मिटरब्याजको विवाद हेर्ने जिम्मा प्रहरीलाई

२०८० माघ १६ गते, मंगलवार


काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको छ । मन्त्रालयले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’ को म्याद सकिएपछि बाँकी रहेका र नयाँ आउने उजुरी हेर्ने र विवाद निरूपण गर्ने जिम्मा प्रहरीलाई दिएको हो । मन्त्रालयले ‘अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी उजुरी संकलन तथा फर्स्योटका लागि कार्यसम्पादन कार्यविधि’ जारी गरेको छ, जसमा जाँचबुझ आयोगले जिल्ला प्रशासन कार्यालयमा पठाएर विचाराधीन रहेको उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाउने उल्लेख छ ।
साथै प्रहरीले नयाँ उजुरी पनि लिने छ । कार्यविधिमा भनिएको छ, ‘‘उजुरी दिन छुटेको मिटरब्याज पीडितहरूले उजुरी दिन चाहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४ बमोजिम जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन सक्ने ।’
हाल विचाराधीन र नयाँ दर्ता हुने मिटरब्याजका उजुरीहरूमा प्रहरीले मेलमिलापको प्रयास गर्नेछ । निश्चित समयमा मेलमिलाप हुन नसकेमा आवश्यक प्रमाण संकलन गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार