राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

२०८१ जेष्ठ २६ गते, शनिबार

काठमाडौँ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।
शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा १४६ मत प्राप्त गर्दै विजयी भइन् । उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्नेछिन् ।
नेपालको तर्फबाट विजयी भएपछि राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापाले सदस्य राष्ट्रहरुले गरेको सहयोगका लागि धन्यवाद दिए ।

२३ सदस्य रहने उक्त समितिले विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्या, राष्ट्रसङ्घमा जनाइएका प्रतिबद्धता कार्यान्वयनलगायत महिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने गर्छ । उक्त समितिको कार्यालय जेनेभामा रहेको छ ।-रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार