भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित

२०८३ बैशाख २५ गते, शुक्रबार


काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित भएको छ। आगामी सोमबारदेखि दुई दिने भ्रमणका लागि आउन लागेका मिश्रीको भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेको हो । उनी परराष्ट्र मन्त्रालयका सचिव अमृत राईको निमन्त्रणमा उनी दुई दिने भ्रमणका लागि आउन लागेका थिए । भ्रमणका क्रममा दुई देशका सचिवबीच बहुआयामिक सम्बन्धका विविध पक्षमा कुरा हुने बताइएको थियो ।
भ्रमणका क्रममा विदेशसचिव मिश्रीले नेपाल सरकारका उच्च नेतृत्वसँग भेट गर्ने योजना थियो। तर प्रधानमन्त्रीसँग भेट सम्भव नहुने भएपछि उनी रोकिएका हुन् । यो भ्रमणका क्रममा मिश्रीले प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालसहितका नेताहरूसँग संवाद गर्ने तयारी थियो । तर बालेनले उनलाई भेट्ने समय ननिकालेको स्रोतको दाबी छ।
नेपाल भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने सम्भावना थियो । मिश्री २०८२ असार १४ गते भारतीय विदेश मन्त्रालयका सचिव बनेका हुन् ।

प्रतिक्रियाहरु

[anycomment]