शरद ऋतु हिमाल आरोहणको तयारी सुरू

२०८० भाद्र २३ गते, शनिबार


काठमाडौँ । पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २ सय २४ जना पुरुष छन् । यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १ सय ६३ मिटर उचाइको मनास्लु आरोहणका लागि अनुमति लिएका छन् ।
मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ । आरोहणका लागि आइतबारसम्म आरोहीहरू मनास्लु आधार शिविर पुगिसक्ने विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सबैभन्दा धेरै चीनबाट ६७ जनाले अनुमति लिएका छन् । त्यस्तै,अमेरिकाबाट ३० जना, रुसबाट २६ जना, जापान र फ्रान्सबाट १५–१५जना, स्वट्जरल्यान्ड र क्यानडाबाट १२–१२ जना ,बेलायत र इरानबाट १०–१० जनाले आरोहणको अनुमति लिएका छन् ।
त्यस्तै, रक्सा उराई हिमाल आरोहणका लागि ४ जना, पुठा हिउँचुली आरोहण गर्न ५ जना, कुम्भकर्ण आरोहणका लागि ५ जना, हिमलुङ आरोहणका लागि २ जना र नेमजुङ आरोहणका लागि २ जनाले अनुमति लिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार