छ तर यो लागू हुन नसकेपछि नेपाली जनतालाई चुनाव समाधान होइन कि चुनौती भएको देखिन्छ ।

नेपालका राजनीतिक पार्टी र पार्टीका नेताहरू भूmटा वाचा र लोकप्रिय नाराहरू धेरै दिने तर व्यवहारमा पूँजीवादी देखिने भएपछि पनि अर्को समस्या भएर आएको देखिन्छ । उम्मेदवारहरूले चुनाव जित्नका लागि असम्भव वाचा गर्ने गरेका छन तर चुनावपछि ती वाचा पूरा हुँदैनन् । यसले गर्दा जनतामा राजनीतिप्रति अविश्वास बढ्दै गएको र नंयाँ विकल्प खोजेको देखिन्छ । यी सबै चुनौतीका बाबजुद पनि चुनाव लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया भन्ने कुरासँग नेपाली जनता सहमिती नै छन तर यी समस्याहरू समाधान गर्न राजनीतिक दलहरूले इमानदारीका साथ काम गर्नुपर्छ भनेर नै बेला–बेला पुराना दलहरु र दलका नेताहरुलाई र पात्रहरुलाई जनताले सचेत गराएकै छन् ।

पुराना राजनीतिक दल र नेताले बाचा पूरा नगरेका कारण नंयाँ दल, योग्य र जिम्मेवार उम्मेदवारलाई मतदान गर्छौ भनेर नंयाँहरुलाई मौका दिएका छन् । हालै सम्पन्न चुनावमा विगतको भन्दा फरक भयो । जनताले नेपालको समाजवादी, प्रगतिशील, लोकतन्त्रवादी, कम्युनिष्ट समाजभन्दा विदेशीको योजनालाई लागू गर्ने दल र दलको नेताहरुलाई जिताएका छन् । यस विषयमा नेपालका सचेत नागरिकहरुले सोचेर आगामी दिनहरुमा अगाडि जानुपर्ने भएको छ किनकि नागरिक शिक्षा, पारदर्शिता र कानुनी लडाइले चुनावलाई अझ स्वच्छ र प्रभावकारी बनाउन सकिन्छ । त्यो भनेको हिजोको वमपन्थी जनमतलाई नै फेरि फर्काउनु र विदेशी योजनामा होइन कि आफ्नै देशको योजना लागू गरेर चुनौतीलाई समाधान दिन सकिन्छ ।

चुनाव नेपाली जनताको लागि चुनौती भएपनि यसलाई अवसरमा बदल्न सकिन्छ । सचेत नागरिक, जिम्मेवार नेतृत्व र पारदर्शी प्रक्रिया भएमा चुनावले देशको विकास र लोकतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नछ । नेपाली विशेषताको समाजवाद र एकीकृत जनक्रान्ति आजको आवश्यकता हो भन्नेमा नेपाली जनताले एकचोटी राम्रोसँग बुझाउनु पर्ने भएको छ । भदौ २३–२४ गतेको जेन–जी विद्रोह सुशीला सरकार गठनदेखि आजसम्मको नेपाल राजनीतिलाई हेर्दा यो सबै एक दुइ दिनको रमाइलो मात्रै हुने देखिन्छ । समाजवाद सधैका लागी नेपाली जनताको समाधान हो भन्ने विषय अहिले नेपालको राजनितीक दल र दलका जिम्मेवार नेता र कार्याकर्ताहरुमा राम्रोसँग अनुभूति भएको देखिन्छ ।

चुनावमा साम्राज्यवाद ले जित्यो

नेपाल एक स्वतन्त्र र सार्वभौम देश हो तर विश्व राजनीतिमा शक्तिशाली देशहरूको प्रभाव र साना देशहरूमा आफ्नो पर्भव पर्ने र जनतालाई गुलियो भित्र बीस हालेर आफ्नो कब्जा गर्ने गरेको इतिहास छँदै थियो, तर नेपालको यो चुनावमा प्रत्यक्ष देखियो । हालै सम्पन्न चुनावमा साम्राज्यवादले नेपालमा विदेशी शक्ति मुख्य गरी अमेरिकी साम्राज्यवादको प्रभावले चुनावी प्रक्रियामा धेरै ठुलो पारभव परेको देखिन्छ । नेपालमा साम्राज्यवादले आफ्नो शक्तिशाली राजनीति देखाएको छ । साम्राज्यवादले कमजोर राष्ट्रहरूले वा साना राष्ट्रहरूको राजनीति, अर्थतन्त्र र नीतिमा प्रभाव जमाउने र पात्र त्यो देशको योजना आफ्नो यो प्रयासबाट उसले कब्जा जमाउने बुझिन्छ त्यो कुरा यो चुनाव नेपालमा देखियो त्यो भनेको अनुहार नेपाली तर योजना र आदेश मान्ने दल र दल भित्र केही मान्छेहरुलाई आफ्नो बनाएर चुनावलाई लिएको देखिन्छ ।

अर्कोकुरा आजको समयमा यो प्रभाव प्रत्यक्ष रूपमा नभई विभिन्न माध्यमहरुबाट अएको देखिन्छ । जस्तै आर्थिक सहायता, कूटनीतिक दबाब, अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभाव आदि । चुनावको समयमा पनि यस्ता प्रभावहरू पारेको देखिन्छ । विभिन्न सघ सस्थाहरुमाफर्त प्रचार गर्ने र फलानो पार्टी दल र नेतालाई यो चुनावमा जिताउने भनेर प्रसार–प्रचार गरेको देखिन्छ । अहिलेको यो चुनावमा केही राजनीतिक दल वा नेताहरूलाई विदेशीहरुले सहयोग गरेर नेपाली मुल र अनुहारका मान्छेहरु तर सारमा विदेशी नवदललहरुले झुक्याएर देश साम्राज्यवादले आफ्नो हातमा लिन खोजेको देखिन्छ, यो नेपाली जनतामाझ बहसको विषय बन्नुपर्छ ।

यस्तो कार्यलाई रोक्न नसके देशको स्वतन्त्र नीति र निर्णय प्रक्रियामा असर पर्ने मात्र होइन् कि देश नै नरहन सक्छ र रहेपनि गृह युद्ध तिर जान सक्छ । त्यसैले यो विषय निकै चुनौतीपूर्ण रहेको छ । हालै सम्पन्न चुनावको समयमा धेरै कुराहरु लुकेको देखिन्छ । यसमा सचेत नेपालका नागरिकहरुले बेलैमा सोच्नु पर्छ किनभने राष्ट्रियता, स्वाभिमान र स्वतन्त्रता जोगाउन देशभक्त राष्ट्रवादी राजनीतिक दलहरु र राष्ट्रप्रति माया भएका आम नेपाली जनताको महत्वपूर्ण भूमिका हुन्छ ।

नेपाललाई साम्राज्यवादले वैधानिक रूपमा आफ्नो अधीनमा लिने खोजेको र यो चुनावमार्फत पूरा गर्न खोजेको देखिन्छ । चुनावदेखि आजसम्मको समयलाई राम्रोसँग अध्ययन गर्ने हो भने यो प्रष्ट हुन्छ ।

देशको विश्वसँगको सम्बन्ध र सहयोग पूर्णरूपमा नकारात्मक पनि होइन र हुँदैनन् । अन्तर्राष्ट्रिय सहयोगले विकासका धेरै क्षेत्रहरुमा मद्दत पु¥याएका हुन्छ । तर यस्तो सहयोगले देशको आन्तरिक राजनीति र चुनावी निर्णयलाई प्रभावित गर्नु हुँदैन । यदि विदेशी स्वार्थले चुनावी प्रक्रियामा प्रभावित गर्न थाल्यो भने त्यो लोकतन्त्रका लागि चुनौती मात्र होइन कि २१ औं शताब्दीको दास बन्नु पर्ने हुन्छ । यस कारणले चुनावको समयमा राजनीतिक दलहरू र नेताहरूले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ त्यो भनेको आफ्नो देशलाई धेरै कुराहरुलाई ध्यान दिएर देशको नीति विकास र भविष्यबारे निर्णय नेपाली जनताले नै गर्न पाउनु र लोकतन्त्रको मूल आधारलाई नेपाली जनताले पुर्णरूपमा पूरा गर्न पाउने नीतिलाई नै खास चुनाव भन्न मिल्छ । तर यो कुरा हिजो भन्दा आज फरक देखिएको छ । त्यसैले यो चुनाव नेपाली जनताले होइन कि साम्राज्यवादले जितेको छ । आज देशभक्त राष्ट्रवादी, लोकतन्त्रवादी, वामपन्थी र कम्युनिष्ट क्रान्तिकारीहरुलाई महसुस हुन थालेको देखिन्छ । साथै जनताले पनि सचेत भएर बाह्य प्रभाव र स्वार्थबारे बुझ्न थालेका छन् ।

नागरिक समाज र सरकारी निकायहरूले पनि चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्नु र पारदर्शिता, सहित कानुनी व्यवस्था र जनचेतनाले मात्र बाह्य प्रभावलाई कम गर्न सक्थ्यो तर अहिलेको यो चुनावमा त्यो भन्दा ठिक उल्टो भयो । यदि समयमै हामीले साम्राज्यवादको सम्भावित प्रभावलाई बुझेर सचेत रहेनौ भने नेपालले आफ्नो लोकतन्त्र, समाजवाद र राष्ट्रिय स्वाभिमानलाई अझ मजबुत बनाउन गार्हो हुने देखिन्छ । विगतदेखि नेपाली जनताले गरेको आन्दोलन भन्दा आज जनमत बाहिर गएको छ । नेपालका वमपन्थी लोकतान्त्रिक समाजवादी र राष्ट्रवादी शक्तिहरुले यो चुनावी विषयमा नंयाँ तरिकाले बहस गरेर जान जरुरी भएको छ । पूँजीवादी दलाल संसदीय व्यवस्था होइन कि नेपाली विशेषताको वैज्ञानिक राज्य व्यवस्था २१ औं शताब्दीको नंयाँ ब्यवस्थाले मात्र नेपालका नव दलाल र साम्राज्यवादलाई जित्न सकिन्छ ।

सरकार एनजिओ-आइएनजिओको

वास्तवमा, सरकारको संरचना र कार्यशैली हेर्दा केही हदसम्म यस्तो अनुभूति हुनु अस्वाभाविक पनि छैन । धेरै मन्त्रीहरू पेशागत रूपमा सक्षम, पढे लेखेका र अन्तर्राष्ट्रिय अनुभव भएका छन् । तर यही कुरा कहिलेकाहीँ नेपाली समाजको यथार्थभन्दा टाढा भएको जस्तो देखिन्छ । एनजिओ वा आइएनजिओहरू प्रायः परियोजना केन्द्रित रिपोर्ट दाताको प्राथमिकतामा आधारित भएर काम गर्छन, र अरु देशहरुको आदेश मान्ने र आफ्नो देशको सम्पुर्ण रिपोर्ट गर्ने काम गर्छन । अहिलेको सरकारको कार्याशैली पनि कतै त्यस्तै नीतिमा बाहिर राम्रो बनाउने, प्रस्तुति आकर्षक गर्ने भित्र अरुको आदेश मान्ने देखिन्छ । पुराना दलहरुका कमजोरी नेपाली जनतालाई कार्यान्वयनमा ढिलाइ गरेका र गल्ती गरेका जस्तो विषयका कुराको विषय हाल्ने र भित्रभित्र कम्युनिष्ट समाजवाद र लोकतन्त्रको जनमतलाई विस्तारै आफ्नो बनाउने रणनीति देखिन्छ । राजनीति होइन कृषि, व्यावसायमा आत्मनिर्भर जस्ता विषय उठान गरेर वैद्यानिक तरिकाबाट आफ्नो उद्देश्य पूरा गर्ने रणनीति अमेरिकी साम्राजयवाद सफल भएको देखिन्छ । यसले गर्दा जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी काम देखिएको छ ।

