श्रमिक समुदाय मोर्चा नेपाल बझाङको अध्यक्षमा जीवन सी

२०८० जेष्ठ २ गते, मंगलवार


काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपाल बझाङको प्रथम सम्मेलनले जीवन सी को अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा दलबीर सी, हरिता सी, सचिवमा विनोद सी, सह सचिवमा काले सी, कोषाध्यक्षमा विमल सी लगायत १९ सदस्यीय समिति निर्वाचित भएको श्रमिक मोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र सी ले बताए ।
सम्मेलनका प्रमुख अतिथिका तथा बझाङका इन्चार्ज भरत सी ले आम श्रमिक समुदायको वर्गीय मुक्तिको लागि सबैले क्रान्तिको बाटोमा आवद्ध हुनुपर्ने बताए । अहिलेकै दलाल संसदीय व्यवस्थामा कुनै पनि वर्गले समानताको अनुभूति गर्न नपाउने इन्चार्ज भरतले भने । सम्बोधनका क्रममा उनले भने ,“ सबै श्रमिक समुदायले वैज्ञानिक समाजवाद स्थापना भए मात्र वास्तविक समानताको आभास गर्न पाउने छन् त्यसैले समाजवाद स्थापना गर्न सबैले क्रान्तिकारी आन्दोलनमा आवद्ध हुनुपर्ने आबस्यकता छ ।”
जीवन सि को अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अथिति नेकपा बझाङका इन्चार्ज भरत सी, अथितिमा बझाङ क जिल्लाका सचिव तिलक सी, श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य लोकेन्द्र सी लगायत नेताहरूको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]