कार्ल माक्र्स र माक्र्सवादको औचित्य र सान्दर्भिकता
सन्दर्भ : २०८औँ माक्र्स जयन्ती
कार्ल माक्र्स ५ मई १८१८ मा जर्मनीमा जन्मनु भएको थियो । १४ मार्च, १८८३ मा उहाँको देहावसान भयो । आज माक्र्स जन्मेको २०८ वर्ष पूरा भइसकेको छ र विश्वभर माक्र्सको २०८औँ जन्मजयन्ती मनाइँदै छ । माक्र्स विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायका महान्् नेता हुनुहुन्थ्यो । जर्मनीवासी एङ्गेल्स (१८२०–१८९५) को सहयोगमा माक्र्सले माक्र्सवादको निर्माण गर्नुभयो । वर्ग र सिङ्गो मानव जातिकै मुक्तिको लागि जन्मिएको थियो । माक्र्सवादको औचित्य र सान्दर्भिकता अहिले पनि उत्तिकै छ ।
बाह्य रूपमा विभिन्न प्रतिक्रियावादी, पुँजीवादी र साम्राज्यवादीहरूले जन्मकालदेखि नै माक्र्सवादमाथी भीषण हमला गर्दै आएका छन् । दुश्मनहरूले आन्तरिक रूपमा पनि माक्र्सवादमाथि हमला बोले र त्यसै क्रममा माक्र्सवादको आन्तरिक दुस्मनका रूपमा संशोधनवाद जन्मियो । माक्र्सवाद बाह्य र आन्तरिक दुवै प्रकारका दुश्मनका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्यो र त्यो माक्र्सवाद–लेनिनवाद– माओवादका रूपमा विकसित हुन पुग्यो । माक्र्सवाद मानवीय श्रमशक्ति, प्रकृति विज्ञान र वर्गसंघर्षको धर्तीमा खडा थियो र त्यसलाई हल्लाउने तागत कसैमा थिएन । त्यसैले त्यो विश्व सर्वहारावर्ग र उत्पीडित मानव जातिको मुक्तिको अपराजेय सैद्धान्तिक हतियार बन्न पुग्यो ।
उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष तथा नयाँ वैज्ञानिक आविष्कार एवम् प्राविधिक क्षेत्रमा भएका प्रगति र विश्वका विभिन्न देशहरूमा हुँदै आएका क्रान्ति तथा प्रतिक्रान्तिका परिघटनाका सन्दर्भहरूमाथि ध्यान दिँदा आज माक्र्सवादका सामु गम्भीर प्रकृतिका चुनौतीहरू थपिन पुगेका छन् । परन्तु, त्यस प्रकारका चुनौतीहरूको सामना गर्दै क्रान्तिको धरातलीय यथार्थ तथा ऐतिहासिक आवश्यकताका बीचबाट नयाँ सम्भावनाका द्वारहरू उद्घाटन गर्ने सामथ्र्य माक्र्सवादमा नै सन्निहित छ । किनभने माक्र्सवाद सामाजिक रूपान्तरण र क्रान्तिको ऐतिहासिक विज्ञान हो ।
माक्र्सवादका तीन संघटक अङ्ग माक्र्सवादका तीन संघटक अङ्ग छन् र दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्सले १९ औं शताब्दीमा विकसित शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी अर्थंशास्त्र र फ्रान्सेली समाजवादको गहन अध्ययन तथा समीक्षा गर्नुभयो र तिनलाई गुणात्मक रूपमा विकास तथा संश्लेषण गरी माक्र्सवादको प्रतिपादन भएको छ ।
दर्शनको फाँटमा माक्र्सले हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादमाथि विशेष ध्यान दिनुभयो । हेगेलले द्वन्द्वबादलाई एक उत्कर्षमा पु¥याएका थिए तर त्यो आदर्शवादमा आधारित थियो । फायरबाखले भौतिकवादलाई धेरै माथि उठाएका थिए तर त्यो अधिभूतवादी तथा यान्त्रिक थियो । हेगेलको द्वन्द्ववादमा विद्यमान आदर्शवाद र फायरबाखको भौतिकवादमा विद्यमान अधिभूतवाद तथा यान्त्रिकतावादका विरुद्ध जुझ्दै ती दुवैलाई एउटै ठाउँमा संश्लेषित गरी द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गर्ने काम माक्र्सद्वारा सम्पन्न गरियो । द्वन्द्वात्मक भौतिकवादका आधारमा मानव समाजको ऐतिहासिक विकास प्रक्रियाबारे अध्ययन गर्दा जुन निष्कर्ष निस्कन्छ, त्यही नै ऐतिहासिक भौतिकवाद हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले दुनियाँ बुझ्ने मात्र होइन, मुख्यतः बदल्ने कुरामा जो दिन्छ किनकि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै माक्र्सवादी दर्शन हो ।
माक्र्सले राजनीतिक अर्थशास्त्रको फाँटमा एडम स्मिथ र डेभिड रिकार्डोद्वारा विकसित मूल्यको श्रमसिद्धान्तबारे गहिरो अध्ययन गर्नुभयो र त्यसलाई अझै विकसित तथा समृद्ध तुल्याउनु भयो । मालको मूल्य निर्धारण त्यसमा लागेको सामाजिक श्रमद्वारा गरिन्छ भने मुनाफाको उत्पत्ति कसरी हुन्छ ? माक्र्सले यस प्रश्नको जवाफ अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरेर दिनुभयो ।
माक्र्सद्वारा विकसित समाजवाद पुराना समाजवादभन्दा पृथक वैज्ञानिक समाजवाद हो । ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तको आविष्कारको परिणाम स्वरूप वैज्ञानिक समाजवादको जन्म भएको हो । वैज्ञानिक समाजवाद वर्ग, वर्गसंघर्ष, सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादको सैद्धान्तिक मान्यतामा आधारित छ ।
माक्र्सवाद – लेनिनवाद – माओवाद
माक्र्सवाद भनेको माक्र्सीय विचार र शिक्षाको सार हो । माक्र्सवाद गतिशील छ र त्यो विकसित हुँदै आएको छ । माक्र्सवादलाई सर्वप्रथम लेनिन र त्यस पश्चात् माओले विकसित तुल्याउनु भयो । आज विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्तका रूपमा माक्र्सवाद– लेनिनवाद– माओवादको विकास भएको छ ।
लेनिनवाद
लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । लेनिनले दर्शनको फाँटमा द्वन्द्ववादलाई विपरीतहरूको एकत्वको सिद्धान्तको रूपमा परिभाषित गरी त्यसमा द्वन्द्ववादको गुदी अभिव्यक्त भएको कुरा बताउनु भयो र द्वन्द्ववादका विविध पक्षबारे सटीक विवेचना गर्नुभयो । वहाँले प्रकृति विज्ञानको क्षेत्रमा इलेक्ट्रोनको खोज भएको अवस्थामा भौतिकवादको मूल आधारका रूपमा स्थापित परमाणु सम्बन्धी मान्यता खण्डित भयो भन्दै होहल्ला मच्चाइरहेकोमा त्यस खोजले यान्त्रिक भौतिकवादको खण्न र द्वन्द्वात्मक भौतिकवादको थप पुष्टि भएको वास्तविकतामाथि राम्रो प्रकाश पार्नुभयो । वहाँले आदर्शवादका साथै प्रत्यक्षवाद जस्ता मध्यवर्ती धाराका विभिन्न प्रकृतिको खण्डन गर्दै दार्शनिक पक्षधरतामा विशेष जो दिनुभयो । साथै, वहाँले ज्ञानमीमांसाका क्षेत्रमा प्रतिविम्बनको सिद्धान्तलाई विकसित तुल्याउनु भयो । लेनिनले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा साम्राज्यवादको विशद विवेचना गर्नुभयो र त्यसलाई पुँजीवादको एकाधिकारी अवस्था बताउनु भयो । वहाँले वैज्ञानिक समाजवादको क्षेत्रमा समाजवाद तथा सर्वहारा क्रान्तिको युगमा कम्युनिष्ट पार्टीका रणनीति एवम् कार्यनीतिको विकास र सर्वहारा अधिनायकत्वको नयाँ स्वरूपका रूपमा सोभियत सत्ताको अवधारणा प्रस्तुत गर्नुभयो । लेनिनले रुसी धर्तीमा माक्र्सवादको सफल प्रयोग गर्नुभयो ।
माओवाद
माओवाद भनेको माक्र्सवाद–लेनिनवादको थप विकास हो । माओले दर्शनको क्षेत्रमा द्वन्द्ववादलाई अन्तरविरोधको सिद्धान्तको रूपमा विकसित तुल्याउनु भयो र विपरीतहरूको एकत्वको नियमलाई द्वन्द्ववादको आधारभूत नियम बताउँदै त्यसबारे विशद विवेचना गर्नुभयो । उहाँले पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरण सम्बन्धी ज्ञानको दुई छलाङको सिद्धान्त प्रतिपादन र सिद्धान्त तथा व्यवहारको एकता लगायतका विषयमा जोड दिँदै भौतिकवादलाई थप विकसित तुल्याउनु भयो । उहाँले राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नोकरशाही पूँजीवादको मान्यता प्रतिपादन र समाजवादी अर्थतन्त्रका विविध पक्षबारे थप विकास गर्नुभयो । माओले वैज्ञानिक समाजवादको क्षेत्रमा नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरता, महान्् सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता सिद्धान्त प्रतिपादन गर्नुभएको छ ।
माक्र्सवाद र संशोधनवाद
माक्र्सवादको भ्रष्टीकरण र तोडमोड गर्ने चिन्तन तथा प्रवृत्तिको नाम संशोधनवाद हो । दर्शनको फाँटमा संशोधनवादले द्वन्द्ववाद, भौतिकवाद र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विरोध गर्दछ । यसले धार्मिक रहस्यवादलाई स्वीकार्दछ । यो वर्ग, वर्गसंघर्ष, बलप्रयोगको भूमिकाको विरोधी रहेको छ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा यसले पुँजीवादी संकटको सिद्धान्तलाई अस्वीकार गर्दछ । समाजवादको क्षेत्रमा यो सर्वहारा अधिनायकत्वको विरोधी र पुँजीवादी संसदीय लोकतन्त्रको पक्षमा रहेको छ ।
माक्र्स –एङ्गेल्सले अराजकतावाद र अवसरवादसित जुझ्दै माक्र्सवादको प्रतिपादन गर्नुभयो । वहाँहरूले ब्रिटेनमा अभिजातवर्गीय मजदुर पार्टी जन्मदै गरेको कुरा बताउनु भयो । लेनिनको समयमा साम्राज्यवादको उदयसितै संशोधनवाद पनि जन्मियो । संशोधनवाद विभिन्न रूप र रंगमा पेश हुँदै आएको छ । संशोधनवाद – मूलतः तीन रूपमा प्रकट भएको छ, ती हुन् – शास्त्रीय, आधुनिक र नव संशोधनवाद । शास्त्रीय संशोधनवाद मूलतः बर्नस्टाइन तथा काउट्स्की र आधुनिक संशोधनवाद मूलतः बर्नस्टाइन तथा काउट्स्की र आधुनिक संशोधनबाट खुश्चोभ तथा टिटोद्वारा प्रवर्तन गरियो । नवसंशोधनवाद भनेको माक्र्सवादको नाममा माक्र्सवादमाथि नै आक्रमण र सिर्जनात्मक विकासको नाममा माक्र्सवादको सारतत्वमाथि नै हमला गर्नु हो । संशोधनवादकै निरन्तरतामा युरो–कम्युनिज्म जन्मियो । यसै क्रममा नव माक्र्सवाद र उत्तर– माक्र्सवाद पनि पैदा भए ।
संशोधनवाद मूलत दक्षिणपन्थी, मध्यपन्थी र वामपन्थी अवसरवादका रूपमा प्रकट हुँदै आएको छ । रूपमा संशोधनवाद विविध प्रकारका छन् परन्तु सारमा संशोधनवाद पुँजीवादी विचाराधाराकै अङ्ग हो ।
माक्र्सवाद र प्रतिक्रियावाद
माक्र्सवादको मूल उद्देश्य प्रतिक्रियावादका विरुद्ध जनवादी क्रान्तिलाई पूर्णता दिँदै वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना गर्नु हो । माक्र्सवाद सबैखाले प्रतिक्रियावादी व्यवस्था तथा राज्यसत्ता र विचारधाराका विरुद्ध समेत परिलक्षित रहेको छ । साथै, माक्र्सवाद निम्न पुँजीवादी तथा संशोधनवादी विचारधाराको पनि विरोधी रहेको छ ।
प्रतिक्रियावाद दुई किसिमको हुन्छ–पुरानो र नयाँ । पुरानो प्रतिक्रियावाद अन्तर्गत सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद, दलाल तथा नोकरशाही पुँजीवाद आउँछन् । नव प्रतिक्रियावाद संशोधनबादको पतन तथा उत्कर्षका रूपमा पैदा हुन्छ । सामाजिक साम्राज्यवाद नव प्रतिक्रियावादको एउटा रूप हो । जब संशोधनवाद प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था अथवा भनौँ दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको राज्यसत्ता र संसदीय व्यवस्थाको रक्षाकवच बन्न पुग्दछ र साम्राज्यवादको सेवामा समर्पित हुन्छ, त्यो बेला त्यसले नव प्रतिक्रियावादको रूप ग्रहण गर्दछ । पुरानोः प्रतिक्रियावादलाई चिन्न त सजिलो हुन्छ, परन्तु नव प्रतिक्रियावादलाई चिन्न भने गाह्रो हुन्छ । किनभने त्यो माक्र्सवादको दोसल्ला ओढेर पेश हुने गर्दछ । क्रान्तिका लागि पुरानो प्रतिक्रियावाद मात्र होइन नयाँ प्रतिक्रियावादलाई पनि राम्रोसित उम्याउन र त्यसको विरोध गर्न जरुरी हुन्छ ।
विज्ञान तथा प्रविधि र माक्र्सवाद
उत्पादक शक्ति र उत्पादन सम्बन्धको विश्लेषण गर्ने क्रममा माक्र्सले के बताउनु भएको छ भने हाते मिलले सामन्ती समाज र वाष्प मिलले पुँजीवादी समाजलाई जन्म दिन्छ । माक्र्स – एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादी दर्शनको विकासमा प्रकृति विज्ञानको क्षेत्रमा भएको प्रगतिले उल्लेखनीय भूमिका निवार्ह गरेको थियो । त्यस सन्दर्भमा एङ्गेल्सले ऊर्जाको संरक्षण तथा रूपान्तरण, डार्विनको विकासवाद र कोसिकाको खोज जस्ता अनुसन्धानको महत्वमाथि विशेष प्रकाश पार्नुभएको छ । लेनिनले इलेक्ट्रोनको आविष्कारले द्वन्द्वात्मक भौतिकवादको थप पुष्टि भएको कुरा बताउनु भयो । माओले ज्ञानको उत्पत्ति र विकासको निम्ति उत्पादनको लागि संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगको विशेष महत्व हुने कुरा औंल्याउनु भयो ।
प्रकृति विज्ञानको क्षेत्रमा भएको विकासलाई बङ्ग्याउने र त्यसैलाई द्वन्द्वात्मक भौतिकवादको विरोधमा प्रयोग गर्ने काम पनि हुँदै आएको छ । परमाणुको खोजलाई आधार बनाई कैयौं दार्शनिकहरूले एकरूप ९ग्लष्खभचकभ० विश्वका विरुद्ध बहुरूप विश्व ९ःगतिष्भचक० को परिकल्पना गरे । क्वान्टम यान्त्रिको र अनिश्चितताको सिद्धान्तलाई आधार बनाई कैयौंले बहुलवाद र अज्ञेयवादको पुष्टि गर्न थाले । परन्तु, आइस्टाइनको सापेक्षता तथा एकीकृत क्षेत्र जस्ता सिद्धान्तको विकास र स्टेफन हकिङ्गका पछिल्ला खोजले बहुलवाद, अज्ञेयवाद होइन, द्वन्द्वात्मक भौतिकवादी अद्वैतवादको थप पुष्टि हुन गएको छ । लेनिनले प्रकृति विज्ञानको आधारविना द्वन्द्वात्मक भौतिकवाद र द्वन्द्वात्मक भौतिकवादको आधारविना प्रकृति विज्ञान सही दिशामा अगाडि बढ्न नसक्ने कुरामा जोड दिनु भएको छ ।
विज्ञान तथा प्रविधिको विकासलाई आधार बनाई प्रतिक्रियावादी तथा साम्राज्यवादीहरूले आफ्नो आयु लम्ब्याउने कसरत गरिरहेका छन् । त्यसैगरी कैयौँ संशोधनवादीहरूले प्रकृति विज्ञानको गलत व्याख्या तथा विकृतीकरणका पछाडि लागेर माक्र्सवादका विरुद्ध आक्रोश व्यक्त गर्दै आएका छन् । विद्युतीय तथा प्राविधिक क्रान्तिको प्रक्रियामा नयाँ मेसिनहरूको विकासले मजदुरहरूलाई विस्थापित गरेको कुरा अगाडि सार्दै अब मानिस होइन प्रविधि नै मुख्य बन्यो भन्दै अहिले तमाम संशोधनवादीहरू चिच्याउँदै छन् । हिजो संशोधनवादीहरूले माक्र्सको श्रममा आधारित मूल्य सिद्धान्तको विरोध गरेका थिए, अहिलेका नयाँ संशोधनवादीहरू पनि त्यसैको पुनरावृत्ति गर्न गइरहेका छन् । प्रविधिको जति विकास भए पनि अन्ततः त्यसले मानिसको भूमिका निर्वाह गर्न सक्दैन, असली अर्थमा मानिसको भूमिका प्रमुख र प्रविधि गौण नै हुने कुरा स्पष्ट छ ।
क्रान्ति र प्रतिक्रान्तिको प्रश्न
सोभियत रुस, पूर्वी युरोप, चीन लगायत क्रान्ति सम्पन्न भएका देशहरूमा प्रतिक्रान्ति किन भए ? अथवा भनौँ समाजवादी राज्यसत्ता किन ढल्यो ? यी र यस्तै प्रश्नहरूको जवाफ प्रतिक्रियावादी, संशोधनवादी र माक्र्सवादी तीनवटै कोणबाट दिने गरिएको छ । प्रतिक्रियावादीहरूका दृष्टिमा समाजवादी सत्ताहरू ढल्नुमा अधिनायकवाद नै मूल कारण हो । प्रतिक्रियावादीहरूको यो तर्क पूरै गलत छ । किनभने सबैखाले राज्यसत्ता अधिनायकवादी हुन्छन् र प्रतिक्रियावादीहरूले नै अधिनायकवादको बढी अभ्यास गर्दै आएका छन् । संशोधनवादीहरूको दृष्टिमा जनवादको अभ्यास गर्न नसक्नुकै कारण रुसमा समाजवादी राज्यसत्ता ढलेको हो । यो तर्क पनि प्रतिक्रियावादी कोणसित नै मिल्ने गर्दछ । किनभने वर्गसमाजमा जनवादको स्वरूप वर्गीय नै हुन्छ र सबैका लागि जनवाद हुनै सक्दैन । यहाँ मूल प्रश्न कुन वर्गले कुन वर्गमाथि अधिनायकवाद लागु गर्ने र कुन वर्गले कसको हितमा जनवादको अभ्यास गर्ने भन्ने हो । उक्त प्रश्नहरूको जवाफ दिने काममा माक्र्सवादी कोण नै सही तथा वस्तुवादी रहिआएको छ ।
माक्र्सवादी दृष्टिकोण अनुसार प्रतिक्रान्ति हुनु वा समाजवादी सत्ता ढल्नुका पछाडि मूलतः दुईवटा कारण रहेका छन्, तीन हुन् । वस्तुगत र आत्मागत कारण । यस प्रकारका वस्तुगत कारणहरू विभिन्न प्रकारका रहेका छन् । पहिलो, हारेको प्रतिक्रियावादी शक्ति वा पुँजीपति वर्गले आफ्नो पुरानो सत्ताको पुनः स्थापनाका लागि अत्यन्तै ठूलो कसरत गर्दछ । दोस्रो, समाजवादी समाजमा लामो समयसम्म लघु उत्पादन कायम रहेको हुन्छ र त्यसले पुँजीवादको पुनः स्थापनाका लागि आधार तथा स्रोतको काम गर्दछ । तेस्रो, बाह्य शक्ति अथवा भनौँ साम्राज्यवादले समाजवादी समाज फाल्नका लागि सम्बन्धित देशभित्रका प्रतिक्रियावादीहरूलाई सहयोग पु¥याइरहेको हुन्छ । चौथो, सम्बन्धित देशको कम्युनिस्ट पार्टीभित्र बाह्य घुसपैठ हुने, त्यस कम्युनिस्ट पार्टीकै आन्तरिक पंक्तिमा संशोधनवाद जन्मिने र त्यस संशोधनवादले साम्राज्यवादसित गठबन्धन कायम गर्ने काम हुन्छन् । पाँचौ, क्रान्तिकारी र प्रतिक्रान्तीकारी शक्तिहरूका बीचको संघर्षमा क्रान्तिकारीहरू कमजोर तथा प्रतिक्रान्तिकारीहरू प्रबल बन्न गई शक्ति सन्तुलनमा हेरफेर हुन सक्छ ।
साथै, यस सन्दर्भमा कैयौँ आत्मगत कारणले पनि काम गरेका छन् । पहिलो त समाजवादी समाजमा विद्यमान उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना तथा दुई परस्पर विरोधी वर्गका बीच दीर्घकालीन अन्तरविरोधलाई सही ढंगले पहिचान तथा परिचालन गर्नेतर्फ आवश्यक नदिएर पनि स्थिति विग्रन सक्छ । दोस्रो, उक्त अन्तरविरोधहरूको पहिचान गरेर मात्र हुँदैन, तिनको समाधान गर्ने दिशामा पनि उपयुक्त पाइला चाल्न नसकेर पनि दुर्घटना हुने गर्दछ । तेस्रो, क्रान्तिकारी शक्तिलाई राम्रोसित संगठिन गर्ने र प्रतिक्रान्तिकारी शक्तिलाई कमजोर पार्नेतर्फ ठोस तथा उपयुक्त कदम चाल्न नसक्नुले पनि त्यसो हुन पुग्दछ ।