अर्कोतर्फ नेपालीपन भन्नाले केवल परम्परा मात्र होइन, जनताको आवश्यकता बुझ्ने, स्थानीय सन्दर्भ अनुसार निर्णय गर्ने र व्यावहारिक समाधान दिने क्षमता पनि हो । जब सरकारको ध्यान धेरै प्रतिसोध वा अन्तर्राष्ट्रिय ढाँचामा केन्द्रित हुन्छ, तब नेपालका समस्याहरु ओझेलमा पर्छ । सरकार बन्ने वित्तिकै वमपन्थी, प्रगतिशील र समाजवादीहरु माथि राजनैतिक आक्रमणले पनि पुष्टि हुन्छ । तर, यसलाई पूर्णरूपमा नकारात्मक रूपमा मात्र हेर्नु पनि उचित हुँदैन । नयाँ सोच, पारदर्शिता र सुधारको प्रयास पनि यही समूहबाट आउन सक्छ तर त्यो भनेको प्रतिशोध होईन । नयाँ दल र नेतालाई सन्तुलन, अन्तर्राष्ट्रिय ज्ञान र स्थानीय यथार्थबीचको सन्तुलन मिलाएर लिन सक्छन् कि भनेर नेपाली जनताले बहुमत दिएका हुन । सरकार सफल हुनका लागि एनजिओ शैलीभन्दा जनताको सरकार बन्न आवश्यक हुन्छ । जब नीति जनतासँग जोडिन्छ र कामको नतिजा गाउँ–गाउँमा देखिन्छ तब मात्र साँचो अर्थमा नेपालीपन कायम हुन्छ । तर यो सरकार एनजीओ आइएनजिओको आदेशमा र अमेरिकी योजनामा चल्न सुरु गरेको होकि भने कुरा नेपाली जनतालाई महसुस हुन थालेको छ । सरकार भनेको देशको र जनताको अभिभावक हो । उसले गर्ने हरेक कार्यहरुले कस्तो र कसको सरकार हो भन्ने पुष्टि हुन्छ । सरकार बन्ने वित्तिकै थाहा भइसकेकोछ कि यसले सविधान र कानुन भन्दा बाहिर गएर सीमित समाजसेवा जस्ता कुराहरू ल्याउने र नेपालको ६९ बर्सको इतिहासलाई कसैको आदेशमा समाप्त पार्ने र देशमा अराजकता ल्याउन खोजेको देखिन्छ । यस्तो अवस्थामा देशलाई बचाउन र विदेशी योजनालाई असफल पार्न एकचोटि राष्ट्रवादी, देशभक्त, प्रगतिशील, लोकतन्त्रवादी र वमपन्थी कम्युनिष्टहरु एक ठाउँमा उभिएर नंया कम्युनिष्ट केन्द्र निर्माणकार्यको सुरुवात गर्नु अनिवार्य भएको छ । नेपाली विशेषताको समाजवादी व्यवस्था नै सही व्यवस्था हो अरु सबै दलाल संसदीय व्यवस्थाभित्रका साम्राज्यवादीहरुका योजना र आदेशमा चल्ने व्यवस्था हुन् भन्ने नेपाली जनताले बुझिसकेका छन् । हालै सम्पन्न चुनावदेखि सरकार गठनको परिणमले यो ब्यवस्था जनताको होईन भन्नेकुरा प्रष्ट भएको छ । त्यसैले यो ब्यवस्था रहेसम्म देश र जनताले मुक्ति पौने देखिदैन । तसर्थ ः यस व्यवस्थाको अन्त्य गरेर नेपाली विशेषताको समाजवादी राज्य ब्यवस्था स्थापना गरे मात्र राज्यका सम्पूर्ण सरचनाहरुमा रुपान्तरण सहितको नंयाँ नेपाल बनाउन सकिन्छ होइन भने यस व्यवस्था भित्र हुने सबै चुनाव समाधान नभएर देश र जनताको लागि सधै चुनौती मात्र हुने देखिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु