नेकपा(माओवादी)का प्रवक्ता प्रकाण्ड सी र मसालका महामन्त्री मोहन बिक्रम सिंहबीच भेटवार्ता

२०८३ बैशाख २० गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सी र नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन बिक्रम सिंहबीच शनिवार भेटवार्ता वार्ता भएको छ।
उक्त भेटवार्तामा जेन जी आन्दोलन र त्यसको बलमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकार र त्यो सरकारले गराएको प्रतिनिधि सभा सदस्य निर्वाचन र त्यस पछि बनेको बालेन नेतृत्वको सरकारसम्म आउदा देशमा बिकसित राजनीतिक घटना क्रमका बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेकपा मसालका शिर्षस्थ नेता बीच भएको उक्त भेटवार्तामा नेपालको राजनीतिक आन्दोलन, त्यसको जिमीवारी र अगाडिका चुनौतिका बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ।
उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलनले पछिल्लो दिनमा व्यहोर्नु परेको समस्या र त्यसको समाधानको बिषयमा समेत गम्भीर छलफल भएको बताइएको छ। साथै रास्ट्रिय स्वाधिनता , जनाधिकार र त्यसका अगाडि खडा भएका चुनौती ,षड्यन्त्र र हस्तक्षेप र यसको समाधानको बिषयमा समेत गम्भीरताका साथ छलफल भएको बताइएको छ ।
यसैगरी , उक्त भेटवार्तामा रास्ट्रिय राजनीतिसहित कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा प्रदान गर्न छलफल र बहसलाई घनिभूत र व्यवस्थित ढंगले अगाडि बढाउने बिषयमा गम्भीर छलफल भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]