प्रतिक्रान्तिका आधार र कारणबारे माक्र्स– एङ्गेल्सले केही संकेत गर्नुभएको थियो र सर्वहारावर्गको अधिनायकत्वको भूमिकामा जोड दिनु भएको थियो । लेनिनले रुसमा प्रतिक्रान्तिका सम्भावनाका विविध कारणबारे स्पष्ट भाषामा औल्याउनु भएको थियो । माओले माक्र्स– एङ्गेल्सका संकेत, लेनिनका निर्देशन र रुसमा स्टालिनकालमा भएका कमी कमजोरीहरू माथि विशेष ध्यान दिदै चीनमा सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान्् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नु भएको थियो । परन्तु अपेक्षित सफलता प्राप्त हुन सकेन ।
माओले लेनिनलाई दर्शाउँदै भन्नुभएको थियो । लेनिनवादी दृष्टिकोण अनुसार कुनै एक समाजवादी देशको आखिरी विजयका लागि के कुरा मात्रै अरुरी हुँदैन भने त्यस देशको सर्वहारा वर्ग र जनसमुदायले प्रयत्न गरुन, अपितु के कुराको पनि अपेक्षा हुन्छ भने विश्व क्रान्तिले पनि विजय प्राप्त गरोस् पुरा पृथ्वीमाथि मानवद्वारा मानवको शोषण गर्ने व्यवस्थाको पनि ध्वंश होस्, जसबाट कि सारा मानव जाति मुक्त बनोस् । माओका यी भनाइ विशेष मननीय रहेका छन् ।
वर्तमान विश्व, क्रान्तिका चुनौती र माक्र्सवाद
वर्तमान विश्वका मूल विशेषता के हुन् ? क्रान्तिका लागि परिस्थिति कस्तो छ ? क्रान्तिको मार्गमा के कस्ता चुनौती र सम्भावना छन् ? यो बेला माक्र्सवादले के कस्तो भूमिका निर्वाह गर्न सक्छ र गर्नु पर्दछ ? यी हाम्रो गम्भिर चासो र विशेष महत्वका प्रश्न हुन् ।
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग हो । आज विश्वमा तीन प्रकारका आधारभूत अन्तर्विरोधहरू छन्, ती हुन् पुँजीपति वर्ग तथा सर्वहारा वर्गका बीचको अन्तर्विरोध, साम्राज्यवादी शक्तिहरू बीचको आपसी अन्तर्विरोध, साम्राज्यवादी शक्तिहरू बीचको आपसी अन्तर्विरोध । यी अन्तर्विरोधहरूमा अहिले पनि तेस्रो तहको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध रहिआएको छ र अहिले पनि क्रान्ति नै विश्वको मूल प्रवृत्ति हो । परन्तु, विशेषमननीय कुरा के छ भने क्रान्तिलाई सही दिशामा अगाडि बषउनका लागि विश्व सर्वहारावर्गकै आत्मगत अवस्था यो बेला निकै कमजोर रहेको छ ।
अहिले विश्वमा भूमण्डलीकृत साम्राज्यवाद र नवउदारवादको प्रभुत्व चयन उत्कर्षमा पुगेको छ । एकाधिकारी वित्तीय पुँजी र बहुराष्ट्रिय कम्पनीहरूको हैकम तीब्र रूपमा बढ्दै गएको छ । राजनीति, अर्थतन्त्र, संस्कृति, युद्धकला, विज्ञान, प्रविधि, सूचना–सञ्चार–सबै क्षेत्रमा भूमण्डलीकृत साम्राज्यवादले कब्जा जमाएको छ । यो क्रान्तिका लागि निकै प्रतिकूलता हो । परन्तु, केही समय यता परिस्थिति विस्तारै फेरिदै छ । नवउदारवादी अर्थतन्त्र र संसदीय लोकतन्त्र आर्थिक तथा राजनीतिक दुवै दृष्टिले भयावह संकटको भुमरीमा फस्तै गइरहेका छन् र संरक्षणवाद फासिवादतर्फ उद्यत छ । नवउदारवाद र संरक्षणवाद दुवै भूमण्डलीकृत साम्राज्यवादको भिन्न पाटा हुन् र ती दुवैसित साम्राज्यवादी संकटको दीर्घकालीन समाधान तथा सामना गर्न सक्ने सामथ्र्य छैन । यो क्रान्तिका लागि अनुकूलता हो ।
तर, यति हुँदा हुँदै पनि आज क्रान्तिका सामु गम्भीर चुनौती खडा भएका छन् । ती चुनौतीहरूलाई दुई भागमा वर्गीकृत गर्न सकिन्छ, ती हुन–भौतिक चुनौती र वैचारिक चुनौती । अहिलेको भौतिक चुनौती भनेको साम्राज्यवाद समस्त सम्पदा र शक्तिका स्रोत तथा साधनहरूलाई आफ्नो कब्जामा लिन र केन्द्रीकरण गर्न समर्थ हुनु हो । त्यति मात्र होइन, पुराना प्रतिक्रियावादी तथा साम्राज्यवादी शक्तिहरू जनमानसमा नाङ्गिदै गएको स्थितिमा नयाँ साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरू पुरानोको बिँडो थाम्न लामबद्ध हुन पुगेका छन् । यो काम आज नामधारी कम्युनिष्ट तथा कथित बाम शक्तिबाट भइरहेको छ ।
आज प्रतिक्रियावादीहरूले वैचारिक क्षेत्रमा गंभीर चुनौतीहरू तेस्र्याइरहेको छन् । यो काम उनीहरूको माक्र्सवाद असफल भयो भन्ने होहल्ला मच्चाएर, माक्र्सवादले प्रस्तुत गर्दै आएको वर्ग तथा वर्गसंघर्षका विरुद्ध जाति, जात, लिङ्ग, नस्ल तथा पहिचानको मान्यता पेश गरेर नयाँ तथा पुराना सबैखाले संशोधनवाद, नवमाक्र्सवाद, उत्तर माक्र्सवाद तथा उत्तर–आधुनिकतावादका बीच माक्र्सवादविरोधी मोर्चा बनाएर पुरा गरिरहेका छन् । यी सबै क्रान्तिका लागि गम्भीर प्रतिकुलता हुन् ।
तर, माक्र्सवादले परिस्थितिको नकारात्मक मात्र होइन सकारात्मक पाटोलाई पनि हेर्न सिकाउँछ । माक्र्सवादले हामीलाई प्रतिकूलता र अनुकूलता चुनौती र सम्भावना तथा प्रतिक्रान्ति र क्रान्तिका बीचको द्वन्द्वात्मक सम्बन्धलाई पनि अध्ययन गर्न सिकाउँछ । माक्र्सवादी द्वन्द्ववाद आलोचनात्मक र क्रान्तिकारी दुवै रहेको छ ।
माओले साम्राज्यवाद र तमाम प्रतिक्रियावादीहरूको दोहोरो स्वरूपमाथि भौतिकवादी द्वन्द्ववादका आधारमा प्रकाश पार्दै भन्नुभएको थियो– साम्राज्यवाद र सबै प्रतिक्रियावादीहरूलाई सारतत्वको दृष्टिले, दीर्घकालीन दृष्टिले रणनीतिका दृष्टिले तिनको वास्तविक स्थितिका आधारमा कागजी बाघका रूपमा नै हेर्नु पर्दछ । यसै आधारमा हामीले रणनीतिसम्बन्धी विचारहरूको निर्माण गर्नुपर्दछ । अर्कोतिर ती जिउँदा बाघ पनि हुन्, फलामका बाघ पनि, साँचा बाघ पनि हुन्, जसले मानिसलाई खान सक्तछन् । यसै आधारमा हामीले आफ्ना कार्यनीति र युद्धकलासम्बन्धी विचारहरूको निर्माण गर्नु पर्दछ । माओका यी भनाइहरू विशेष मननीय रहेका छन् ।
वर्तमान साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा प्रतिक्रान्तिका निर्धारक साम्राज्यवादी र क्रान्तिका निर्धारक शक्ति सर्वहारावर्ग हुन् । आज बाह्य रूप र तत्कालिन दृष्टिले साम्राज्यवाद बलियो र सर्वहारावर्ग कमजोर अवस्थामा छन् । परन्तु, यो क्षणिक कुरा हो । सारतत्व र दीर्घकालीन दृष्टिले साम्राज्यवाद कमजोर र सर्वहारावर्ग बलवान रहेका छन् । यो भौतिकवादी द्वन्द्ववादमा आधारित माक्र्सवादी भविष्य दृष्टि हो । यस सच्याइलार्य हामीले राम्रोसित आत्मसात् गर्नुपर्दछ ।
क्रान्तिका सामु उपस्थित चुनौतीहरूको सामना गर्नका लागि हामीले माक्र्सको शिक्षाहरूलाई, माक्र्सवाद–लेनिनवाद– माओवादलाई दह्रोसित पकडनु पर्दछ । यस सन्दर्भमा ध्यान दिनुपर्ने केही मूल विषय यी हुन् ।
पहिलो, माक्र्सवाद संघर्षको सिद्धान्त हो । हाम्रा सामु प्रतिक्रियावाद तथा संशोधनवादद्वारा जुन भौतिक तथा वैचारिक चुनौतीहरू खडा गरिएका छन्, तिनको सामना संघर्षकै बीचबाट गर्नुपर्दछ । हामी संघर्षका बीचबाट सिक्तै र समृद्ध बन्दै अगाडि बढ्नु पर्दछ ।
दोस्रो, क्रान्तिका लागि क्रान्तिकारी संगठनलाई विकसित तुल्याउनु पर्दछ । सर्वहारा वर्गको राजनीतिक संगठनका रूपमा कम्युनिष्ट पार्टीलाई क्रान्ति गर्न योग्य बनाउनु पर्दछ । कम्युनिष्ट अन्तर्राष्ट्रियको निर्माणका लागि आज विशेष पहल गर्न आवश्यक छ ।
तेस्रो, क्रान्तिका लागि संयुक्त मोर्चाको पनि आवश्यकता पर्दछ । आज क्रान्तिकारीहरूले विश्व तथा क्षेत्रीय दुवै स्तरमा साम्राज्यवाद तथा प्रतिक्रियावादका विरुद्ध संयुक्त मोर्चाको निर्माण गर्नु पर्दछ ।
चौथो, क्रान्तिका लागि पैदा हुँदै आएका नयाँ समस्याहरूको सामना गर्न, समस्याहरूको सामना गर्न, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय क्षेत्रमा हुँदै आएको विकास प्रक्रियालाई ठम्याउन र तदनुरूप रणनीति तथा कार्यनीति निर्माण गर्न विचारको क्षेत्रमा विकास गर्दै जानु पर्दछ ।
माक्र्सवादको भविष्य
माक्र्सवादको भविष्य समुज्ज्वल छ । किनकि त्यो विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिसित जोडिएको छ । आज सर्वहारा वर्ग मात्र होइन, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिमसहितका जनसमुदाय पनि सामन्तवाद, साम्राज्यवाद र विभिन्न खाले प्रतिक्रियावादको उत्पीडनको शिकार हुँदै आएका छन् । सर्वहारावर्गले उत्पीडित जात, नस्ल, जाति, लिङ्ग आदि जनसमुदायको पहिचानको सम्मान गर्नु पर्दछ र उत्पीडित जनसमुदायले पनि सर्वहारा वर्गको वर्गीय पहिचानको पक्षमा बोल्नु पर्दछ । सर्वहारावर्ग र उत्पीडित जनसमुदाय बीच बलियो एकता कायम हुनु पर्दछ । आखिर, वर्ग समाजमा सबै उत्पीडन आफ्नो सारतत्वमा वर्गीय उत्पीडनकै अभिव्यक्ति हुन् । सर्वहारावर्ग र उत्पीडित जनसमुदायको मुक्तिका लागि माक्र्सवादले नै पथप्रदर्शन गर्दछ ।
वर्तमान विश्वमा संकटग्रस्त तथा बर्बर साम्राज्यवादको विकल्प माक्र्सवाद मात्रले प्रस्तुत गर्न सक्तछ र त्यो विकल्प भनेको वैज्ञानिक समाजवाद हुँदै साम्यवाद जानु हो । साम्यवाद वस्तुतः नयाँ मानवतावाद हो ।
माक्र्सवाद सर्वहारावर्ग र उत्पीडित जनसमुदायको मुक्तिको सिद्धान्तको साथै क्रान्तिको विज्ञान पनि हो । विज्ञान समृद्ध हुन सक्तछ, थप विकसित हुँदै जान सक्तछ, परन्तु असफल हुन सक्तैन । द्वन्द्वात्मक भौतिकवादको पुष्टि प्रकृति विज्ञानद्वारा हुँदै आएको छ । माक्र्सवाद स्थिर रहन सक्तैन, यो गतिशील विज्ञान हो र यसले प्रयोगको माग गर्दछ । यसको विकास प्रयोगका बीचबाटै हुने गर्दछ ।
कार्ल माक्र्स र माक्र्सवादको विकासबारे
विश्व सर्वहारा र उत्पीडित वर्गका महान् नेता र शिक्षक कार्ल माक्र्सको द्विशतवार्षिकीलाई विश्वभरिकै कम्युनिस्ट पार्टीहरूले अलग अलग रूपमा मनाउका छन् । यसका साथै र संयुक्त विज्ञप्तिमार्फत् ऐक्यबद्धता पनि प्रकट गरेका छन् । माक्र्सवाद र यसका प्रणेता कार्ल माक्र्स विश्वभर विषवमन गर्ने र यसको जरो किलो उखेल्नका लागि टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका नेता र तिनका संगठनहरू पनि जनताका आँखामा छारो हाल्नकै लागि पनि माक्र्सको द्विशतवार्षिकी मनाउन बाध्य भइरहेका छन् । हामी कम्युनिस्टहरूले आफ्ना महान् गुरु र शिक्षक कार्लमाक्र्सको उच्च सम्मान र वहाँका योगदानको महत्वलाई स्थापित गराउँदै माक्र्सवादलाई आजको विश्व परिस्थितिको सापेक्षतामा क्रान्तिका कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस र छलफललाई गहिरोसँग अगाडि बढाउने अवसरका रूपमा यसको सदुपयोग गर्नु आवश्यक छ । यो सानो लेखमा माक्र्सवादको जन्म र कसरी यो वैज्ञानिक सिद्धान्तले गुणात्मक विकास गर्दै माक्र्सवाद–लेनिनवाद– माओवाद आजको युगको माक्र्सवाद बन्न गयो र यसमा विश्व कम्युनिस्ट आन्दोलनको के भूमिका रहेको छ भन्ने विषयमा समेत संक्षिप्त चर्चा गर्ने चलन प्रयत्न गरिएको छ ।
माक्र्सवाद आफ्नो उदय र प्रारम्भदेखि नै अन्तर्राष्ट्रिय श्रमिक र मजदुर आन्दोलनसँग जोडिएको छ । माक्र्सले निकै कठिन संघर्षका बीचमा पहिलो अन्तर्राष्ट्रियको गठनमा महत्वपूर्ण योगदान गर्नु भयो । त्यही अन्तर्राष्ट्रिय संगठनलाई मार्गदर्शन गर्ने दस्ताबेजका रूपमा आफ्ना सहयोद्धा एंगेल्ससँगै मिलेर ‘कम्युनिस्ट’ पार्टीको घोषणा पत्र तयार पार्नु भयो । यो नै माक्र्सवादको आधार तयार पार्ने पहिलो दस्ताबेज बन्न पुग्यो ।
माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । यो कुनै जडसूत्र होइन, अपितु क्रान्तिको मार्गदर्शक हो । लेनिनको भनाइमा माक्र्सवाद एउटा जडसुत्र होइन, यो क्रान्तिको मार्ग दर्शक हो ।’ ९ःबचहष्कm ष्क लयत ब मयनmब, दगत नगष्मभ तय बअतष्यल०, कम्युनिष्टहरूले यसै रूपमा माक्र्सवादलाई आत्मसात गर्दछन् र यसलाई क्रान्तिको विज्ञानको रूपमा ग्रहण गर्दछन् । माक्र्सवाद क्रान्तिमा प्रयोग हुने सिद्धान्त भएको हुनाले यो निरन्तर विकासको क्रममा अघि बढिरहन्छ । सच्चा कम्युनिस्टहरूले माक्र्सवादको रक्षा गर्नु पर्छ । यसलाई आफ्नो देशलाई क्रान्ति सम्पन्न गर्ने कामको मार्ग दर्शनका निमित्त प्रयोगमा ल्याउनु पर्दछ । क्रान्तिमा गरिने प्रयोगद्वारा नै यसको विकास पनि हुने गर्दछ । माक्र्सवादको प्रथम सफल प्रयोग लेनिनको नेतृत्वमा रुसको अक्टुबर क्रान्ति सफल गर्नका लागि गरियो । माक्र्सवादको गुणात्मक विकासद्वारा नै माक्र्सवाद–लेनिनवाद बन्न गयो । त्यसैगरी माक्र्सवाद–लेनिनवादको सफल प्रयोग माओले नेतृत्व गर्नु भएको चीनी कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा सम्पन्न चीनको नयाँ जनवादी क्रान्ति र त्यसपछि समाजवादको विकासका दौरानमा गरियो । त्यसपश्चात् माक्र्सवाद–लेनिनवादको तेस्रो गुणात्मक चरणको विकास भयो माक्र्सवाद– लेनिनवाद –माओवाद ।
पहिलो, अन्तर्राष्ट्रियको विघटन भएपछि गठन भएको दोस्रो अन्तर्राष्ट्रियको माक्र्सको देहान्त भएपछि एंगेल्सले नेतृत्व गर्नु भयो । दोस्रो अन्तर्राष्ट्रियमा विभिन्न प्रकारका गैर माक्र्सवादी प्रवृत्तिसँगको संघर्षका दौरानमा यो विभिन्न गुटहरूमा विभाजित भयो । सन् १९१७ को रुसी अक्टुबर क्रान्तिका महानयक लेनिनको सक्रिय पहल र नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रियको गठन भयो । फासिवादी जर्मनीले नेतृत्व गरेको जर्मनी, इटाली, जापान लगायतका देशहरूको गठबन्धनका विरुद्ध तत्कालीन सोवियत संघ, अमेरिका, बेलायत, फ्रान्स आदि देशको संयुक्त मोर्चा गठन गर्ने सन्दर्भमा मोर्चामा आबद्ध साम्राज्यवादी राष्ट्रहरूले कोमिन्टर्नको विघटनको सर्त राखे । फासिवादी अन्तर्राष्ट्रिय मोर्चाको गठनलाई प्राथमिकता दिँदै तेस्रो अन्तर्राष्ट्रियको विघटन गरिएको थियो । समाजवादी शिविर र समाजवादी क्रान्तिको अन्तर्राष्ट्रिय केन्द्र तत्कालीन सोवियत संघको रक्षा गर्नुपर्ने आवश्यकतालाई मुख्य कारण बनाएर तेस्रो अन्तर्राष्ट्रियको विघटन गर्नु ठिक थियो कि बेठिक भन्ने बहस अहिले पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कसै कसैले उठाउने गरेको पाइन्छ ।
दोस्रो अन्तर्राष्ट्रियको विघटन भएको र सच्चा कम्युनिस्ट पार्टीहरूको कुनै पनि अन्तर्राष्ट्रिय स्तरको संगठन वा केन्द्र नभइरहेको अवस्थामा सन् १९८४ मा ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन’९च्क्ष्ः० को गठन हुनु सकारात्मक कदम थियो । ‘रिम’ले त्यसपछिको लगभग दुई दशकसम्म पु¥याएको योगदानको विश्वका माओवादी पार्टी र संगठनहरूले अत्यन्त सकारात्मक मूल्याङ्कन गरेका थिए । परन्तु, विशेषतः तत्कालीन नेकपा (माओवादी)का प्रमुख नेता प्रचण्डमा देखापरेको दक्षिणपन्थी अवसरवादी भड्काव र प्रतिक्रियावादी शक्तिहरूसँगको आत्मसमर्पण तथा आरसीपी अमेरिकाका अध्यक्ष बबअवाकिनमा देखापरेको माक्र्सवादकै विसर्जनको प्रवृत्तिका कारण रिस यतिखेर अकर्मण्यता र विसर्जनको अवस्थामा पुगेको छ । तथापि, जुन वेलासम्म ‘रिम’ भित्र यो समस्या देखापरेका थिएनन् र त्यो अन्तर्राष्ट्रिय केन्द्र सक्रिय थियो, त्यसले महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला त्यसले वैचारिक क्षेत्रमा गरेको एउटा महत्वपूर्ण कार्यभार थियो – माओको शतवार्षिकी (सन् १९९२ डिसेम्बर) मा पारित गरेको ‘ माक्र्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद !’ भन्ने दस्ताबेज । यो दस्ताबेजले विगतमा माक्र्सवाद–लेनिनवादको विकासमा माओले गरेको योगदानलाई विगतमा गरिएको ‘माओ विचारधारा’ भन्ने संश्लेषणभन्दा माथि उठेर माक्र्सवाद–लेनिनवाद –माओवाद पदावलीको प्रयोग गर्नु पर्दछ भन्ने कुराको स्पष्ट निर्णय गर्नुका साथै त्यहाँ स्तरमा माओवादलाई ग्रहण गर्नु पर्दछ भन्ने कुरामा जोड दिएको छ । रिमको यो ऐतिहासिक निर्णयले रिममा आबद्ध नभएका माओवादी पार्टीहरूलाई पनि यो सोचप्रति आकर्षित गरेको थियो । यस सन्दर्भमा रिममा आबद्ध नभएको भाकमा (माओवादी) लगायत अन्य माओवादी पार्टी र संगठनले पनि आफ्ना पार्टीको मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद– माओवाद पदावली नै प्रयोग गर्ने निर्णय गरिसकेका छन् । हाम्रो गौरवशाली पार्टी नेकपा(क्रान्तिकारी माओवादी) ले आफ्नो पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद –माओवादलाई मान्दै आएको कुरा त जग जाहेर नै छ । हामीले माक्र्सवादको महत्व र विकाससम्बन्धी विषयको छलफललाई अघिबढाइरहँदा रिम कमिटीको दोस्रो विस्तारित बैठकले मालेमावाद–जिन्दावाद ! भन्ने दस्ताबेज पारित गर्दा गरिएको पछिल्लो संश्लेषणसम्बन्धी एउटा उद्धरण प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ ः
