नेकपा(माओवादी)द्वारा सुकुम्बासीबस्ती हटाएको विरोधमा प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सुकुम्बासीबस्ती हटाएको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ। नेकपा(माओवादी) भुमिहिन र सुकुम्वासी जनतामाथीको सरकारको अमानवीय दमन र श्वेत आतंकविरुद्ध आवाज बुलन्द गरौं भन्ने नाराका साथ संघर्षमा उत्रिएको हो।
यता, रुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।
जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुमवासी हुनु रहर होइन, बाध्यता हो, अव्यवस्थित यो देशको नागरिक होइन र ?, गरिबलाई बाँच्न दे, डोजर होइन समाधान दे, डोजर आतंक पाराले दुःख पाए साराले, गाँस-बास-कपासको सुनिश्चित गर, डोजर आतंक बन्द गर, बालेन सरकार राजीनामा दे लगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । डोजर आतंक बन्द गर, अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर लेखेको ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी समेत गरी करिब ८० हजार परिवार रहेको भूमि समस्या समाधान आयोग रुपन्देहीको तथ्यांक छ ।
