घटस्थापनादेखि नारायणगढ-काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी रोक

२०८३ आश्विन २१ गते, बुधबार

काठमाडौँ । यातायात व्यवस्था विभागले नारायणगढ-काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ ।
निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु