भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै
काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । मिश्री प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित तथा साझा चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, दुई देशबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान हुनेछ ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले उच्चपदस्थ नेपाली अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ । मिश्री भोलि काठमाडौं भ्रमण सम्पन्न गरी नयाँदिल्ली फर्किने बताइएको छ ।
