खण्डग्रास चन्द्रग्रहण लाग्दै

२०८० कार्तिक ११ गते, शनिबार


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्नेछ । पृथ्वीको छाँया चन्द्रमामा पर्दा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहणको सुतक भने आज शनिवार दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । त्यसैगरी ग्रहण राति २ बजेर ३८ मिनेटमा समाप्त अर्थात मोक्ष हुने समितिले जनाएको छ । ग्रहण लागेको बेला बालबालिका, वृद्ध र बिरामीबाहेकले खाना खान र सुत्न नहुने, स्नान ध्यान र मन्त्र पाठ गर्दा लाभ हुने पनि समितिले जनाएको छ ।
आज लाग्ने खण्डग्रास चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ । गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु