स्पानिस ला लिगा सुरु हुँदै

काठमाडौँ । आजदेखि स्पानिस ला लिगाको नयाँ सिजन २०२४-२५ सुरु हुँदैछ । सो अन्तर्गत पहिलो खेल एथ्लेटिक विल्वाओ र गेटाफेबीच हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ । दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा छन् । २० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । रियललाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ ।
लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै यस सिजन ला लिगा खेल्दैछन् । अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परेका थिए ।