बित्तिय संस्थाहरुले जनतामथि लादेको शोसण बन्द नगरे कडा प्रतिकार !

काठमाडौँ । जिल्ला जनपरिषद ईलामले बित्तिय संस्थाहरुले जनतामथि लादेको शोसण बन्द नगरे कडा प्रतिकार गर्ने बताएको छ ।
जनपरिषदले एक चेतावनी सहितको बिज्ञप्ती जारी गर्दै किस्ता र ब्याज असुल्न तुरुन्त रोक्नु पर्ने र जनतालाई नतिर्न अनुरोध पनि गरेको छ । शनिवार जनपरिषद ईलामका प्रमुख अबिनाशद्वारा जारीबिज्ञप्तीमा यतिबेला देशकै आर्थिक अवस्था असन्तुलित भएको मौका छोपी बित्तिय संस्थाहरुले गाउँ गाउँ पसेर गरेको लुटपाट र त्यसले जनतामा परिरहेको गम्भीर असरको बिषय उल्लेख गर्दै यो हर्कत तुरुन्त रोक्न भनिएको छ । बिज्ञप्तीमा ‘ ऋणीहरुको घरबार उठिबास लागिरहेको, परिवार सहित बेपत्ता बन्नु परेको, आत्माहत्या सम्म गर्नु पर्ने अवस्था आएकोले यस्तो अवस्था हाम्रो पार्टी र जनपरिसद ईलामले हेरेर मात्र नबस्ने कुरा बताईएको छ । आर्थिक अवस्था सन्तुलुत नहोउन्जेल किस्ता लिन बन्द गर्नु पर्ने र कानुनी डंका पिटेर किस्ता ब्याज अशुल्न खोजे प्रतिकार गर्ने भनिएको छ । यतिबेला हाम्रो देशमा पैदा भएको बित्तिय संकटका कारण आम जनता र देश ठुंलो संकटबाट गुज्रनु परिरहेको छ । जनताले सामन्य दैनिकि गुजारा गर्नपनि कठिन भएको यो अबस्थामा बित्तिय संस्थाहरुले जनताहरुलाई सस्तो ब्याजको बहानामा विभन्न शिर्सकमा पैसा लगानि गरिरहेका छन । जुन सिर्षकमा रिण प्रवाह गरेको हो त्यो काम भयो भएन न कुनै अनुगमन वा प्रोत्साहन केही भएको पाईदैन । जे गरेर हुन्छ आफ्नो पैसा लगानि गर्ने र चर्को ब्याज असुल्दै आम जनतालाइ चुस्ने र कङ्गाल बनाउने काम मात्र गरिरहेको देखिन्छ ।
यस्ता निजि बित्तिय संस्था तथा बैंकहरुले गरिब जनताहरुलाई मिठा मिठा सपना देखाएर आफ्नो लगानि गरे पनि अन्तत परिणाममा आम जनताको जिवन झन कस्टकर बन्दै गैरहेको छ । जनताले बितिय संस्था हरुको रिणका कारण आफ्नो घर जग्गा समेत त्यहि बितिय संस्थाहरुलाई बुझाउनु परिरहेको स्थिती व्यापक बन्दै गैरहेको छ । यतिबेला बैंकहरुले आर्थिक संकट को कारण देखाई लगानि नगरेको तर ब्याज र किस्ता मात्र उठाइरहेको स्थिती छ । पर्याप्त लगानिको अभाव र सन्तुलित नितिको अभावको कारण जनताहरुले ब्याज र किस्ता बुजाउन सकिरहेका छैनन । यिनै कारणहरुले घरजग्गा नै लिलाम हुने स्थिति बनेको कतिपयले घरबार नै छाडेर बेपत्ता हुनु परेको, कतिपयले त आत्महत्या सम्म गर्ने दु:खद परिस्थिति बनिरहेको छ ।
अत: यस्तो बिसम परिस्थितिमा जनताको आर्थिक अवस्थालाई मध्यनजर गर्दै देशको आर्थिक अबस्था सन्तुलित भै जनताको दिनदैनिकि सहज नहुदा सम्म सम्पुर्ण वितिय सस्था तथा वैंकहरुलाई लगानि गरेको ब्याज र किस्ता नउठाउन बिशेष अनुरोध गरिन्छ । यदि यो अनुरोधको बेवास्ता गरिए र कानुन को डङ्का पिट्दै जनतालाई थप किस्ता तिर्न बाध्य बनांउदै अगाडि बढे त्यसका बिरुद्ध हाम्रो पार्टीले जनतालाई साथमा लिएर कडाभन्दा कडा सङ्घर्ष गर्ने कुरापनि यसै बिज्ञप्तीमार्फत जानकारी गराइएको छ ।