“कार्लमाक्र्सले आजभन्दा झण्डै १७७ वर्षअघि सबैभन्दा पहिले क्रान्तिकारी साम्यवादको विकास गरे । आफ्ना सहयोद्धा फ्रेडरिक एङ्गेल्सको सहयोगमा उनले एउटा विस्तृत दार्शनिक पद्धति, द्वन्द्वात्मक भौतिकवादको विकास र आधारभूत विषयहरूको अन्वेषण गरे जसले मानव जातिको इतिहासलाई आकार दियो ।
“माक्र्सले राजनीतिक अर्थशास्त्रको विज्ञानको विकास गर्नुभयो । जसले सर्वहारावर्गको शोषण र पुँजीवादी उत्पादन प्रणालीमा अन्तर्निहित अराजकता र अन्तर्विरोधलाई उदाङ्ग पारे । कार्लमाक्र्सले अन्तर्राष्ट्रिय सर्वहारा वर्गसँग नजिकको सम्बन्ध राखेर उनीहरूको सेवा गर्ने क्रान्तिकारी सिद्धान्तको विकास गर्नुभयो । उनले पहिलो अन्तर्राष्ट्रियको निर्माण गरे । एङ्गेल्ससँगै मिलेर उनले गुन्जायमान हुने “संसारका मजदुर एक होऔँ” भन्ने नारासहितको ‘कम्युनिस्ट घोषणापत्र’ लेख्नुभयो । माक्र्सले सन् १८७१ को सर्वहारा वर्गको सत्ता कब्जा गर्ने पहिलो महान् प्रयास पेरिस कम्युनका विषयमा धेरै ध्यान दिए र यसका शिक्षाहरूको समिक्षा गर्नुभएको थियो ।”
यसका साथै सर्वहारा वर्गलाई वहाँले सिकाउनु भयो कि बलप्रयोग बिना उनीहरूले सत्ता कब्जा गर्नु सम्भव छैन । यसप्रकार सत्ता हस्तान्तरणसम्बन्धी सबै प्रकारका भ्रमहरूलाई चिर्दै क्रान्तिद्वारा सत्ता प्राप्त गर्नुपर्ने अनिवार्यतालाई वहाँले स्पष्ट पार्नुभयो । यसका साथै वहाँले यो पनि स्पष्ट पार्नुभयो कि सर्वहारा वर्गले बनिबनाउ राज्यसत्तालाई प्रयोग गर्न सक्दैनन्, पुरानो सत्तालाई ध्वस्त पारेर नयाँ सत्ताको स्थापना गर्नुपर्छ । यसका साथै सर्वहारा वर्गको अधिनायकत्व लागु गरेर मात्र वर्गहरूलाई समाप्त गर्न र सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सर्वाधिक महत्वको विषयको पनि उजागर गर्नु भयो । समग्रमा, माक्र्सले विकास गरेका उपरोक्त विचार, दृष्टिकोण र पद्धतिलाई माक्र्सवाद भनिन्छ ।” ……यसले सर्वहारावर्गको विचारधाराको विकासमा पहिलो कोसेढुंगाको प्रतिनिधित्व गर्दछ ।”
माक्र्सवाद निरन्तर विकास भइरहने समाज विज्ञान हो । यसको विकास सफल प्रयोगबाट मात्र हुन सक्दछ । सर्वप्रथम यसको सफल प्रयोग गर्ने श्रेय लेनिनलाई जान्छ । वहाँले माक्र्सवादको रचनात्मक प्रयोग सन् १९१७ को फरवरी क्रान्ति र विशेषत ः अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रममा गर्नुभयो । माक्र्सवादका तीन संघटक अंगदर्शन, राजनीतिक अर्थशास्त्र वैज्ञानिक समाजवाद भएको विस्तृत व्याख्या लेनिनले गर्नुभयो र आफैँले तीनैवटा संघटक अंगको विकासमा योगदान गर्नुभयो । यसका साथै, लेनिनले माक्र्सवादको सफल प्रयोग रूपमा सम्पन्न अक्टुबर क्रान्तिमा गर्नुभयो । माक्र्सवादको गुणात्मक विकासलाई लेनिनवाद भनिन्छ ।
यसै क्रममा, वैज्ञानिक समाजवाद र साम्यवादको व्याख्यासहितको पहिलो दस्ताबेज, कम्युनिस्ट घोषणापत्रको प्रकाशन सन् १८४८ मा प्रकाशित माक्र्स र एंगेल्सको कम्युनिस्ट घोषणापत्रले यो सिद्धान्तलाई एकीकृत र व्यवस्थित रूपमा खुलासा ग¥यो । यस्तो खुलासा जुन आजसम्म सबैभन्दा राम्रो भन्ने कुरा स्थापित भएको छ ।” (लेनिन, छानिएका कृतिहरू, पृ १७ अंग्रेजी)
कम्युनिस्ट घोषणापत्रले युगान्तकारी महत्व राख्दछ । यसले विश्वको इतिहासलाई नै ठुलो प्रभाव पारेको कुरा लेनिनको यो कथनले पुष्टि गर्दछ, “त्यसपछि विश्व इतिहास स्पष्टरूपमा तीन कालमा विभाजित भएको छ ः१) सन् १८४८ को क्रान्तिदेखि पेरिस कम्युन (१८७१) सम्म, २) पेरिस कम्युनदेखि १९०५ को रुसी क्रान्तिसम्म र ३) उक्त रुसी क्रान्तिबाट अगाडि ।”
लेनिनको गर्नुभएको संश्लेषणअनुसार कम्युनिष्ट घोषणापत्रको प्रकाशन हुने बित्तिकै यो स्थापित भइहाल्न सकेन । त्यतिखेर देखापरेका र प्रचारमा आएका विभिन्न प्रकारका “समाजवाद”ले मजदुर आन्दोलनलाई दिग्भ्रमित बनाएका थिए । सुरु सुरुमा त माक्र्सको सिद्धान्तलाई पनि यिनै “समाजवाद” जस्तै एउटा होला भन्ने ठानिएको थियो । विभिन्न किसिमका पुँजीवादी र सुधारवादी नाराहरू दिएर नक्कली समाजवादीहरूले ठुलो भ्रम छरेका थिए । तर सन् १८४८ मा भएका क्रान्तिकारी संघर्षहरूले यी माक्र्सवादपूर्वका कथित समाजवादीहरूको चरित्रलाई उदांग पारिदिए । यसै वर्षको जुन महिनामा पेरिसमा गणतन्त्रवादी पुँजीपतिवर्गको सरकारले मजदुरहरूमाथि गोली चलाएर हत्या गरेपछि के साबित भयो भने सच्चा समाजवादका लागि लड्ने दिगो शक्ति भनेको मजदुर वर्ग नै रहेछ । निर्वर्गीय धारणा राख्ने सबै सुधारवादीको चरित्रको पर्दाफास भयो । लेनिनको भनाइअनुसार, “निम्नवर्गीय समाजवाद र निर्वर्गीय राजनीतिका सबै सिद्धान्तहरू केवल वाहियात साबित भए ।” (उपरोक्त पृ. १८) । लेनिनले परिभाषित गर्नुभएको यो चरणको अन्तिमतिर आइपुग्दा ऐतिहासिक क्रान्तिकारी आन्दोलनहरू सम्पन्न भए । सर्वहारा वर्गले शास्त्रबलद्वारा इतिहासमा पहिलोपल्ट सत्ता कब्जा गरेको पेरिस, कम्युन १८७१ मा सम्पन्न भयो । यसले विश्व कम्युनिस्ट आन्दोलनका लागि ठुलो आधार तयार ग¥यो, मजदुर वर्गले आफूमा भएको शक्ति र क्षमताको राम्रोसँग परिचय दियो । यसका साथै माक्र्सको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रियको पनि यसै अवधिमा गठन भयो ।
