भारतबाट १२ महिलाको उद्दार

२०७९ माघ २० गते, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतबाट १२ जना महिलालाई उद्दार गरेकाे जानकारी गराएकाे छ । नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुराई दुबईहुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा ती महिलाहरुलाई उद्धार गरिएकाे व्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । उद्दार भइ आएका महिलाहरूमध्ये २०-३० वर्ष उमेर समूहका २ जना,३१-४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका छन्। नेपालबाट भारत लैजाने क्रममा जोगमनी,काकडभित्ता,जमुनाह,सुनौलिलगायतका नाकाहरू प्रयोग हुने गरेको उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

गुडिरहेको यात्रुवाहक बसमा आगलागी !

२०८२ कार्तिक ६ गते, बुधबार

आज म्ह: पूजा

२०८२ कार्तिक ६ गते, बुधबार

विपिनको शवयात्रा सुरु

२०८२ कार्तिक ५ गते, मंगलवार

जुवा खेल्ने प्रहरीको फन्दामा

२०८२ कार्तिक ५ गते, मंगलवार