जसपा नेपालद्वारा पदाधिकारी चयन

२०८१ भाद्र १० गते, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेका छन् । अध्यक्ष यादवले गत जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन, धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम उनीहरूलाई चयन गरेका हुन् ।
अध्यक्ष यादवद्वारा सोमबार जारी बिज्ञप्ति अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ भने पार्टीले प्रवक्तामा मनिष कुमार सुमनलाई चयन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]