दोस्रो कालखण्ड (१८७२ – १९०४) तुलनात्मक रूपमा शान्तिपूर्ण विकासको काल रह्यो । रुस र केही देशहरूमा क्रान्तिकारी आन्दोलन त उठे, तर विश्वव्यापी रूपमा विचार गर्दा तुलनात्मक रूपमा शान्तिपूर्ण काल रहयो । यस अवधिमा संसारका विभिन्न देशमा सर्वहारा वर्गका पार्टीहरू गठन भए कम्युनिस्ट पार्टीहरू बने ।
तेस्रो कालखण्मा विश्वको सबैभन्दा ठुलो देश रूपमा १९१७ मा अक्टुबर क्रान्ति सफल भयो । यसको सामान्यतया विश्वव्यापी रूपमा र विशेषतः एशिया महादेशका देशहरू चीन, भियतनाम, कोरिया, कम्बोडिया, लाओस आदि देशहरूमा धेरै ठुलो प्रभाव प¥यो । माक्र्सवादले गुणात्मक र दोस्रो चरणको विकास ग¥यो । माक्र्सवाद दोस्रो चरणको विकास पछि माक्र्सवाद– लेनिनवादमा विकसित भयो । स्तालिनले लेनिनवादलाई सर्वहारा क्रान्ति र साम्राज्यवादी युगको माक्र्सवाद भन्ने व्याख्या प्रस्तुत गरे ।
उपरोक्त देशहरूमा माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने त्यहाँका कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिहरू सफल भए । सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा संसारै हल्लाउने नयाँ जनवादी क्रान्ति सफल भयो । सन् १९५६ मा चिनले समाजवादी व्यवस्थामा फड्को हान्यो । विश्व नै समाजवादमय, कम्युनिस्टमय बनेजस्तो भयो ।
यो परिस्थितिको विपरीत यसै समयमा रुसमा त्यहाँको कम्युनिस्ट पार्टीको महासचिव खुश्चेवको नेतृत्वमा प्रतिक्रान्ति भयो र समाजवादी रुसमा पुँजीवादको पुनस्र्थापना गरियो । त्यसको नकारात्मक प्रभाव चिनमा पनि प¥यो । चिनियाँ कम्युनिस्ट पार्टीभित्रका पुँजीपन्थीहरूले चिनमा पनि रुसकै जस्तो पुँजीवादको पुनस्र्थापना गर्ने ठुलो प्रयास गरे । पार्टीभित्र भीषण दुईलाइन संघर्ष चल्यो ।
सन् १९६६ देखि माओको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टीले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको प्रारम्भ ग¥यो । पार्टीभित्रका पुँजीपन्थीहरू पराजित भए । कतिपयले महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई चीनी कम्युनिष्ट पार्टीभित्रका पुँजीपन्थीविरुद्धको अभियानका रूपमा बुझ्ने र व्याख्या गर्ने गरेका छन् । यसको उद्देश्य पुँजीपन्थीहरूलाई पराजित गर्नु मात्र थियो भन्ने गर्दछन् । वास्तवमा यो बुझाइमा त्रुटी रहेको छ । महान्् सर्वहारा सांस्कृतिक क्रान्तिले पुँजीपन्थीहरूलाई पराजित गरेको कुरा सत्य हो, तर यसको उद्देश्य त्यति मात्र थिएन । स्वयम् माओले यसको उद्देश्य ‘विश्व दृष्टिकोणको समस्या समाधान गर्ने हो’ भनी स्पष्ट पार्नुभएको छ ।
कतिपयले सर्वहारा सांस्कृतिक क्रान्तिलाई चीनको आन्तरिक मामिला भन्ने विश्लेषण गरेको पाइन्छ । परन्तु, महान् सर्वहारा साँस्कृतिक क्रान्ति समाजवादी समाजमा पनि वर्ग संघर्ष जारिराख्नु पर्दछ भन्ने सिद्धान्तमा आधारित छ । चीनको आन्तरिक मामिला मात्र नभएर यो सार्वभौमिक सिद्धान्त हो । यो सिद्धान्त माक्र्सवाद–लेनिनवादको विकासमा माओको महत्वपूर्ण योगदान हो । यसरी समग्रमा माओले माक्र्सवाद–लेनिनवादलाई तेस्रो र गुणात्मक रूपमा माथि उठाउनु भयो र सर्वहारा वर्गको सिद्धान्त अझ उच्चस्तरमा विकास गरेर माक्र्सवाद–लेनिनवाद–माओवाद बन्न पुग्यो । यो झन् समृद्ध र सर्वहारा वर्ग र उत्पीडित जनताको झन् शक्तिशाली हतियार बन्न पुगेको छ । माओवादको मूल्याङ्कन माक्र्सवाद–लेनिनवाद– माओवाद जिन्दावाद ! भन्ने दस्ताबेजले निम्न अनुसार गरेको छ, “……माओवाद केवल माओका महान् योगदानहरूको योगफल मात्र होइन । यो त माक्र्सवाद–लेनिनवादको विस्तृत र चौतर्फी विकास गरेर नयाँ र उच्च चरणमा पुगेको विषय हो । माक्र्सवाद– लेनिनवाद – माओवाद एउटा अविभाज्य समग्रता हो । यो त कार्लमाक्र्स, भिआइ लेनिन र माओत्सेतुङले सर्वहारा वर्ग र मानव जातिले वर्ग संघर्ष, उत्पादनका निम्ति संघर्ष र वैज्ञानिक प्रयोगको अनुभवका आधारमा नयाँ चरणमा संश्लेषित र विकसित माक्र्सवादबाट माक्र्सवाद– लेनिनवाद र त्यसबाट माक्र्सवाद – लेनिनवाद–माओवाद सर्वहारावर्गको विचारधारा हो ।”.(उपरोक्त) ।
उक्त दस्ताबेजमा अझ अगा िभनिएको छ, “यो यस्तो अजेय हतियार हो, जसले सर्वहारा वर्गलाई यो संसारलाई बुझ्न र क्रान्तिद्वारा बदल्नका निमित्त योग्य बनाउँछ । माक्र्सवाद–लेनिनवाद– माओवाद सार्वभौमिकरूपमा लागु हुने, जीवन्त र वैज्ञानिक सिद्धान्त हो, क्रान्ति गर्नका लागि लागु गर्दा तथा सामान्यतया मानव जातिले हासिल गरेको ज्ञानका आधारमा निरन्तर विकास र अझ समृद्ध बनाइरहन्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद सबै किसिमका संशोधनवाद र जडसूत्रवादको दुस्मन हो । यो सर्वशक्तिमान छ किनभने यो सत्य छ ।”
कतिपय माओवादी संगठनले कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त– माक्र्सवाद– लेनिनवाद– माओवाद, मुख्यतः माओवाद भन्ने पदावलीको प्रयोग गर्नुपर्ने बताउँछन् । तर, त्यसोगर्दा माक्र्सवाद– लेनिनवाद मुख्य होइन भन्ने अर्थ लाग्न सक्दछ, जुन कुरा गलत हो । लेनिनवादको विकासको जग र आधार माक्र्सवाद हो, माओवादको जग र आधार माक्र्सवाद–लेनिनवाद हो । माक्र्सवाद – लेनिनवाद–माओवादको विकास चौथो चरणमा पनि हुन सक्ला, त्यतिबेला पनि माक्र्सवादको महत्व र आवश्यकता रहिरहने छ ।


