कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्ले बर्खास्त

२०८० जेष्ठ ४ गते, बिहीबार


काठमाडौँ । प्रदेश सरकारले कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गरेको छ । वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रदेश स्तरीय भलिबल प्रतियोगितामा कोशी प्रदेश नाम नलेखेको भन्दै सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।
यसैगरी मन्त्रिपरिषद बैठकले ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं ६ की एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत १ लाख ७५ हजार रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले आर्थिक रुपले विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि प्रदान गरिने उपचार सहुलियत रकमको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत एक करोड पचास लाख थप बजेट निकासाका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]