मेघ गर्जनसहित वर्षाको सम्भावना

२०८२ बैशाख १४ गते, आईतवार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने पूर्वानुमान छ । उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने छ । उनले भने – ‘भोलि अपराह्नमा नेपालको काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने सम्भावना छ । साथै तापक्रममा उल्लेखनीय कमी पनि आउने हुँदा गर्मी घट्ने ।’
पछिल्ला केही दिनयता लुम्बिनी प्रदेशका तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । जसकारण तातो हावाको चेतावनी दिइएको थियो । अन्य प्रदेशका तराईका जिल्लामा पनि तापक्रम ३८ डिग्रीभन्दा माथि मापन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार