भालुको आक्रमणबाट एकजना घाइते

२०८० जेष्ठ ४ गते, बिहीबार


काठमाडौँ । तनहुँको व्यास नगरपालिकाका ८ मलपौरेका ३५ वर्षीय गोरे विक भालुको आक्रमणबाट घाइते भएका छन् । आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए ।
आक्रमण लगत्तै भालु भागेको थियो । घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो । विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु