‘जनयुद्ध गौरवपूर्ण इतिहास हो’

२०८० फाल्गुन १ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका उपत्यका इन्चार्ज तथा पोलिट ब्युरो सदस्य कृति सीले जनयुद्ध आम जनता र परिवर्तनकारी शक्तिका लागि गौरवपूर्ण दिन र इतिहास भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी तीन नम्बर जिल्लाद्वारा मङ्गलबार काठमाडौँको सतुङ्गलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
राजतन्त्र र संसदवादी दलहरू सम्मीलित व्यवस्थाबाट देशमा शान्ति र स्थिरता संभव छैन भन्ने मान्यतासहित जनयुद्ध शुरु गरिएको स्मरण गर्दै नेता कृति सीले नेपालमा जनयुद्ध हुन्थेन भने अहिले पनि देशमा राजतन्त्र हुन्थ्यो, जनयुद्धले नै देशमा अहिलेको परिवर्तन आएको हो तर अहिलेको सामाजिक, आर्थिक र भू-राजनीतिक सन्तुलनको फरक परिस्थितिमा एकीकृत जनक्रान्तिद्वारा जनयुद्धको अधुरो कार्यभार पूरा गर्ने दिशामा अगाडि बढिरहेको बताए ।
उनले विश्व तेस्रो विश्वयुद्धको खतरातर्फ मोडिन खोजेको भन्दै त्यसले देशमा आर्थिक संकट बढ्दै गइरहेको, देश आर्थिक हिसाबले परनिर्भर र नवउपनिवेश उत्पीडनमा रहेकोले नै जनताको जीवनस्तर अझ बढी अफ्ठ्यारोमा परेकोसमेत दाबी गरे ।
उनलेे भने,’देशमा विद्यमान आर्थिक, राजनीतिक संकटको समाधान गर्ने हो भने अब समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ । त्यसका लागि कम्युनिस्ट, देशभक्त, समाजवादी, लोकतन्त्रवादीहरुको संयुक्त राज्यसत्ता र सहकार्य जरुरी रहेको छ । जनयुद्धको शुरूवात भएको दिनलाई बिदा दिन नहुने भनेर अदालतले आदेश गर्ने कुरा प्रायोजित र षडयन्त्रपूर्ण छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार