‘एक्लाएक्लै बसेर कम्यनिस्टहरुको उद्देश्य पूरा हुँदैन ‘

२०८० बैशाख ९ गते, शनिबार


काठमाडौं । नेकपा मशालका प्रवक्ता रामप्रसाद पुरीले एक्ला एक्लै बसेर कम्यनिस्टहरुको उद्देश्य पूरा नहुने ठोकुवा गरेका छन् । नेकपाद्वारा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।
जनसभालाई सम्बोधन गर्दै नेता पुरीले भने – ‘हामी अलग अलग भएर समाजवाद सम्भव छैन । साम्यवाद पनि सम्झव छैन । सबै एक हुन आवश्यक छ ।’, उनले भने, हामी किन अलग अलग भइरहेका छौं । हामीमा नमिलेको के हो । उद्येश्य एउटै हुने तर बाटो फरक फरक हुने । यो अलि मिलेको छैन ।’

नेता पुरीले फरक फरक पार्टीका फरक फरक सिद्धान्त र विचार हुँदा समस्या आएको उल्लेख गर्दै यसलाई एउटै कार्यक्रम बनाउनु पर्ने बताउदै भने ‘विप्लवले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद भन्नु हुन्छ, हामी नौलो जनवाद भन्छौं, एमालेले अर्कै के भन्छ ।’, सबैका आ-आफ्नै कुरा छन् । यसलाई एकै ठाउँमा मिलाऔं ।’
नेता पुरीले प्रतिक्रियावादीहरुले कम्युनिस्टहरुलाई कहिल्यै राम्रो नमान्ने भन्दै उनीहरुका विरुद्धमा एजुट भएर मात्र जित हासिल गर्न सकिने बताउदै भने -‘हाम्रो कार्यनीति के हुन्, कार्यदिशा के हुन् ? हामी यसमा छलफल गरौंला । अहिले हतार नगराैँ। बृहत छलफल गरौं ।’, सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी संगठनात्मक सिद्धान्त मान्छौं । तपाईहरु पनि त्यही मान्नुहुन्छ जस्तो लाग्छ । सबै कम्युनिस्टले लगभग गर्ने त्यही हो ।’

उनले नेपालमा अवसरवादीहरुले कम्युनिस्ट बदनाम गरिरहेकाे भन्दै एमाले र माओवादी केन्द्रले भनेको जस्तै संसदिय व्यवस्थाबाट समाजवाद सम्भव नभएको बताउदै भने – ‘एमालेले २०५२ सालबाट अल्पमतको सरकारको नेतृत्व गर्दै आएको छ । आजसम्म उहाँहरुले के गर्नुभयो । यो बाटोबाट समाजवाद सम्भव छैन । ‘

प्रतिक्रियाहरु

[anycomment]